×

NMB BANK
NIC ASIA

जनघनत्त्वको बढ्दो असन्तुलन

बसाइँसराइको भयावह चित्र– शहर र तराईका जिल्ला कंक्रिटले भरिँदा रित्तिए पहाडी बस्ती

चैत १३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

राष्ट्रिय तथ्यांक विभागले शुक्रवार नेपालको जनसंख्या सार्वजनिक गर्दा रूपन्देही ७७ जिल्लामध्ये धेरै जनसंख्या भएको तेस्रो जिल्लामा परेको छ । काठमाडौं र मोरङपछि धेरै जनसंख्या भएको जिल्ला रूपन्देहीमा ११ लाख २१ हजार ९५७ जना बसोवास गर्दै आएको पाइएको छ ।

Muktinath Bank

नयाँ तथ्यांकमा वि.स.२०६८ को भन्दा अहिले २ लाख ४१ हजार ७६१ ले बढेको हो । रूपन्देहीमा परिवार संख्या २ लाख ३८ हजार ३२० पुगेको छ । अस्थायी र स्थायी बसाइका हिसाबले रूपन्देहीको जनसंख्या १५ लाखभन्दा बढी रहेको विभिन्न सर्भेहरूले देखाएका छन्, जुन कर्णाली प्रदेशको समग्र जनसंख्याको हाराहारी हो । कर्णाली प्रदेशको जनसंख्या १६ लाख रहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रूपन्देही बसाइँसराइ गरेर आउने देशकै शीर्ष ५ जिल्लामा पर्छ । बसाइँसराइ गरेर जिल्लामा आउने ९५ प्रतिशत पहाडी र हिमाली जिल्लाका छन् । रूपन्देहीमा झण्डै तीन लाखले जनसंख्या बढ्दा लुम्बिनी प्रदेशका पहाडी जिल्लाको जनसंख्या निरन्तर घट्दो क्रममा छ । 


Advertisment
Nabil box
Kumari

null

Vianet communication
Laxmi Bank

लुम्बिनीको सुगम पहाडी जिल्ला गुल्मीमा ३३ हजार ६६६ ले जनसंख्या घट्यो ।  २०६८ मा २ लाख ८० हजार १६० जनसंख्या रहेकोमा २०७८ मा आउँदा जिल्लाको जनसंख्या २ लाख ४६ हजार ४९९ मा खुम्चियो । 

गाउँ–गाउँमा विकास र सिंहदरबार पुगे पनि मानिसहरू सुविधा खोज्दै तराईतिर झर्दा जनसंख्या घटेको जिल्लाका नेताहरू बताउँछन् ।

अर्घाखाँचीमा पनि एक दशकमा २० हजार ५४६ ले जनसंख्या घटेको छ । २०६८ मा १ लाख ९७ हजार ६३२ रहेको जनसंख्या अहिले १ लाख ७७ हजार ८६ छ । 

पाल्पाको पनि जनसंख्या घटेको छ । त्यहाँको जनसंख्या १६ हजार १५३ ले घटेको हो । २०६८ मा २ लाख ६१ हजार १८० रहेकोमा अहिले २ लाख ४५ हजार २७ रहेको छ । 

null

गाउँसँग तराई जोडिए पनि बसाइँसराइ नरोकिँदा जनसंख्याको सन्तुलनमा ठूलो असर पुग्ने देखिएको छ । पहाडी जिल्ला खाली हुँदै जाने र तराईका जिल्ला भरिने अवस्थाले भविष्यमा वातावरणीय र जनसांख्यिक सन्तुलनमा असर पर्ने देखिन्छ । त्यसतर्फ संघ, प्रदेश र स्थानीय सरकारले कुनै छलफल र सोच विचार गरेको देखिँदैन । बाटोघाटो र गाउँमा विकास थपिँदै गए पनि थप सेवा सुविधा र रोजगारीको खोजीमा मानिसहरू शहर र तराईका जिल्ला पस्ने क्रम रोकिएको छैन ।

सुविधा खोज्दै रूपन्देहीमा

रुपन्देहीमा पाल्पा, गुल्मी, अर्घाखाँची, प्यूठान, स्याङ्जा र बाग्लुङबाट बसाइँसराइ गरी झर्नेहरू ९० प्रतिशतभन्दा बढी छन् । जनसंख्या क्षेत्रका अध्येता युवराज कंडेलले जहाँ सेवा सुविधा र यातायात पुगेको छ, त्यही ठाउँमा उच्च बसाइसराइँ देखिएको बताउँछन् ।

