×

NMB BANK
NIC ASIA

मन्त्रिपरिषद् विस्तारको गृहकार्य

सरकारमा भागबण्डा टुंग्याउने अन्तिम कसरत : भोलि दिउँसो ४ बजे गठबन्धनको बैठक

चैत १३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

सरकार विस्तारका लागि भागबण्डा मिलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

Muktinath Bank

सोमवार बिहान कांग्रेस सभापति शेरबहादुर देउवा प्रचण्डलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भेटमा सरकार विस्तारका क्रममा सत्ता गठबन्धनका दलले कति मन्त्रालय पाउने र कुन–कुन पाउने भन्नेमा छलफल भएको जानकारी बालुवाटार स्रोतले दियो । 


Advertisment
Nabil box
Kumari

‘सरकार विस्तारको अन्तिम तयारीस्वरूप छलफल भएको हो । छलफलमा सरकार विस्तारमा दलले पाउने मन्त्रालयको विषयमा पनि छलफल भएको बुझिएको छ,’ बालुवाटार स्रोतले भन्यो, ‘अब छिट्टै सरकार विस्तारको अन्तिम टुंगो लगाउन गठबधन्धनको बैठक बोलाउने समझदारी भएको छ ।’

Vianet communication
Laxmi Bank

प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमल्सिनाले मंगलवार दिउँसो ४ बजे सत्ता गठबन्धनको बैठक बोलाइएको जानकारी दिए । 

भेटमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल पनि सहभागी थिए ।

सत्तारुढ दलबीच कांग्रेसले ७ मन्त्री र १ राज्यमन्त्री, माओवादीले ५, जसपा र नेकपा एसले २/२, जनमत, लोसपा, नागरिक उन्मुक्ति र स्वतन्त्रले १/१ मन्त्रालय लिने गरी प्रधानमन्त्री प्रचण्डले प्रस्ताव तयार गरेका छन् । यी प्रस्तावलाई प्रधानमन्त्रीले गठबन्धनको बैठकमा प्रस्तुत गर्ने तयारी गरेका छन् ।

संख्याका विषयमा दलहरू समझदारीनिकट पुगे पनि मन्त्रालयमा दलबीचको भागबण्डा मिलिसकेको छैन । प्रभावशाली मन्त्रालयमा सबै दलले दाबी गरेपछि भागबण्डा मिलाउन सकस परेको बालुवाटार स्रोतको भनाइ छ ।

कांग्रेसले अर्थ, परराष्ट्र सहितका मन्त्रालयमा दाबी गरेको छ । गृह माओवादीले आफैं राख्ने तयारी गरेको छ तर ऊर्जा, स्वास्थ्य र शिक्षामा जसपा, नेकपा एस, लोसपा सहितका दलको दाबेदारी रहेको बताइन्छ । 

सरकार विस्तार, उपचुनाव सहितका विषयमा छलफल गर्न कांग्रेसले पनि मंगलवार बस्ने गरी केन्द्रीय कार्यसम्पादन समितिको बैठक मंगलवार बिहान ९ बजे बोलाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x