×

NMB BANK
NIC ASIA

राँके–रवि–भेडेटार सडक : ५० महिनामा २५ प्रतिशत प्रगति

चैत १३, २०७९

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

पूर्वी नेपालका ४ जिल्लालाई जोड्ने राँके–रवि–भेडेटार सडक निर्माण ५० महिनाका अवधिमा २५ प्रतिशत प्रगति भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

१४ महिनाअघि निर्माण सम्पन्न हुनुपर्ने सडक निर्माणका क्रममा ट्रयाक विस्तार गर्ने, पर्खाल हाल्ने तथा ढलानको तयारी गर्ने कार्य भइरहेको छ । संघीय सडक डिभिजन कार्यालय इलामका प्रमुख विदुर पोखरेलका अनुसार निर्माण कार्यमा करीब ४ वर्षको अवधिमा १८ प्रतिशत भौतिक प्रगति भएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पछिल्ला ३ महिनामा निर्माण कम्पनीले थप ७ प्रतिशत भौतिक प्रगति हासिल गरेको पाइएको उनले बताए ।


Advertisment
Nabil box
Kumari

ठेक्का पाएको भारतीय निर्माण कम्पनी एप्को इन्फ्राटेक प्रालिले पछिल्लो समय नेपाली निर्माण कम्पनीको सहायता लिई निर्माण अघि बढाएपछि थप प्रगति देखिएको हो । अहिले सडकको पाँचथर र इलाममा पर्ने राँके–रवि खण्डको २८ किलोमिटरमा सडकको ट्रयाक विस्तार गर्ने तथा पर्खाल हाल्ने कार्य भइरहेको छ । 

Vianet communication
Laxmi Bank

धनकुटामा पर्ने ६ नम्बर बुधबारे बजार–भेडेटार खण्डमा ट्रयाक विस्तारको कार्य सम्पन्न भई कालोपत्रका लागि ‘बेस’ हाल्ने कार्य शुरू भएको डिभिजनका प्रमुख पोखरेलले बताए ।

सडकको १०१ किलोमिटरमध्ये सन् २०२३ भित्र ५० किलोमिटर कालोपत्र सम्पन्न गर्ने निर्माण कम्पनीको प्रतिबद्धता रहेको उनको भनाइ छ । ‘निर्माण कम्पनीले ५० किलोमिटर कालोपत्रे गर्ने भने पनि अहिलेको रफ्तार कायम रहे सन् २०२३ मा निर्माण कार्यमा न्यूनतम ४० प्रतिशत प्रगति हुने हामीले अनुमान गरेका छौं,’ डिभिजन प्रमुख पोखरेलले भने, ‘ठूलो प्याकेज भएका कारण अहिले जसरी नै स्थानीय निर्माण व्यवसायीको साथ लिए लक्ष्य पूरा हुनसक्ने देखिन्छ ।’    

५० महिनाको अवधिमा यो सडक निर्माणका लागि ३ पटक म्याद थप भइसकेको छ । सन् २०१८ नोभेम्बर १ मा ३ वर्ष अर्थात् २०२१ डिसेम्बर २ भित्र निर्माण सम्पन्न गर्ने गरी भारतीय निर्माण कम्पनी एप्को इन्फ्राटेक प्रालिसँग सम्झौता भएको थियो । निर्धारित अवधिमा निर्माण कम्पनीले करीब १४ प्रतिशत भौतिक प्रगति हासिल गरेको थियो । निर्माण कम्पनीले निर्माण कार्यका लागि पर्याप्त जनशक्ति र उपकरणको परिचालन गर्न नसक्दा काम अघि बढ्न सकेको थिएन भने अवरोध हटाउन आवश्यक समन्वय समेत हुन सकेको थिएन ।

भारत सरकारको सहुलीयतपूर्ण ऋण सहयोगमा सडक निर्माण भइरहेका कारणका निर्माणका लागि खरिद हुने सम्पूर्ण सामग्रीको ५१ प्रतिशत सामग्री भारतबाट आयात गर्नुपर्ने प्रावधान छ । यसकारण निर्माण कम्पनीले सहजै निर्माण सामग्री आयोजनास्थलसम्म ल्याउन सकेको छैन । सामग्री खरिद सहितका प्रावधानलाई सहज बनाउन नेपाल सरकारले पहल गरेको भनिए पनि खुकुलो व्यवस्था हुन सकेको छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x