×

Nic Asia
Prabhu Bank

सातदोबाटोलाई पन्छाउँदै हिमालयन शेर्पा अन्तिम चारमा

चैत १३, २०७९

NTC
Marvel
Premier Steels
IME BANK INNEWS

बारा । ‘ए’ डिभिजन डर्बीमा सातदोबाटो युथ क्लबलाई पन्छाउँदै हिमालयन शेर्पा क्लब सिमरामा जारी १३ औं जगदम्बा जीतपुरसिमरा गोल्डकपको सेमिफइनलमा प्रवेश गरेको छ । पहिलो हाफमा बनाएको अग्रता जोगाउन नसक्दा चालु सिजनको ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा रहेको सातदोबाटो सिमरा रङ्गशालामा पहिलो सहभागितामै निराश बन्न पुग्यो । 

yONNEX
Frooti
Appy

पहिलो हाफको ३५ औं मिनटमा सातदोबाटोका कप्तान सुदिप गुरुङले टिमलाई अग्रता दिलाएका थिए । हिमालयन शेर्पाका डिफेण्डर म्यानुअल नानाको गल्तीको फाईदा उठाउँदै सातदोबाटोका कप्तान सुदिपले बललाई सहजै गोलपोष्टको दिशा दिएका थिए । सातदोबाटोका पासाङ लामाले गरेको प्रहार नानाले अनटाइम क्लिएर गर्न नसक्दा त्यसको फाइदा सुदिपले लिएका थिए । 


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

पहिलो हाफको इन्ज्युरी समयमा हिमालयन शेर्पाका सुशिल राईले बराबरी गोल गर्दै टिमलाई खेलमा फर्काएका थिए । विश्वास श्रेष्ठको क्रस बल सातदोबाटोका डिफेण्डर करण रावतले क्लिएर गर्न नसक्दा त्यसको फाईदा हिमालयन शेर्पाले लियो । करणले हेडर मार्फत क्लिएर गर्न नसकेको बल खोस्दै हिमालयनका अफ्रिकी खेलाडी अवायोमीले सुशीललाई डिबक्स भित्र सटिक पास उपलब्ध गराएका थिए । सुशीलले पहिलो हाफको दुई मिनेटको इन्ज्युरी समयको केहि सेकेण्ड बाँकी छँदा टिमलाई खेलमा फर्काए । 


Advertisment
Lokantar App
Saurya island

दोश्रो हाफको अन्तिम समयमा हिमालयन शेर्पाका अफ्रिकी खेलाडी अवायोमीले उत्कृष्ट हेडर गोल गर्दै सेमिफाईनलमा मकवानपुर ११ संगको भेट पक्का गरे । हिमालयन शेर्पाका मिडफिल्डर सत्यम शर्माले कर्नर एरियाबाट प्रहार गरेको एयर बलमा डिबक्स भित्रबाट अवायोमीले हेडर गोल गर्दा सातदोबाटाका गोलरक्षक निशान्त थापामगरले बचाउको प्रयाससम्म गर्न भ्याएनन् ।

JYOTI
Vianet communication

प्रतियोगिताको दोश्रो संस्करणमा उपाधि जितेको हिमालयन शेर्पाले अब फाइनल प्रवेशका लागि बुधबार हुने पहिलो सेमिफाइनलमा मोफसलको टिम मकवानपुर ११ संग प्रतिस्पर्धा गर्नेछ ।
खेलको १२ औं मिनटमा सातदोबाटोका सुशिल लामा उत्कृष्ट अवसर खेर फालेका थिए । अफ्रिकी खेलाडी विलियमले डिबक्स भित्र दिएको सटिक पासमा उनको प्रहार क्रसबार माथिबाट बाहिरियो ।
२२ औं मिनटमा सातदोबाटोका विलियमको फ्रिकिक बल हिमालयन शेर्पाका गोलरक्षक किशोर गिरीले उत्कृष्ट बचाउ गरे । २८ औं मिनटमा सातदोबाटोका निरज चौधरीले अर्को अवसर खेर फाले । विलियमले डिबक्स भित्र दिएको पासमा निरजको प्रहारले गोल पोष्टको दिशा लिन सकेन ।

खेलको ७४ औं मिनटमा सातदोबाटोका निरज चौधरीले किपर विट भइसकेको अवस्था खेर फाले । सेन्टरलाईन बाट बल अघि बढाएका निरजले खाली पोष्टमा डेलिभरी गर्न नसक्दा हिमालयनका डिफेण्डरले बल क्लिएर गर्दै संकट टारे ।

