×

Nic Asia
Prabhu Bank

मन्त्रालय भागबण्डा

सरकार विस्तारको तयारी : संख्यासहित भागबन्डामा सहमतिनजिक, कुन मन्त्रालय कसलाई ?

चैत १३, २०७९

NTC
Marvel
Premier Steels
IME BANK INNEWS

सरकार विस्तारका लागि गठबन्धन दलमा भागबन्डा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्ताव तयार गरेका छन् ।

yONNEX
Frooti
Appy

यस सम्बन्धमा प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि छलफल गरेका छन् ।


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

सोमवार बिहान भएको १ घन्टा लामो छलफल छिटो सरकार विस्तार गर्नमा केन्द्रित रहेको जानकारी प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमल्सिनाले दिए ।


Advertisment
Lokantar App
Saurya island

‘प्रधानमन्त्री अब छिट्टै सरकार विस्तारको तयारीमा हुनुहुन्छ । यसै सिलसिलामा सोमवार बिहान कांग्रेस सभापति र नेकपा एकीकृत समाजवादीका अध्यक्षसँग छलफल गर्नुभएको हो,’ तिमल्सिनाले भने, ‘यो बैठकले सरकार विस्तारका लागि छलफल गर्न मंगलवार दिउँसो ४ बजे सत्ता गठबन्धनमा आबद्ध दलको बैठक बोलाउने समझदारी गरेको छ ।’

JYOTI
Vianet communication

त्यसअघि कांग्रेस, माओवादी, जसपा र नेकपा एससहितका दलले आन्तरिक छलफल गर्दैछन् । 

प्रधानमन्त्री प्रचण्ड आफूलाई समर्थन गर्ने दलमध्ये राष्ट्रिय जनमोर्चा बाहेकलाई सरकारमा सहभागी गराउने तयारीमा छन् । चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी तीन मन्त्रालय पाए मात्रै सरकारमा जाने अडानमा छ । तर, धेरै दललाई मिलाएर अघि बढ्नुपर्ने भएपछि प्रधानमन्त्रीले बढीमा २ वटा मन्त्रालय लिएर सरकारमा सहभागी हुन रास्वपालाई आग्रह गरिरहेको बालुवाटार स्रोत बताउँछ । 

प्रधानमन्त्रीले कांग्रेसलाई ७ मन्त्री र १ राज्यमन्त्री, माओवादीलाई ४ मन्त्री र १ राज्यमन्त्री पर्ने गरी प्रस्ताव तयार गरेका छन् । जसपा र नेकपा एसलाई २/२ मन्त्रालय दिने तयारी प्रधानमन्त्रीको छ । यीबाहेक लोसपा, जनमत, नागरिक उन्मुक्ति र स्वतन्त्रबाट १/१ जनालाई मन्त्री बनाउने तयारी छ । दलबीच यति मन्त्रालय बाँडफाँट गर्दा पनि अझै २ मन्त्रालय बाँकी रहन्छन् ।

रास्वपा सरकारमा सहभागी भए उसैलाई यी मन्त्रालय दिने तयारीमा प्रधानमन्त्री रहेका छन् । रास्वपा सहभागी नभए सत्ता गठबन्धनबीच नै यी मन्त्रालय बाँडफाँट गर्ने तयारी प्रधानमन्त्रीको छ । तर, अब ढिलोमा बुधवारसम्ममा सरकार विस्तार गर्नुपर्ने दबाबमा प्रधानमन्त्री पुगिसकेको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत बताउँछन् । 

‘प्रधानमन्त्रीले विश्वासको मत लिएको पनि एक हप्ता बित्न लाग्यो । उहाँले नै १६ वटा मन्त्रालयको जिम्मेवारी लिएको पनि एक महिना पुग्यो,’ महतले लोकान्तरसँग भने, ‘धेरै ढिलाइ भइसक्यो भन्नेमा हामी सबै पुगिसक्यौं । अब कुनै परिस्थिति फेरिएन भने बुधबारसम्ममा सरकार विस्तार हुने बुझेका छौं ।’