‘पछिल्लो दशक लुम्बिनी प्रदेशका पहाडी जिल्लासहित मध्यपहाडबाट तीव्र बसाइँसराइले ती ठाउँमा जनसङ्ख्या घट्दो छ,’ कंडेल भन्छन्, ‘लुम्बिनी प्रदेशमा वृद्धिदर र जनघनत्व बढी भएको जिल्ला रूपन्देही हो । यही अनुपातमा बसाइँसराइ हुँदै जाने हो भने जनसंख्या, कृषि उत्पादन र वातावरणको क्षेत्रमा ठूलो असन्तुलन निम्त्याउने देखिन्छ । यसप्रति सरकारले पनि सोच्नुपर्ने बेला आयो ।’

null

पहाड छाड्नेले बसाइँसराइको प्रमुख कारण स्वास्थ्य सेवा, शिक्षा र रोजगारी, सामाजिक, आर्थिक र राजनीतिक कारण बताउने गर्छन् । 

बसाइँसराइले पहाड खण्डहर हुँदै गएको छ भने तराई भरिएर थामिनसक्नु चाप  छ । पहाडमा अहिले प्रायः घर खाली छन् ।

रूपन्देही कुनै समय नेपालको अन्न भण्डारको रूपमा चिनिन्थ्यो । सिञ्चाइ सुविधा, उष्णप्रदेशीय हावापानीले कृषि उब्जनी हुने जिल्ला पछिल्लो समय क्रंक्रिट शहरका रूपमा विकसित भइरहेको छ । अति उब्जनी हुने क्षेत्र मानिने साविक गाविसहरू शंकरनगर, मक्रहर, आनन्दवन, देवदह, सेमलार, मोतीपुर, खड्वा र वनगाई क्षेत्रमा खेती गर्ने जमिन प्लटिङ गरी घर बनाएर सकिएको छ ।

लुम्बिनी आसपासका क्षेत्रमा पनि होटल, उद्योग निर्माण गर्न भन्दै ठूलाठूला लगानीकर्ताले जग्गा खरिद गरेर बाँझो राखेका छन् । 

मुलुकका शहर बजार आसपासमा देखिएको अव्यवस्थित र सुकुम्बासी समस्याको प्रमुख कारण पनि पहाडबाट भइरहेको अनियन्त्रित बसाइँसराइ हो ।

बुटवलमा अहिले १६ हजार सुकुम्बासी रहेको तथ्यांक छ । तिनाउ नदीको आसपासमा बसोवास गरेका सुकुम्बासी पहाड र हिमाली जिल्लाबाट झरेकाहरू हुन् ।

null

बसाइँसराइ रोक्न छैन पालिकासँग योजना 

अर्घाखाँचीको सन्धीखर्क नगरपालिकाकी उपप्रमुख मिश्रा आचार्यले बाँदर आतंक, शिक्षा, स्वास्थ्य र रोजगारीका कारण पहाड खण्डहर बनाउँदै बसाइँ सर्ने क्रम तीव्र रहेको बताउँछिन् । ‘बाँदर, राते, दुम्सीलगायतका जंगली जनावरले खेतीबाली नष्ट गर्दा किसानहरू आजित छन्,’ आचार्य भन्छिन्, ‘दैनिक दुई/तीनवटा बसाइँसराइ गरी तराई झर्नेहरू देख्दा मन कुँडिन्छ । गाउँमा रोक्ने विषयमा छलफल पनि भइरहेका छन् । तर, योजनाहरू ल्याउन सकिएको छैन ।’

बसाइँसराइले निकट भविष्यमा निम्त्याउने जोखिमका बारेमा अब प्रमुखताका साथ छलफल र योजना बनाउनुपर्ने बेला आएको आचार्यको भनाइ छ । लुम्बिनी प्रदेशमा १०९ स्थानीय तह छन् । अहिलेसम्म कुनै पनि पालिकाले जनसंख्यालाई सन्तुलनमा राख्ने र बसाइँसराइ रोक्ने योजना बनाउन सकेका छैनन् । 

null

गुल्मीको धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले बसाइँसराइ रोक्नका लागि यसअघि पनि विभिन्न कार्यक्रम र योजनाहरू सफल गराए पनि रोक्न नसक्दा आफू चिन्तित भएको दुखेसको पोखे ।

‘पालिकाले शिक्षामा रोजगारमूलक विषयहरू, स्वास्थ्यका सुविधा, सञ्चार र यातायातका लागि बाटोघाटो पुर्‍याएका छौं । तर, यस्ता कार्यक्रम पहाडमा लागू भए पनि पढ्नका लागि तराई झर्ने युवा गाउँमै रोकिएको देखिँदैन । गाउँमा गुणस्तरीय स्वास्थ्य र शिक्षाको विकास, रोजगारी सिर्जना गर्न प्रदेश सरकारका योजनाहरू पनि सञ्चालित छन् ।’

