×

NMB BANK
NIC ASIA

सरसर्ती २४ घण्टा : नेपाल एयरलाइन्सको लापरबाहीदेखि इम्बोस्ड नम्बर प्लेटमा फेरि चलखेलको आशंकासम्म

चैत १४, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
प्रधानन्यायाधीशको मर्यादाक्रम घटाएर प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्ष भन्दा कम गर्ने प्रस्तावसहितको विधेयकप्रति सर्वोच्च अदालतका न्यायाधीशहरू गम्भीर बनेका छन् । संविधानको प्रावधान विपरीत प्रधानन्यायाधीशको मर्यादाक्रम घटाउने तयारी गरिएपछि न्यायालय तरंगित बनेको हो । 

Muktinath Bank

चैत ५ गते राष्ट्रिय सभामा दर्ता भएको ‘राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९’ले चौथो नम्बरमा रहेको प्रधानन्यायाधीशको मर्यादा घटाएर पाँचौ नम्बरमा झार्न प्रस्ताव गरेको छ । सरकारले ल्याएको नभइ सांसदहरुले गैरसरकारी विधेयकको रुपमा यो विधेयक संसद सचिवालयमा दर्ता गरेका हुन् । यसबारे छलफल गर्न मंगलबार फुलकोर्ट बस्ने भएको छ ।
यसैगरी नेपाल बार एसोसिएसनले राज्यको प्रमुख अङ्गका रुपमा रहेको न्यायपालिकाको नेतृत्वको मर्यादाक्रममा ल्याइएको फेरबदल शक्ति पृथकीकरणको सिद्धान्त, संविधानको मर्म र प्रचलन विपरीत रहेको ठहर छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बारका महासचिव अन्जिता खनालले जारी गरेको प्रेस विज्ञप्तिमा न्यायपालिकाको नेतृत्वको मर्यादाक्रममा ल्याइएको फेरबदर शक्ति पृथकीकरणको सिद्धान्त, संविधानको मर्म र प्रचलन विपरीत रहेको ठहर गरिएको उल्लेख छ ।
००००
आफ्नो माग पूरा गर्न दवाव दिने उद्देश्यले काठमाडौँ आएका मिटरब्याजी पीडितले गएराति सडकमै रात बिताएका छन् । न्याय माग्न भन्दै उनीह? ११ दिन पैदलै हिँडेर महोत्तरीबाट काठमाडौं आइपुगेका थिए । पहिलो दिन मातातीर्थमा बसेका उनीह? दोस्रो दिन खुलामञ्चमा बस्ने उद्देश्यसहित आएपनि काठमाडौँ महानगरपालिकाले प्रवेश नदिएपछि मञ्चअगाडिकै सडकमा बसेका हुन् । 


Advertisment
Nabil box
Kumari


पीडितहरुले केन्द्र सरकार आफ्नो अभिभावक सम्झेर काठमाडौ आएपनि प्रहरीको व्यवहार निर्दयी रहेको गुनासो गरेका छन् ।  यसैबीच सडकमा रात बिताएका उनीहरुले मंगलबार प्रधानमन्त्री निवासअगाडि धर्ना दिने कार्यक्रम छ ।
००००
मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफल र आवश्यक निर्णय लिन सत्ता साझेदार दलको बैठक आह्वान भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार अपराह्न ४ बजेका लागि सत्ता साझेदार दलको बैठक आह्वान भएको हो । १० दल सम्मिलित उक्त दलको बैठकले मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफल गरेर आवश्यक निर्णय लिने प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

