जेठ १७, २०८०
कोशी प्रदेश नामकरणप्रति असन्तुष्ट जनता समाजवादी पार्टी (जसपा) सांसद तथा स्वास्थ्यमन्त्री निर्मला लिम्बुले मन्त्री पदबाट राजीनामा दिएकी छन् । बुधवार मुख्यमन्त्री हिक्मत कार्कीलाई राजीनामा बुझाउँदै लिम्बुले जातीय पहिच...
राष्ट्रिय जनमोर्चाले संघीयताविरुद्ध देशभर विरोध प्रदर्शन गरेको छ । राष्ट्रिय जनमोर्चाले शुरूदेखि संघीयताको विरोध गर्दै आएको छ ।
संघीयताविरुद्धको आन्दोलनलाई देशव्यापी रूपमा थप सशक्त बनाउनका लागि सोमवार देशभर विरोध प्रदर्शन गरिएको सो पार्टीका नेताहरूले बताएका छन् ।
सोमवार रुपन्देहीको बुटवलमा संघीयता खारेजीको माग तथा मंहगी र भ्रष्टाचारविरुद्ध राष्ट्रिय जनमोर्चाले प्रदर्शन गरेको हो ।
विभिन्न नारासहित बुटवलको बसपार्कबाट जुलुस निकालिएको थियो । जुलुसपछि बुटवलमा आयोजित सभामा बोल्दै राष्ट्रिय जनमोर्चाका सल्लाहकार तथा रुपन्देही अध्यक्ष बद्रे आलमले संघीयता असफल भैसकेको बताउँदै अब प्रदेश खारेज गर्नुको विकल्प नरहेको बताए ।
संघीयता विरुद्धको आन्दोलनमा सहभागी हुन सबैलाई आह्वान गर्दै नेता आलमले भने, ‘संघीयता खारेज नभए देश थप संकटमा पर्छ । आमनेपाली जनता संघीयताको विपक्षमा छन् ।’
महंगी, भ्रष्टाचार र कालोबजारीले कम आयस्रोत भएका जनतालाई साँझ बिहानको छाक टार्न समस्या भएकाले दबाबमूलक आन्दोलन आवश्यक भएको उनले बताए ।
राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य रामकुमार क्षेत्रीले संघीयताले देश आर्थिक रूपले संकटमा परेको बताउँदै संघीय प्रणाली आफैंमा बेठीक नभए पनि नेपालको हकमा संघीयता आवश्यक नभएको बताए ।
रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष गिरिप्रसाद बुढाले भौगोलिक रूपमा सानो देश नेपालले आर्थिक रूपमा संघीयता थेग्न नसक्ने बताउँदै प्रदेश खारेज गर्नुको कुनै विकल्प नभएको बताए ।
हालै सम्पन्न राष्ट्रिय जनमोर्चाको राष्ट्रिय परिषद् बैठकले यही चैत १० देखि १५ गतेसम्म संघीयताको विरोधमा देशव्यापी कार्यक्रम गर्ने निर्णय गरेको थियो ।
सोही निर्णयानुसार राष्ट्रिय जनमोर्चाले देशभर संघीयता खारेजी, मंहगी र भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेको हो ।
कोशी प्रदेश नामकरणप्रति असन्तुष्ट जनता समाजवादी पार्टी (जसपा) सांसद तथा स्वास्थ्यमन्त्री निर्मला लिम्बुले मन्त्री पदबाट राजीनामा दिएकी छन् । बुधवार मुख्यमन्त्री हिक्मत कार्कीलाई राजीनामा बुझाउँदै लिम्बुले जातीय पहिच...
नेपाली कांग्रेसका १४ जिल्ला सभापतिहरू ‘कोशी’ प्रदेशको नाम पुनर्विचार गर्नुपर्ने निष्कर्षमा पुगेका छन् । कोशी प्रदेशका १४ जिल्ला सभापतिहरूले बुधवार संयुक्त विज्ञप्ति जारी गर्दै नाम पुनर्विचार गर्न ...
संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बुधवारको बैठकले समितिको बैठक सञ्चालन सम्बन्धी आन्तरिक कार्यविधिको मस्यौदा तयार पार्न एक उपसमिति गठन गर्ने निर्णय गरेको छ । सांसद राजेन्द्रकुमार केसी सं...
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नागरिकताको समस्या सधैँका लागि अन्त्य हुने विश्वास व्यक्त गरेका छन् । सप्तरीको राजविराजमा नवनिर्मित नर्सिङ कलेज भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन ग...
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अघिल्लो प्रतिनिधि सभाबाट पारित भएको नागरिकता विधेयक प्रमाणीकरण गर्न लगाएर सरकारले संसदको अधिकारमाथि हमला गरेको आरोप लगाएको छ । एमाले संसदीय दलका उपनेता सुवास ने...
४ दिने औपचारिक भ्रमणको शिलशिलामा प्रधामनन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिल्लीमा भेटवार्ता शुरू गरेका छन् । बुधवार अपराह्न दिल्ली पुगेका प्रचण्डले पहिलो भेट प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाह...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...
आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...
सामान्यतया रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...