वैदेशिक रोजगारीमा गएका व्यक्ति गाउँ नफर्किँदा बढी समस्या देखिएको छ । बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले माइग्रेसनले शहरमा जनघनत्व बढ्दा आधारभूत आवश्यकता पूरा गर्ने क्रममा पनि पालिकालाई समस्या देखिन थालेको बताउँछन् ।

null

लुम्बिनी प्रदेशका ४ लाख २० हजार ९०६ परिवारबाट कम्तीमा एक जना विदेश गएका छन् । यो नेपालको कूल वैदेशिक रोजगारीमा गएकाहरूको १९ प्रतिशत हो । 

लुम्बिनीमा कहाँ बढ्यो, कहाँ घट्यो ?

लुम्बिनी प्रदेशमा २०६८ मा ४४ लाख ९९ हजार २७२ जनसंख्या रहेकोमा एक दशकमा बढेर ५१ लाख २२ हजार ७८ पुगेको छ ।

लुम्बिनीमा २०६८ मा ८ लाख ८५ हजार २०३ परिवार संख्या रहेकोमा अहिले बढेर ११ लाख ४१ हजार ९०२ पुगेको छ ।  पश्चिम नवलपरासीमा ५४ हजार ९६४ ले जनसंख्या बढेको छ । २०६८ मा ३ लाख ३१ हजार ९०४ रहेकोमा अहिले बढेर ३ लाख ८६ हजार ८६८ पुगेको हो । कपिलवस्तुमा एक दशकमा १ लाख ११ हजार २५ ले जनसंख्या बढेको छ । २०६८ मा ५ लाख ७१ हजार ९३६ रहेकोमा अहिले बढेर ६ लाख ८२ हजार ९६१ पुगेको हो । दाङमा एक दशकमा १ लाख २२ हजार ३७० ले जनसंख्या बढेको छ । २०६८ मा ५ लाख ५२ हजार ५८३ रहेकोमा अहिले बढेर ६ लाख ७४ हजार ९५३ पुगेको हो ।

यस्तै बाँकेमा एक दशकमा १ लाख ३९ हजार ७८१ ले जनसंख्या बढेको छ । २०६८ मा ४ लाख ९१ हजार ३१३ रहेकोमा अहिले बढेर ६ लाख ३१ हजार ९४ पुगेको हो । बर्दियामा एक दशकमा १ लाख ३३ हजार ३२४ ले जनसंख्या बढेको छ । २०६८ मा ४ लाख २६ हजार ५७६ रहेकोमा अहिले बढेर ५ लाख ५९ हजार ९ सय पुगेको हो । रोल्पामा एक दशकमा १० हजार २८७ ले जनसंख्या बढेको छ । २०६८ मा २ लाख २४ हजार ५०६ रहेकोमा अहिले बढेर २ लाख ३४ हजार ७९३ पुगेको हो ।

null

यस्तै प्यूठानमा एक दशकमा ३ हजार ९१७ ले जनसंख्या बढेको छ । २०६८ मा २ लाख २८ हजार १०२ रहेकोमा अहिले बढेर २ लाख ३२ हजार १९ पुगेको हो । रुकुम पूर्वमा एक दशकमा ३ हजार ६०२ ले जनसंख्या बढेको छ । २०६८ मा ५३ हजार १८४ रहेकोमा अहिले बढेर ५६ हजार ७८६ पुगेको हो । 

जीवनयापन सहज बनाउने नाममा तराई झरे 

बुटवल बहुमुखी क्याम्पसका सामाजशास्त्रका प्राध्यापक जीवनारायण भण्डारीले आफ्नो जीवनयापन सहज बनाउने नाममा बसाइँसराइ गर्नेहरू तराई झरेको बताउँछन् । ‘ठूला विकास आयोजनाहरू र उद्योगधन्दा तराई जिल्लामा छन्’  उनी भन्छन्, ‘सरकारले विकासलाई विकेन्द्रित गर्दै गाउँमा उद्योग, रोजगारी सिर्जना गरेर पहाडी जिल्लामा पनि ठूला शहरको जग बसाउन सक्नुपर्छ ।’

अहिले तराईमा देखिएको सुकुम्बासी समस्या पनि बसाइँसराइकै कारण आएको अधिकारीको भनाइ छ । 

null

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x