×

NMB BANK
NIC ASIA

नियुक्तिपत्र नै नभएको व्यक्तिलाई शिक्षक बनाउने तत्कालीन शिक्षा अधिकारीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

चैत १२, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियुक्तिपत्र नै नभएको व्यक्तिलाई शिक्षक बनाउने जिल्ला शिक्षा कार्यालय, बैतडीका तत्कालीन जिल्ला शिक्षा अधिकारी अमरप्रसाद भट्टसमेत ६ जनाउपर भ्रष्टाचार मुद्दा दायर गरेको छ।

Muktinath Bank

तत्कालीन जिल्ला शिक्षा अधिकारी भट्टले नियुक्तिपत्र नै नभएको गैरशिक्षक व्यक्ति मनकाकुमारी अवस्थीलाई झुट्टा सरुवापत्रको आधारमा शिक्षक कायम गरी भ्रष्टाचार गरेको अभियोगपत्रमा उल्लेख छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हुनैनाथ आधारभूत विद्यालय सल्सेनाको व्यवस्थापन समितिबाट नियुक्ति भएको भनी विना कुनै कागजात नियुक्तिको अभिलेखीकरण गर्न प्राविधिक सहायकलाई टिप्पणी उठाउन लगाई उनले आफैं स्वीकृत गरी  उक्त विद्यालयबाट बलैराज निम्न माध्यमिक विद्यालय सुनखोलामा सरुवा गरेका थिए।


Advertisment
Nabil box
Kumari

उनले ती शिक्षकलाई  तलबलगायतका सुविधाहरू निकासा दिई जिल्ला शिक्षा अधिकारीको पद तथा ओहदाको दुरुपयोग गरी सार्वजनिक सम्पत्तिको बदनियतपूर्वक ७४ हजार ९२० रुपैयाँ  हानीनोक्सानी गराएको अभियोगपत्रमा उल्लेख छ।

Vianet communication
Laxmi Bank

त्यसैगरी जिल्ला शिक्षा कार्यालयका तत्कालीन प्राविधिक सहायक स्वर्गीय सञ्जय ठाकुर दनुवारले हुनैनाथ प्रावि सल्सेनामा शिक्षक पद रिक्त नै नभएको, शिक्षक नियुक्तिको लागि अनुमतिपत्र नै माग नगरेको र उक्त विद्यालयले शिक्षक पदमा कसैलाई पनि नियुक्तिपत्र नै नदिएको अवस्थामा विना कुनै कागजात मनकाकुमारी अवस्थीको नियुक्तिको अभिलेखीकरण गर्नका लागि टिप्पणी उठाएकाले उनलाई समेत प्रतिवादी बनाइएको छ।

यसैगरी मरेको व्यक्तिको हकमा समेत मुद्दा चलाउन र सरकारी वा निजी विगो, क्षतिपूर्ति वा रकम भराउन सकिने कानूनी व्यवस्था रहेकाले प्रतिवादी स्वर्गीय सञ्जय ठाकुर दनुवारको अंशियार निजको श्रीमती मञ्जुकुमारी सिंहबाट बिगो ७४ हजार ९२० रुपैयाँ  असुल उपर हुने प्रयोजनका लागि मुद्दा दायर गरिएको छ ।

मनकाकुमारी अवस्थीले सरुवा भएको झुट्टो पत्र लिएर बलैराज निमावि, सुनखोलामा गई हाजिर भई नियुक्ति नै नभएको अवस्थामा समेत झुट्टो सरुवापत्रको आधारमा शिक्षक कायम भई पारिश्रमिक लिई सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको भन्दै उनीविरुद्ध पनि मुद्दा चलाइएको हो।

जिल्ला शिक्षा कार्यालयका तत्कालीन स्रोत व्यक्ति हरिनाथले आफ्नो स्रोतकेन्द्रअन्तर्गत रहेको हुनैनाथ प्राथमिक विद्यालय सल्सेनामा शिक्षक पद रिक्त नरहेको, सो विद्यालयले मनकाकुमारी अवस्थीलाई शिक्षक पदमा नियुक्ति गरेको, हाजिर गर्न लगाएको भन्दै उनीविरुद्ध पनि मुद्दा दर्ता गरिएको छ ।

बलैराज निमावि बैतडीका प्रधानाध्यापक नरबहादुर कुँवरले अवस्थीलाई आफ्नो विद्यालयमा विना रमानापत्र हाजिर गराई, शिक्षक पदमा कायम गरी नियुक्तिपत्र नभएको व्यक्तिलाई कानूनविपरीत पारिश्रमिक भुक्तानी दिएको भन्दै उनीविरुद्ध मुद्दा चलाइएको हो।

साथै, बलैराज निमावि  बैतडीका व्यवस्थापन समितिका अध्यक्ष जयराज जोशीविरुद्ध पनि मुद्दा दायर भएको अख्तियारका प्रवक्ता भोला दाहालले जनाएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x