×

Nic Asia
Prabhu Bank

विराट गोल्डकपमा पूर्व विजेता नेपाल पुलिस घर फर्कियो

चैत १०, २०७९

NTC
Marvel
Premier Steels
IME BANK INNEWS

विराट गोल्ड कप फूटबल प्रतियोगितामा पूर्व विजेता टीम नेपाल पुलिस क्लब बाहिरिएको छ ।

yONNEX
Frooti
Appy

पहिलो खेलमा आयोजक विराटनगर सिटीले विजयी शुरूआत गर्दै सेमिफाइनलमा पुगेको छ ।


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

बिहीवार भएको उद्घाटन खेलमा पूर्व विजेता टीम नेपाल पुलिस क्लबलाई १–० गोलले निराश बनाउँदै घरेलु टोली विराटनगरले अन्तिम ४ मा स्थान पक्का पारेको हो ।


Advertisment
Lokantar App
Saurya island

जीतमा विराटनगरका आशिष श्रेष्ठ नायक भए । निर्धारित समयसम्म गोलरहित खेल बराबरी भएपछि थप गरिएको अतिरिक्त समयको ११७औं मिनेटमा विराटनगरका आशिष श्रेष्ठले निर्णायक गोल गरे । दिवाकर चौधरीले निकालिदिएको पासलाई आशिषले गोलमा परिणत गरे ।

JYOTI
Vianet communication

खेलको १०३ मिनेटमा सागर थापाको ठाउँमा मैदान प्रवेश गरेका आशिषले टीमको जीतका लागि निर्णायक गोल गरेका छन् । 

पहिलो हाफसम्म पुलिसले विराटनगरलाई दबाबमा राखेको थियो । निर्धारित समयसम्म प्रहरीका लागि निकै संघर्षपूर्ण बन्यो । प्रहरीले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि गोलमा परिणत हुन नसक्दा निर्धारित समयसम्म दुवै टीमको गोलरहित खेल बराबरी भयो ।
 
पुलिसले २०७४ सालमा विराट गोल्ड कपको उपाधि हात पारेको थियो । पूर्व विजेता प्रहरीले दर्जन बढी सुन्दर अवसर खेर फाल्दा प्रतियोगिताबाट बाहिर बाध्य भयो ।

खेलको पाँचौं मिनेटमा पुलिसका बुद्ध लामाको प्रहार विराटनगरका गोलरक्षक प्रदीप भण्डारीले उत्कृष्ट बचाए । १८औं पुलिसका रवि शंकर पासवानको प्रहार बारमा लागेर फर्किएको थियो । २४औं मिनेटमा विराटनगरका अभिषेक गुरुङको प्रहार पुलिसका गोलरक्षक सञ्जीव श्रेष्ठले बचाए । 

२८ मिनटेमा पुलिसका ओसेन्द्र कटुवालको ३० यार्डदेखिको प्रहार बाहिरियो । ४१औं मिनेटमा पुलिसका रवि शंंकर पासवानले पेनाल्टी एरियादेखि गरेको प्रहार पोसमाथिदेखि बाहिरिँदा गोल हुनबाट चुक्यो ।

दोस्रो हाफपछि विराटनगरले केही सुन्दर मुभहरू बनाउन सफल रह्यो । ५५औं मिनेटमा अभिषेक गुरुङको प्रहार बाहिरियो । ८३औं मिनेटमा पुलिसमा भरत साहले पेनाल्टी एरियाबाट गरेको प्रहार गोल गर्न चुके । ८४औं मिनेटमा विराटनगरका युता सुजीकीले ३० यार्डदेखिको प्रहार पोसमाथिबाट बाहिरियो । ८८औं मिनेटमा पुलिसका रविशंकर पासवानको सशक्त प्रहार बाहिरियो । ९०औं मिनेटमा विराटनगरका सन्देश विकले डिबक्सभित्र बल नियन्त्रणमा लिन नसक्दा गोल गर्नबाट चुके । 

