जेठ १६, २०८०
जापानका प्रधानमन्त्री फुमिओ किशिदाले आफ्ना जेठा छोरालाई कार्यकारी सचिवबाट बर्खास्त गरेका छन् । शोतारो किशिदाले पोहोर साल प्रधानमन्त्री निवासमा पारिवारिक जमघटमा अनुचित तस्वीरहरू खिचाएपछि व्यापक जनविरोध ...
अफगानिस्तानको विदेश मन्त्रालयतर्फ जाने सुरक्षा चौकी नजिकै सोमबार भएको आत्मघाती आक्रमणमा कम्तीमा छ जना सर्वसाधारणको मृत्यु हुनाका साथै तीन तालिबानी सुरक्षा बलका कर्मचारीहरू सहित अन्य धेरै थुप्रै घाइते भएका छन् ।
काबुलको मलिक अजगर स्क्वायरमा रहेको सुरक्षा जाँच चौकी नजिकै विस्फोट भएको काबुल सुरक्षा विभागका प्रवक्ता खालिद जाद्रानले बताएका छन्। सोमबारको घटना खाजा समयको वरिपरि भएको थियो ।
खामा प्रेसका अनुसार परराष्ट्र मन्त्रालयका कर्मचारी आफ्नो कार्यालयबाट निस्कने क्रममा विस्फोट भएको हो । "मलिक अजगर स्क्वायरमा ... आत्मघाती आक्रमणकारीलाई चेक पोइन्टमा नपुग्दै पहिचान गरी मारिएको थियो, तर उसको विस्फोटक पदार्थ विस्फोट भयो," काबुलका प्रहरी प्रवक्ता खालिद जद्रानले भनेका छन् । उनले तालिबान सुरक्षा बलका तीन सदस्यसहित कैयौँ व्यक्ति घाइते भएको पनि बताएका छन् ।
यसअघि प्रत्यक्षदर्शीहरूले टोलो न्यूजलाई दाउदजाई ट्रेड सेन्टर नजिकै परराष्ट्र मन्त्रालयको सडकमा विस्फोट भएको पुष्टि गर्दै यसलाई ठूलो विस्फोटको रूपमा लिएका छन् । काबुलको आपतकालीन एनजीओले ट्विटरमा आज दिउँसो परराष्ट्र मन्त्रालय नजिकै भएको विस्फोटबाट १२ जना घाइते भएको जानकारी दिएको छ ।
विष्फोटमा परी घाइते हुनेमा एक बालक समेत रहेको बताइएको छ । तालिबान अधिकारीहरूले अहिलेसम्म यस घटना बारे कुनै टिप्पणी गरेका छैनन् । अहिलेसम्म कसैले पनि आक्रमणको जिम्मेवारी भने लिएको छैन।
काबुल र अन्य शहरी क्षेत्रहरू पछिल्ला महिनाहरूमा धेरै आक्रमणका घटना बढेका छन् जसमध्ये केही इस्लामिक स्टेट लडाकुहरूले त्तसको जिम्मा लिएका छन्। जनवरीमा भएको विस्फोटमा परराष्ट्र मन्त्रालयमा कम्तिमा पाँच व्यक्तिको मृत्यु भएको थियो र थुप्रै घाइते भएका थिए ।
जापानका प्रधानमन्त्री फुमिओ किशिदाले आफ्ना जेठा छोरालाई कार्यकारी सचिवबाट बर्खास्त गरेका छन् । शोतारो किशिदाले पोहोर साल प्रधानमन्त्री निवासमा पारिवारिक जमघटमा अनुचित तस्वीरहरू खिचाएपछि व्यापक जनविरोध ...
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्को र वरपरको क्षेत्रमा ड्रोन आक्रमण गरेर युक्रेनले रुसीहरूलाई तर्साउन खोजेको बताएका छन् । “हामीले कमाण्ड युक्रेनका सेन्टरहरूमाथि प्रहार गर्ने कुरा गरेका छौँ । यसको प्रति...
अमेरिकाका रक्षामन्त्री लोयड अस्टिनसँग चिनियाँ समकक्षी ली शाङ्फुले सिंगापुरमा यसै साता भेटघाट गर्ने अवसर आएकोमा बेइजिङले त्यसलाई अस्वीकार गरेको पेन्टागनले जारी गरेको बयानमा उल्लेख छ । गत अगस्ट महिनामा अमेरिक...
रुसको राजधानी मस्कोमा मंगलवार बिहान गरिएको ड्रोन आक्रमणमा विभिन्न भवनहरूमा क्षति पुगेको छ । उक्त आक्रमण युक्रेनले गराएको आरोप रुसको रक्षा मन्त्रालयले लगाएको छ । कुल आठवटा ड्रोनबाट आक्रमण गरिएक...
चिनियाँ जनमुक्ति सेनाले भारतसँगको सीमामा सन् २०२० मा भएको जति नै संख्या कायम राखेको भारतले जनाएको छ । भारतीय सेनाका सर्वोच्च अधिकारी सीडीएस जनरल अनिल चौहानले पत्रकारहरूसँग कुराकानी गर्दै यथास्थिति...
अफ्रिकी देश सुडानमा गृहयुद्ध लम्बिएपछि त्यसको अवसर देखिन थालेको छ । गृहयुद्धका कारण हालसम्म कम्तीमा पनि ५० बालबालिकाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अनाथालयमा रहेका बालबालिकाको मृत्यु भ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...
आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...
सामान्यतया रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...