Vianet communication
Laxmi Bank

प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिन निरन्तर छलफल गर्दै आएका छन् । तर, साझेदार दलभित्र सहमति जुटिनसकेकाले ढिलाइ हुँदै आएको छ । यसअघि सोमबार तीन दलका शीर्ष नेताबीच छलफल भएको थियो । 
००००
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी वैशाख १० गते उपनिर्वाचन हुने तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने निर्णय गरेको छ । सोमबार पार्टी कार्यालय धुम्वाराहीमा बसेको राप्रपा पदाधिकारी बैठकले तनहुँ–१, बारा–२ र चितवन–२ मा पार्टीको उम्मेदवार उठाउने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
००००
वैशाख १० गते हुने तय भएको उपनिर्वाचनमा बारा २ बाट नेपाली कांग्रेसले उम्मेदवार सिफारिस गरेको छ । कांग्रेस जिल्ला कार्यसमितिले पूर्वसंविधान सभा सदस्य राधेचन्द्र यादवको एकल नाम सिफारिस गरेको हो । 
००००
सरकार विस्तार र उपुचनावका लागि उम्मेदवार तय गर्न बोलाइएको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सरेको छ ।  मंगलबार बिहान ९ बजेका लागि बोलाइएको बैठक २ दिनका लागि सारिएको छ ।
००००
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको लापरबाही र गैरजिम्मेवारीको कारण काठमाडौं–मलेसियाको नियमित उडान रोकिएको छ । निगमले समयमा नै मलेसियाको नागरिक उड्डयन प्राधिकरणबाट फरेन एयर अपरेटर सर्टीफिकेट (एफएओसी) नवीकरण नगरेका कारण मंगलबारदेखिको नियमित उडान रोकिने भएको हो ।
००००
नेपालमा कोरोना भाइरसको सङ्क्रमण सोमबार ह्वात्तै बढेको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयाका अनुसार  एक हजार दुई सय ६६ जनामा गरिएको परीक्षणमा ६९ जनामा सङ्क्रमण देखिएको छ । यसअघि चैत १२ गते १६ जना र चैत ९ गते १७ जनामा देखिएको सङ्क्रमण देखिएको थियो ।
००००
मधेशकेन्द्रित साना ४ दलले लोकतान्त्रिक मधेशी मोर्चा गठन गरेका छन् । मधेशकेन्द्रित साना दलहरू तराई–मधेश लोकतान्त्रिक पार्टी, नेपाल सद्भावना पार्टी, ऐतिहासिक जनता पार्टी र राष्ट्रिय सद्भावना पार्टीले सोमवार लोकतान्त्रिक मधेशी मोर्चा गठन गरेको घोषणा गरेका हुन् ।
००००
उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले विकास र समृद्धिको यात्रालाई तीव्रता दिएर गुणात्मक फड्को मार्नुपर्ने बताएका छन् । मन्त्रालय सम्हालेपछिको तीन महिनामा सम्पन्न भएका कामका बारेमा जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले समृद्धिलाई मुख्य गन्तव्य मानेर आफूहरू खटिइरहेको बताए ।

आफूले मन्त्रालय सम्हालेपछि यस क्षेत्रको सुधारका लागि विभिन्न तीनवटा कार्यदल गठन गरेको र सो कार्यदलले आफ्नो काम गरिरहेको उनले बताए । मन्त्री श्रेष्ठले पूर्वाधार विकास प्रणाली सुधार, सुशासन सुधार र यातायात सुधार कार्यदल गठन गरेका थिए ।
००००
सरकारले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिनेगरी गरेको निर्णयविरुद्ध परेको रिट सर्वोच्च अदालत प्रशासनले दर्ता गर्न अस्वीकार गरेको छ। 
रामेछाप मन्थलीका कल्याण बुढाथोकी समेतले जनयुद्ध दिवस सरकारी स्तरमै मनाउने भनेर आगामी २०८० सालको वार्षिक क्यालेन्डरमा समेत उल्लेख भएकाले उक्त बिदालाई खारेज गराउन माग गर्दै रिट निवेदन दिएका थिए ।
००००
बंगलादेशी कम्पनी डुकाटुर टाइगरले ठेक्का पाएको इम्बोस्ड नम्बर प्लेटमा फेरि चलखेल हुन लागेको संकेत देखिएको छ । अंग्रेजीमा राखिएको यस्तो नम्बर प्लेट विवादमा आएको, समयमा नै उपलब्ध हुन नसकेको र सरकारले सेटिङमा ठेक्का दिएको भन्दै विरोध हुने गरेको छ ।

नेपालका सवारी साधनमा जडान गरिने भएकाले नेपालीमा इम्बोस्ड नम्बर राख्ने व्यवस्था हुनुपर्ने माग राखिएको भए पनि अदालतले अंग्रेजीमा राख्ने व्यवस्थालाई नै स्वीकृति दिएको थियो । तर, अहिले फेरि सरकारले नेपालीमा राख्ने प्रक्रिया अगाडि बढाएको छ ।
००००
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
२०७७ सालदेखि अहिलेसम्म ८१ जनालाई उनीहरूले अमेरिका पठाइदिने बहानामा साढे १३ करोड रुपैयाँ ठगी गरेको अपराध अनुसन्धान कार्यालयका एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए।
००००
कोशी प्रदेश सरकारले पदमबहादुर लिम्बू (लाजेहाङ)को परिवारलाई  ३ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । नामकरणको विरोधमा भएको प्रदर्शनमा चैत्र ५ गते उनी घाइते भएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको थियो । लाजेहाङको गत १० गते मृत्यु भएको थियो ।
००००
गृह मन्त्रालयको बढुवा समितिले नेपाल प्रहरीका ४ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ ।
डीआईजीहरू सन्दिप भण्डारी, सुदिप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङ एआईजीमा बढुवाका लागि सिफारिस भएका हुन् ।
००००
कलाकार दुर्गेश थापासहित ३ जनाविरुद्ध प्रहरीमा उजुरी परेको छ । आफूमाथि कुटपिट गरेको भन्दै टिकटकर रिदम क्षेत्रीले प्रहरी वृत्त महाराजगञ्जमा आइतवार उजुरी दिएका हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x