सय मिनेटमा विराटनगरका अभिशेष गुरुङले ३० यार्डदेखिको प्रहार फितलो भएको थियो । १०५ मिनेटमा पुलिसका भरत साहको वान भर्सेस वानको अवसर सदुपयोग गर्न सकेनन् । लगत्तै पुलिसका रविशंकरले  डिफेन्डरलाई बिट मार्दै निकालिदिएको क्रस पासलाई भरत साहले अघि बढाएको बल सदुपयोग गर्न सकेनन् । ११३औं मिनेटमा विराटनगरका अभिशेष गुरुङले निकालेको पास पेनाल्टी एरियाबाट दिवाकर चौधरीले गरेको हेडिङ पुलिसका गोलरक्षक सन्जित श्रेष्ठले विफल पारिदिए । 

प्रतियोगिताको ‘म्यान अफ द म्याच’ विराटनगरका उत्सव राई घोषित भए । उनले नगद २५ हजार रुपैयाँ पाए । 

शुक्रवार नेपाल आर्मी र जावलाखेल युथ क्लबबीच खेल हुनेछ । चैत १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा स्वदेशी र विदेशीसहित ८ टीमको सहभागिता छ ।

प्रतियोगिताको विजेता टीमले २० लाख १५ हजार र उपविजेताले १० लाख १५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ १६, २०८०

टि–२० महिला क्रिकेटमा नेपालले मलेसियालाई सात विकेटले पराजित गरेको छ । मलेसियामा जारी अन्तर्राष्ट्रिय महिला क्रिकेट शृङ्खलाअन्तर्गतको दोस्रो खेलमा नेपालले घरेलु टोली मलेसियालाई हराएको हो ।  म...

जेठ १६, २०८०

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनल जितेर चेन्नई सुपर किंग्सले उपाधि हात पारेको छ । चेन्नईले प्रतिस्पर्धी गुजरात टाइटन्सलाई ५ विकेटले हराएको छ । चेन्नईले यसपालि पाँचौंपल्ट उपाधि जितेको छ । यसअघि च...

जेठ १६, २०८०

पूर्वकप्तान एवं नेपाली क्रिकेट टोलीका महत्त्वपूर्ण सदस्य सन्दीप लामिछाने विश्वकप छनोटअघिको तयारीका लागि दक्षिण अफ्रिका नजाने भएका छन् । उनले टीमका बाँकी सदस्यलाई सामाजिक सञ्जालमार्फत शुभकामनासहित बिदाइ गरेका छ...

जेठ १७, २०८०

शहीद स्मारक ए डिभिजन लिग फूटबल प्रतियोगिता अन्तर्गत बुधवार भएको खेलमा मछिन्द्र फूटबल क्लब विजयी भएको छ । सातदोबाटोस्थित अखिल नेपाल फूटबल संघ (एन्फा) कम्प्लेक्समा भएको खेलमा मछिन्द्रले सातदोबाटो युथ क्लबलाई ३&n...

जेठ १६, २०८०

शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजको खेलमा जावलाखेल युथ क्लब विजयी भएको छ।​ त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा जावलाखेलले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–० गोल अन्तरल...

जेठ १६, २०८०

शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुने भएका छन् ।   अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार  दुबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।    पहिलो खेल दिउँसो ३ बजे ...

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

जेठ १७, २०८०

बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्‍मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...

गणतन्त्रमा उल्टो नियति : दुब्ला जनता, मोटा नेता !

गणतन्त्रमा उल्टो नियति : दुब्ला जनता, मोटा नेता !

जेठ १५, २०८०

आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...

रूपान्तरण अभियान : कांग्रेसको 'सर्भिसिङ' मात्र होइन, आवश्यक परे 'इन्जिन' नै फेर्न

रूपान्तरण अभियान : कांग्रेसको 'सर्भिसिङ' मात्र होइन, आवश्यक परे 'इन्जिन' नै फेर्न

जेठ १४, २०८०

सामान्यतया  रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार  भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...

ad
x