जेठ १७, २०८०
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ३८ दशमलव ८३ अङ्कले घटेको छ । बुधवार दुई दशमलव ०६ प्रतिशतले घटेर नेप्से परिसूचक एक हजार आठ सय ४९ दशमलव ७९ अङ्कमा पुगेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएप...
सभामुख देवराज घिमिरेले राष्ट्रिय अर्थतन्त्र बलियो बनाउनको लागि सरकार र निजी क्षेत्र एक ठाउँमा आउन आवश्यक रहेको बताएका छन्।
शनिबार धुलिखेलमा भएको नेपाल राष्ट्रिय व्यवसायी महासंघको पाँचौं साधारण सभालाई सम्बोधन गर्दै सभामुख घिमिरेले राष्ट्रिय अर्थतन्त्र बलियो बनाउन सरकार,संसद र निजी क्षेत्र एक ठाउँमा आउन आवश्यक रहेको बताएका हुन्।
उनले व्यवसायीहरूलाई व्यवसाय चलायमान बनाउन उत्साहित तथा प्रोत्साहन गर्नुपर्ने भन्दै त्यस्तो काम हुन नसकेको बताए।
उनले यस्तो अवस्थामा एकतर्फी रूपमा बैंकको ब्याजदर वृद्धि गर्न नहुने भन्दै वर्तमान परिस्थितिलाई चाँडै अन्त्य गर्न सरकार,संसद,सांसद र निजी क्षेत्रको भूमिका एक ठाउँ ल्याउन आवश्यक भएको बताए।
पछिल्लो समय बैंकको ब्याजदर वृद्धिलगायत व्यवसायीहरूका अन्य समस्या समाधान गर्न आफूले सक्दो प्रयास गर्ने उनले प्रतिबद्धता जनाए।
सभामुख घिमिरेले व्यवसायीहरूको आन्दोलन भन्दा वार्ताका माध्यमबाट समस्या समाधानको लागि भूमिका खेल्न आवश्यक रहेको उल्लेख गरे।
उनले देशको अर्थतन्त्रमा गम्भीर स्थिति देखापरेको भन्दै त्यसको सामना गर्न सबैले आ– आफ्नो ठाउँबाट लाग्न जरुरी रहेको बताए।
महासंघले साधारण सभामार्फत बैंकको ब्याजदर एकल अंकमा ल्याउन आवश्यक पहल गर्न माग गरेको छ ।
महासंघले समय उद्योगी व्यवसायीहरूका समस्या समाधान गर्न सरकार गम्भीर हुन पनि भनेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ३८ दशमलव ८३ अङ्कले घटेको छ । बुधवार दुई दशमलव ०६ प्रतिशतले घटेर नेप्से परिसूचक एक हजार आठ सय ४९ दशमलव ७९ अङ्कमा पुगेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएप...
एनआईसी एशिया बैंकले थापाथली क्याम्पस र पशुपति बहुमुखी क्याम्पससँग भुक्तानी सम्झौता गरेको छ । सम्झौता भएसँगै यी क्याम्पसका विद्यार्थीहरूले शैक्षिक शुल्क बैंकको डिजिटल प्लेटफर्ममार्फत भुक्तानी गर्न सक्ने भएका छन् । ...
नेपाल राष्ट्र बैंकले बिहीवारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार भारतीय १०० रुपैयाँको खरिद दर १६० नेपाली रुपैयाँ र बिक्री दर १६०.१५ नेपाली रुपैयाँ रहेको छ । अमेरिकी डलर १ को खरिद दर १३२ रु...
नेपाल बैंक लिमिटेड र फोकसवान पेमेन्ट सोलुसन प्रालिबीच भुक्तानी सम्झौता भएको छ । डिजिटल भुक्तानी सेवासम्बन्धी सम्झौतामा बैंकका वरिष्ठ प्रवन्धक संजिव जोशी र फोकसवान पेमेन्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रणय...
बजेटमार्फत विद्युतीय गाडीमा कर बढ्ने सूचना पहिल्यै चुहिँदा मुलुकलाई करीब साढे १३ करोड नोक्सानी भएको छ । जेठ महिनाको पहिलो दुई सातामा आयात भएका गाडीको अस्वाभाविक तथ्यांक हेर्दा सूचना चुहिएको प्रस्टै संकेत मिल्...
काठमाडौं उपत्यकाका सडकहरूमा नयाँ तथा आकर्षक प्रिमियम विद्युतीय ट्याक्सी ‘एक्सप्रेस–टी’ गुड्न थालेको छ । विगत एक महिनादेखि काठमाडौंका सडकमा गुड्न थालेको ‘एक्सप्रेस–टी’ वात...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...
आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...
सामान्यतया रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...