जेठ २४, २०८०
गोसाइँकुण्ड यात्राका लागि हेलिकप्टर कम्पनीले उडान भर्न थालेपछि तिर्थालुलाई त्यहाँ पुग्न सहज भएको छ । अहिले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिकप्टरमार्फत पवित्र तीर्थस्थल गोसाइँकुण्ड सहजै पु...
नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले हिमाल सफाइ अभियानमा जनस्तरबाट सहभागी हुनुपर्ने बताएका छन् । मंगलबार जङ्गी अड्डामा ‘सफा हिमाल अभियान–२०२३’को झन्डोत्तोलन गर्दै सेनापति शर्माले नागरिकको सहभागितामा मात्रै यो अभियान सफल हुने बताएका हुन् ।
‘यो सार्वजनिक महत्वको र जनचासोको विषय भएकाले यस्ता समस्या समाधान गर्न जटिल छ । यसलाई कालान्तरमा लैजान जनसहभागिताको आवश्यक पर्छ, प्रधान सेनापति शर्माले भने ।
नेपाली सेनाले विगतका अनुभवबाट अबको हिमाल सफाइमा थप राम्रो काम गर्ने उनको भनाइ छ । विश्वमा हरितगृह ग्यासको असरले नेपालका हिमालमा असर परेको छ भने त्यसको असरलाई न्यूनीकरण गर्न नेपाली सेना र सरकारी निकायले मिलेर काम गर्दै आएका छन् । सेनाले आफ्नो जनशक्तिको १० प्रतिशत जनशक्ति पर्यावरणमा खटाएको सेनापति शर्माले जानकारी दिए ।
सेनाले आजदेखि चौथो सफा हिमाल अभियान सुरुवात भएको जनाएको छ । सेनाले सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुथे हिमालबाट ३५ टन फोहोर संकलन गर्ने लक्ष्य लिएको छ । यस अन्तर्गत सेनाले सगरमाथा र ल्होत्से हिमालको बेसक्याम्प वरपर ३ टन र बेसक्याम्प माथिबाट १२ टन गरी १५ टन तथा अन्नपूर्ण हिमाल बेसक्याम्प वरपर ३ टन र बेसक्याम्प माथिबाट ७ टन गरी १० टन फोहोर संकलन गर्ने लक्ष्य लिएको छ । यसैगरी बरुथेको बेसक्याम्प माथिबाट ५ टन र बेस क्याम्प वरपरबाट ५ टन गरी १० टन संकलनको लक्ष्य लिएको छ ।
सेनाले सन् २०१९ बाट हिमाल सफाइ अभियान थालेको थियो । ०१९ मा १० टन, सन् २०२१ मा २७.६ टन र सन् २०२२ मा ३३.८ टन फोहोर गरी अहिलेसम्म ७२ टन फोहोर र ४ वटा शव संकलन गरेको सेनाले जनाएको छ ।
संकलन गरेको फोहोरलाई कुहिने र नकुहिने गरि २ भागमा छुट्याएर कुहिने जित स्थानीय तहलाई हस्तान्तरण गरिने छ । नकुहिनेचाहिँ वेस्ट म्यानेजमेन्ट कम्पनीलाई दिने सेनाले जनाएको छ ।
गोसाइँकुण्ड यात्राका लागि हेलिकप्टर कम्पनीले उडान भर्न थालेपछि तिर्थालुलाई त्यहाँ पुग्न सहज भएको छ । अहिले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिकप्टरमार्फत पवित्र तीर्थस्थल गोसाइँकुण्ड सहजै पु...
प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले इन्टरपोलका प्रमुख अहमद नासेर अल–रैसी र महासचिव जर्गेन स्टकलाई प्रहरी वरिष्ठ नायब निरीक्षक पुरूषोत्तम नेपालीले विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा फहराएक...
वीरगन्ज महानगरपालिकाले वडा नं ३१ लक्ष्मीपुरस्थित उपयोगविहीन ३३ बिघा ऐलानी जग्गामा सामूहिक तरकारी खेती गर्ने तयारी गरेको छ । महानगरबाट खटिएको जनप्रतिनिधि र कर्मचारीसहितको टोलीले लक्ष्मीपुरमा उपयोगविहीन रहेको ...
अवैध अन्तर्राष्ट्रिय कल/एसएमएस बाइपासमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका-५ टिकाथली खरिबोट बस्ने चिनियाँ नागरिक ३२ वर्षीय ZHAO JIANGP...
विभिन्न जिल्लामा तीन जना मृतावस्थामा फेला परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार धनुषाको जनकपुर उपमहानगरपालिका-१५ लोहनास्थित सडक छेउको सिसौको छहारी मुनी ७० वर्षीय महादेव साह बुधबार मृत अवस्...
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले आमसञ्चारसम्बन्धी आवश्यक कानून शीघ्र ल्याइने बताएकी छिन् । आज मन्त्रालयमा ‘आमसञ्चार क्षेत्र सुधार समिति’को प्रतिवेदन बुझ्ने क्रममा उन...
हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...