चैते दशैंको छैठौं दिन मिथिलाञ्चलमा आज चैती छठ पर्व मनाइँदैछ ।
छठअन्तर्गत अस्ताउँदो सूर्यलाई व्रतालुहरूले आज अर्घ्य अर्पण गर्दछन् ।
गत शुक्रवारदेखि शुरू भएको चैती छठ पर्वको तेस्रो दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरिन्छ । मंगलवार बिहानै उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै पर्वको समापन हुनेछ ।
कात्तिक महिनामा मनाइने छठ पर्व जतिको संख्यमा श्रद्धालु भक्तजनहरू नभए पनि पिस्तारै चैती छठ पर्व मनाउनेहरूको संख्या पनि बढ्दै गएको छ ।
चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन नुहाएर चोखो खाने चलन छ भने पञ्चमीका दिन खरना पर्व मनाइन्छ ।
खरनाको अवसरमा व्रतालुहरूले निराहार उपवास बसी साँझपख षष्ठी देवीलाई प्रसाद चढाइ खाने गर्दछन् । प्रसादमा खीर, केरा, दूध एवं विभिन्न प्रकारका फलफूल चढाउने गरिन्छ ।