दलले पाउने मन्त्रालय

यसअघि एमालेले लिएका मन्त्रालयमध्ये अधिकांश कांग्रेसले नै पाउने देखिएको छ । जसमा अर्थ, परराष्ट्र, स्वास्थ्य, रक्षासहितका मन्त्रालय छन् । यसअघि एमालेले कृषि तथा पशुपन्छी, उद्योग वाणिज्य तथा आपूर्ति र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय लिएको थियो । यी मन्त्रालयमा पनि कांग्रेसकै दाबी छ ।

कांग्रेसबाट पूर्णबहादुर खड्का, धनराज गुरुङ, डा. प्रकाशशरण महत, डिगबहादुर लिम्बू, सीता गुरुङसहितका नेता मन्त्री बन्ने सम्भावना बढी रहेको छ । धनराज र लिम्बू डा. शेखर कोइरालाको कोटाबाट मन्त्री बन्न लागेका हुन् ।

कांग्रेस प्रवक्ता महत यसअघि एमालेले प्राप्त गरेका मन्त्रालय कांग्रेसलाई दिँदा सहजता हुने बताउँछन् । ‘हामी ठूलो दल हौं । यसैले धेरै मन्त्रालय कांग्रेसले नै लिनेमा कुनै शंका छैन,’ महत भन्छन्, ‘यसअघि एमालेले नै लिएका अर्थ, परराष्ट्र, रक्षा, स्वास्थ्यसहितका मन्त्रालय हामीले लिँदा सबैलाई सहजता हुन्छ ।’

अध्ययन र रुचिको क्षेत्र पनि भएकाले अर्थ मन्त्रालयमा आफ्नो चर्चा हुनु सामान्य रहेको महत बताउँछन् ।

‘म अर्थ विषयको जानकार पनि भएकाले मेरो नाम यो मन्त्रालयसँग जोडेर चर्चा गरिएको हुन सक्छ,’ महतले भने, ‘चर्चा भए पनि मलाई अर्थमन्त्री तपाईं नै हो भनेर प्रस्ट सन्देश आइसकेको छैन ।’ गृहमन्त्रालय माओवादीले नछाड्ने भएपछि कांग्रेस उपसभापति पूर्णबहादुर खड्का उपप्रधानमन्त्रीसहित रक्षा लिएर सरकारमा सहभागी हुने तयारी भएको बताइन्छ । यद्यपि उनले सरकारमा जानेबारे प्रस्ट बताइसकेका छैनन् । 

माओवादीबाट भौतिक पूर्वाधार तथा यातायातमा नारायणकाजी श्रेष्ठ, सञ्चारमा रेखा शर्मा, पर्यटनमा सुदन किराँती र संघीय मामिला तथा सामान्य प्रशासनमा अमनलाल मोदी मन्त्री छन् । सुशीला सिर्पाली ठकुरी पर्यटन राज्यमन्त्री छिन् । माओवादीले यी मन्त्रालय आफैंसँग राख्दैछ । तर, भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठले गृहको जिम्मेवारी लिने तयारी छ । भौतिक पूर्वाधार छाड्ने तयारी गरेरै श्रेष्ठले आफूले तीन महिनामा गरेका कामको विवरण सार्वजनिक गर्न सोमवार पत्रकार सम्मेलन गरेका थिए । 

माओवादीले छाडेपछि नेकपा एसले भौतिक पूर्वाधार र अर्को एउटा मन्त्रालय पाउने छ ।  जसपाले ऊर्जा, उद्योग र स्वास्थ्यमा दाबी गरेको छ । जनमतबाट अब्दुल खान खानेपानी मन्त्री छन् । उसको दाबी अझै अर्को एउटा मन्त्रालयमा छ । जनमतले खानेपानी भन्दा उद्योग र कृषिलाई प्राथमिकतामा राखेको छ । ४ सीट भएको नागरिक उन्मुक्ति पार्टीबाट १ जना र एक स्वतन्त्र सांसद पनि मन्त्री बन्ने तयारी छ । 

