कात्तिक १९, २०८०
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
आधुनिकताको बढ्दो प्रभावसँगै मौलिक सीप, हस्तकला र काष्ठकलाका सामग्रीको प्रयोग घटेको छ ।
नयाँ संरचनामा प्रयोग नहुने र पुराना नासिँदै जाँदा मौलिक सीपयुक्त काष्ठकलाका सामग्री लोप हुँदै गएका छन् ।
सीपयुक्त दक्ष जनशक्तिको अभाव पनि मौलिक हस्तकला र काष्ठकलाको सामग्रीको भौतिक संरचनामा प्रयोग घट्नुको कारण हो तर म्याग्दीका ३ युवा मौलिक सीपको संरक्षणसँगै स्वरोजगार बन्ने प्रयासमा छन् ।
बेनी नगरपालिका–६ जामुनाखर्कका अशोक शाही, बेनी नगरपालिका–८ का अमर विश्वकर्मा र रघुगंगा गाउँपालिका–७ चिमखोलाका रुपेश परियारले हस्तकलाको सीपलाई अर्थोपार्जनका साथै मौलिकता संरक्षणमा परिचालन गरेका छन् ।
घर, भवन, मन्दिर, गुम्बा, संग्रहालयमा राखिने काठका टुँडाल, झ्याल, ढोका, थाम, कुर्ची, खाट, दराजमा मौलिक बुट्टा भरेर आकर्षक बनाउने सीप उनीहरूसँग छ । काठ र बाँसबाट सामान बनाउन उनीहरूले जामुनाखर्कमा ‘राउटे हस्तकला उद्योग’ खोलेका छन् । एक पटक देखेको र चित्र हेरेको आधारमा काठ कुँदेर दुरुस्त सामग्री तयार पार्नु उनीहरूको विशेषता हो ।
‘सानैदेखि काठ कुँदेर विभिन्न सामान बनाउने गर्दथे,’ शाहीले भने, ‘काठका सामान बनाउने रुचि भएका ३ जना मिलेर माग लिने र सामान बनाएर बेच्ने गरेका छौं ।’
प्रर्दशनीका लागि तयार पारेको काष्ठकलाका सामग्री प्रयोग गरेर जामुनाखर्कमा मौलिकता झल्काउने घर पुनर्निर्माण गरिएको छ । वैदेशिक रोजगारीका लागि ३६ वर्षीय शाही २७ महिना मलेसियामा बिताएर विक्रम संवत् २०७४ सालमा स्वदेश फर्किएका थिए । मलेसियामा सोचेजस्तो नभएपछि शाहीले घर फर्किएर काठ र बाँसका सामान बनाउने व्यवसाय शुरू गरे ।
शाहीले ७ वर्ष मलेसियाको फर्निचर उद्योगमा काम गरेर फर्किएका ३८ वर्षीय अमर र बेनीमै फर्निचरमा काम गर्दै आएका रुपेशलाई रोजगारी दिए ।
शुरूमा बाँसका सिन्का बनाउन चीनबाट ९ लाख खर्चेर मशिन ल्याएका शाहीले उद्योगमा १५ लाखभन्दा बढीको लगानी गरेको बताए । ५०० देखि २ लाख ५० हजार मूल्यसम्मका सामग्री बनाएको उनको भनाइ छ । बाँसका सिन्कालाई डिजाइन र स्वरूप अनुसारको टुक्रा बनाएर फेबीकोलले टाँसेर मोडाका साथै कुर्ची, टेबल र चोयाबाट डोका, डाला, नाङ्लो, थुन्से, भकारीजस्ता परम्परागत घरायसी सामग्री तयार पारिँदै आएको उद्योगमा पछिल्लो समय काठका सामान उत्पादन हुन थालेको हो । भवन, घर, मन्दिरका फर्निचरका साथै उपहार र सजावटका लागि माग बमोजिमका हस्तकलाका सामान बनाउने गरिएको छ ।
शाहीले पशुपतिनाथ, जानकी, मुक्तिनाथ, रानीमहल, गलेश्वर, पाँचतले दरबार, घर, दर्जनौं मन्दिर तथा ऐतिहासिकस्थलका दुरुस्त आकृति तयार पारेका छन् । ‘एकपटक देखेका जुनसुकै वस्तुको पनि आकृति तयार पार्न सक्छु,’ शाहीले भने, ‘कतिपय सामग्री आफ्नै सिर्जनामा पनि बनाएको छु ।’
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...