खेलको पाँचौ मिनटमा विश्वास श्रेष्ठको प्रहार क्रसबारबाट बाहिरीयो । डिबक्स भित्रै पाएको बललाई हिमालयन शेर्पाका कप्तान विश्वासले गोलमा परिणत गर्न सकेनन् ।
खेलको आठौं मिनटमा निशान लिम्बुको प्रहार गोलपोष्टमा लागेर फर्कियो । विश्वास श्रेष्ठको पासमा डिबक्स बाहिरबाट निशानले शसक्त प्रहार गरेका थिए । 
खेलको ३१ औं मिनटमा विश्वास श्रेष्ठको पासमा निशान लिम्बुको प्रहार सातदोबाटोका गोलरक्षकले बचाउ गरे ।

खेलको ५५ औं मिनटमा हिमालयन शेर्पाका सुशील राईको शसक्त प्रहार सातदोबाटोका गोलरक्षकले उत्कृष्ट बचाउ गरे । विश्वास श्रेष्ठको कर्नर बलमा पेनाल्टी एरियाबाट शुसीलले गरेको सशक्त प्रहार सातदोबाटोका गोलरक्षक निशान थापामगरले पन्च गरेर जोगाए । 

खेलको म्यान अफ दि म्याच हिमालयन शेर्पाका अफ्रिकी खेलाडी अवायोमी घोषित     भए । उनले दश हजार नगद सहित ट्रफि प्राप्त गरे ।
प्रतियोगिता अन्तर्गत मंगलबार अन्तिम क्वाटर फाइनलमा ‘ए’ डिभिजन क्लब चर्च ब्वाइज युनाईटेडले विभागीय टिम एपिएफ क्लबको सामना गर्नेछ । 

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ १५, २०८०

सरकारले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानका रूपमा विकास गर्ने भएको छ ।  सरकारले बजेटमार्फत त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशालाक...

जेठ १६, २०८०

शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुने भएका छन् ।   अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार  दुबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।    पहिलो खेल दिउँसो ३ बजे ...

जेठ १६, २०८०

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनल जितेर चेन्नई सुपर किंग्सले उपाधि हात पारेको छ । चेन्नईले प्रतिस्पर्धी गुजरात टाइटन्सलाई ५ विकेटले हराएको छ । चेन्नईले यसपालि पाँचौंपल्ट उपाधि जितेको छ । यसअघि च...

जेठ १७, २०८०

शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा मछिन्द्र फुटबल क्लब विजयी भएको छ ।     सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्समा भएको खेलमा मछिन्द्रले सातदोबाटो...

जेठ १६, २०८०

पूर्वकप्तान एवं नेपाली क्रिकेट टोलीका महत्त्वपूर्ण सदस्य सन्दीप लामिछाने विश्वकप छनोटअघिको तयारीका लागि दक्षिण अफ्रिका नजाने भएका छन् । उनले टीमका बाँकी सदस्यलाई सामाजिक सञ्जालमार्फत शुभकामनासहित बिदाइ गरेका छ...

जेठ १७, २०८०

शहीद स्मारक ए डिभिजन लिग फूटबल प्रतियोगिता अन्तर्गत बुधवार भएको खेलमा मछिन्द्र फूटबल क्लब विजयी भएको छ । सातदोबाटोस्थित अखिल नेपाल फूटबल संघ (एन्फा) कम्प्लेक्समा भएको खेलमा मछिन्द्रले सातदोबाटो युथ क्लबलाई ३&n...

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

जेठ १७, २०८०

बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्‍मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...

गणतन्त्रमा उल्टो नियति : दुब्ला जनता, मोटा नेता !

गणतन्त्रमा उल्टो नियति : दुब्ला जनता, मोटा नेता !

जेठ १५, २०८०

आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...

रूपान्तरण अभियान : कांग्रेसको 'सर्भिसिङ' मात्र होइन, आवश्यक परे 'इन्जिन' नै फेर्न

रूपान्तरण अभियान : कांग्रेसको 'सर्भिसिङ' मात्र होइन, आवश्यक परे 'इन्जिन' नै फेर्न

जेठ १४, २०८०

सामान्यतया  रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार  भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...

ad
x