‘दलहरूले पाउने मन्त्रालयको संख्या र नामको विषयमा प्रधानमन्त्रीले होमवर्क गरिरहनुभएको छ । सरकार विस्तारका लागि बोलाइएको गठबन्धनको बैठकमा मंगलवार दिउँसो ४ बजे प्रधानमन्त्रीले प्रस्ताव राख्नुहुन्छ,’ माओवादी नेता देवेन्द्र पौडेलले भने, ‘माओवादीका मन्त्री पहिले नै छन् । केही मन्त्रालय मात्रै हेरफेर हुन सक्छन् । यसअघि एमालेले लिएका धेरै मन्त्रालय कांग्रेसले लिएर सहमतिको प्रयास गर्ने तयारी प्रधानमन्त्रीको भएको पाएका छौं ।’

कांग्रेसको पनि बैठक 

मन्त्री चयन र उपनिर्वाचनका लागि उम्मेदवार छनोट गर्न कांग्रेसले पनि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । 

कांग्रेस प्रवक्ता महत बिहान ९ बजे बस्ने कार्यसम्पादन समितिको बैठकमा सरकार विस्तारको तयारी, पार्टीबाट कसरी को सहभागी हुने भन्नेसहितका विषयमा छलफल हुन सक्ने बताउँछन् ।

‘अब सरकार विस्तार गर्न ढिलाइ गर्नुहुँदैन । त्यसैले कांग्रेसले पनि पनि मंगलवार बिहान कार्यसम्पादन समितिको बैठक डाकेर सरकार विस्तारको तयारीबारे छलफल गर्दैछ,’ डा. महतले भने, ‘हाम्रो छलफलपछि बेलुका ४ बजे प्रधानमन्त्रीले पनि सत्ता गठबन्धनको बैठक डाक्नुभएको छ । यो बैठकले सरकार विस्तारबारे एउटा टुंगो दिने बुझेका छौं ।’

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ १७, २०८०

जनता समाजवादी पार्टी (जसपा)ले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएकाे छ । बुधवार बिहान इटहरीमा बसेको जसपा प्रदेश कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएर स्वास्थ्यमन्त्री निर्मला लिम्बूलाई पनि...

जेठ १६, २०८०

कोशी प्रदेश सरकारले प्रदेशको नामकरणपछि असन्तुष्टि जनाउँदै आन्दोलन गरिरहेका पहिचानवादीलाई वार्तामा आउन आज आह्वान गरेको छ ।  प्रदेश सरकारका प्रवक्ता उद्योग, कृषि तथा सहकारीमन्त्री तथा प्रवक्ता भक्ति सिटौलाले...

जेठ १७, २०८०

‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाको मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका थप तीनजना आरोपितको बया...

जेठ १७, २०८०

राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न ५ देशका लागि गैरआवासीय नेपाली राजदूत नियुक्त गरेका छन् । फिजी, अर्जेन्टिना, बेलारुस, नर्वे र टर्कीका लागि आवासीय राजदूत नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले विज्ञप्तिमार्फत ...

जेठ १७, २०८०

चारदिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् । समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड बुधवार दिउँसो नयाँ दिल्ली प्रस्थान गरेक...

जेठ १७, २०८०

चार दिने औपचारिक भ्रमणको शिलशिलामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रचण्डलाई विदेश तथा संस्कृति राज्यमन्त्रीले मी...

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

जेठ १७, २०८०

बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्‍मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...

गणतन्त्रमा उल्टो नियति : दुब्ला जनता, मोटा नेता !

गणतन्त्रमा उल्टो नियति : दुब्ला जनता, मोटा नेता !

जेठ १५, २०८०

आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...

रूपान्तरण अभियान : कांग्रेसको 'सर्भिसिङ' मात्र होइन, आवश्यक परे 'इन्जिन' नै फेर्न

रूपान्तरण अभियान : कांग्रेसको 'सर्भिसिङ' मात्र होइन, आवश्यक परे 'इन्जिन' नै फेर्न

जेठ १४, २०८०

सामान्यतया  रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार  भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...

ad
x