जेठ २४, २०८०
शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव ६८ अङ्कले बढेर एक हजार नौ सय ३२ दशमलव ३३ विन्दुमा पुगेको छ । यस्तै, ठूला कम्पनीक...
पुष्प व्यवसायको विकास, विस्तार र प्रवर्द्धनका लागि भन्दै फ्लोरिकल्चर एशोसियशन नेपालले यही चैत १७ देखि २० गतेसम्म काठमाडौँमा ‘२४औँ फ्लोरा एक्स्पो’ आयोजना गर्ने भएको छ । एशोसियशनले आज पत्रकार सम्मेलन गर्दै भृकुटीमण्डपमा आयोजना गरिने मेलाबारे जानकारी दिएको हो ।
‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ मेला आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । मेलामा ६२ व्यावसायिक स्टल, तीन ल्यान्डेस्केपिङ स्टल, १० अफिसियल स्टल, तीन प्रतियोगितात्मक प्रदर्शनी स्टल र दुई फुड स्टल रहने जनाइएको छ ।
मेलामा मौसमी फूल, कट् फ्लावर, ड्राईफ्लावर, सुनाखरी, कम्पोस्ट मल, फूलका बीउबिजन, ग्रीन हाउस, कृषि औजार, विषादी, प्याकेजिङ सामग्रीलगायत स्टल रहनेछन् ।
पुष्प नर्सरी, आपूर्तिकर्ता कम्पनी, व्यावसायिक तथा विभिन्न सङ्घसंस्थाका साथै भारत र बङगलादेशका पुष्प व्यवसायी पनि मेलामा सहभागी हुने आयोजकको भनाइ छ । मेलामा सहभागी भएका विभिन्न पुष्प व्यवसायीद्वारा उत्पादित फूल बिरुवाबीच प्रतिस्पर्धा गराई उत्कृष्टलाई पुरस्कृत गरिने जनाइएको छ ।
पुष्पजन्य वस्तुको बजारीकरण, यस क्षेत्रसँग सम्बन्धित नयाँ ज्ञान तथा सीप, बजारको अवस्थालगायतका विषयमा जानकारी लिनका लागि यो मेला उपयुक्त अवसर रहेको एशोसियशनले जनाएको छ ।
शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव ६८ अङ्कले बढेर एक हजार नौ सय ३२ दशमलव ३३ विन्दुमा पुगेको छ । यस्तै, ठूला कम्पनीक...
आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले ५ जेठमा सार्वजनिक गरेको नीति तथा कार्यक्रम र १५ जेठमा ल्याएको बजेटबीच तारतम्य नमिलेको पाइएको छ । सरकारले ल्याउने नीति तथा कार्यक्रमअनुसार नै बजेट आउनुपर्ने भए पनि त्यो...
लुम्बिनी केबलकारको औपचारिक उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने भएका छन् । आइएमई समूहको लगानीमा बनेको केबलकार व्यावसायिक रुपमा सञ्चालन हुने गरी औपचारिक उद्घाटन गरिने भएको हो । ...
डिप्रोक्स लघुवित्तले आदर्श लघुवित्तलाई प्राप्ति (एक्विजिशन) गर्ने भएको छ । यो प्राप्तिसँगै आगामी असार १ गते शुक्रवारबाट ‘डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड’को नामबाट एकीकृत कारोबार हुने नेपाल ...
सामसङले नयाँ उत्कृष्ट ग्यालेक्सी एफ५४ स्मार्टफोन फाइभजीको साथ बजारमा ल्याएको छ । कम्पनीका अनुसार यो नयाँ हाइ–रेन्ज स्मार्टफोन निक्कै नै शक्तिशाली रहेको छ । जसमा १०८ मेगापिक्सेलको मुख्य क्यामेरा, ओआइएस र ग्याल...
आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नेपालको बीमा क्षेत्रमा पहिलोपटक प्रिमियममा आईपीओ निष्कासन गर्ने कम्पनी भएको छ । नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएसँगै प्रतिकित्ता २३६.९१ रुपैयाँमा कम्पनीले आफ्नो जारी पुँ...
हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...