जेठ १६, २०८०
वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखाको बैतेश्वर नगरपालिका ३ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका १३ बस्ने ५० वर्षीय सुरेशकुमार पाख्रिन ...
चैत १३, २०७९
पूर्वी नवलपरासीको विनयीत्रिवेणि गाउँपालिका–५ को भेडी गाउँमा बेवारिसे अवस्थामा बम फेला परेका नौवटा बमलाई आज नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय बनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी प्रमुख भुवनेश्वर तिवारीले कावासोती–१ मा रहेको नेपाली सेनाको २ नं वन तथा पर्यावरण सुरक्षा गण हात्तीखोरको टोली बम फेला परेको स्थानमा पुगेर सबै बमलाई निष्क्रिय पारेको जानकारी दिए । प्रहरी प्रमुख तिवारीका अनुसार नेपाली सेनाको बम डिस्पोजल टोलीले आइतबार फेला परेका ८१ एमएम मोटरको बम (गोला) लाई निष्क्रिय पारेको हो ।
आइतबार बारीमा बम देखिएपछि स्थानीय जनप्रतिनिधिले प्रहरीलाई खबर गरेका थिए । स्थानीय बासिन्दा रुकेश सरामुका अनुसार बालबालिकाले जंगलनजिकै रहेको बारीमा ती बमका गोला देखेका थिए । जङ्गलमा चौपाया चराउन गएका किसानहरूले बारीमा बम देखेपछि खोतल्दै जाँदा एकै ठाउँमा नौवटा बम देखिएको थियो ।
वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखाको बैतेश्वर नगरपालिका ३ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका १३ बस्ने ५० वर्षीय सुरेशकुमार पाख्रिन ...
काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–९ स्थित एकता बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ८ करोड १८ लाख ८९ हजार ७९५ रुपैयाँ हिनामिना गर्ने कार्यमा संलग्न रहेको अभियोगमा संस्थाका कार्यकारीका अध्यक्षसहित ६ ज...
एनएमबि बैंकको महोत्तरी शाखाबाट कुल १५ लाख १ हजार ४९३ रुपैयाँ लुटिएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक प्रकाश मल्लका अनुसार बैंकको अन्तिम हिसाब मिलान गर्दा कुल १५ लाख १ हजार ४९३ ...
तनहुँमा ३ युवकविरुद्ध ज्यान कसूर सम्बन्धी मुद्दा दर्ता गरिएको छ । म्याग्दे गाउँपालिका–६ का २५ वर्षीय प्रेमबहादुर कुमाल र २८ वर्षीय सन्तोष थापा तथा म्याग्दे–३ का २६ वर्षीय शुसन रानाविरुद्व मुद्दा दर्ता...
चितवन राष्ट्रिय निकुञ्जले वन्यजन्तु सम्बन्धी कसूरमा २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिका नगरपालिका–११ का २९ वर्षीय राज चेपाङ र ३५ वर्षीय सुन्दर प्रजा रहेका छन् । निकुञ्जका सूचना अधिकारी गणेश...
काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ बाट नियन्त्रित लागूऔषध डाइजेपाम ४९ थान, नोर्फिन ४७ थान, फेनारगन ५० थान र नगद २५ हजार ५०० रूपैयाँसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोकर्णेश्व...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...
आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...
सामान्यतया रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...