×

Nic Asia
Dabur
Prabhu Bank

सङ्घीयता कार्यान्वयन कर्णालीका लागि वरदान सावित हुन्छ : प्रदेश प्रमुख

चैत १४, २०७९

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

कर्णाली प्रदेश प्रमुख तिलक परियारले सङ्घीयता कार्यान्वयन हुनसके कर्णालीका लागि वरदान सावित हुने बताएका छन्। कर्णाली प्रदेशसभाको पहिलो अधिवेशनअन्तर्गत आज बसेको आठौँ बैठकलाई सम्बोधन गर्दै प्रदेश प्रमुख परियारले सङ्घीयता नै कर्णालीका लागि उपयुक्त बाटोका रुपमा देखा परेको बताए ।  

yONNEX
Frooti
Appy

उनले भने, “प्रशासनिक सङ्घीयताका बारेमा केन्द्र अझै पनि अनुदार बनिरहेको अवस्था छ । प्रदेशका लागि आवश्यक कानुन नियम समयमा बन्न नसक्नु, सार्वजनिक संरचना निर्माणका लागि जग्गा प्राप्तिमा रुमल्लिने अवस्थाले चुनौती छन् ।”


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

त्यस्तै, प्रदेश प्रहरी र सुरक्षा व्यवस्थामा ढिलाइ, आरक्ष र वनका कारण अत्यावश्यक रणनीतिक सडक र ऊर्जा विकास अलपत्र पर्ने अवस्थाजस्ता विषयले कर्णालीजस्तो प्रदेशलाई बामे सर्न पनि अप्ठ्यारो परेको प्रदेश प्रमुख परियारले बताए । एकातर्फ कतिपय चाहिने कानुन नबन्नु तथा अर्कोतिर खरिद ऐनका उल्झनले बजेट खर्च र विकास प्रक्रियामा अनावश्यक ढिलाइ हुने गरेको उनको भनाइ थियो । 


Advertisment
Lokantar App
Saurya island

“संविधानको रक्षा, सङ्घीयता र गणतन्त्रको मुद्दालाई देशमा स्थापित गर्न बलिदानी र सङ्घर्षबाट आएको शक्ति नै केन्द्रीय सत्ता सञ्चालन गरिरहेको सन्दर्भमा सङ्घीय सरकारसँगको सहकार्यमार्फत सङ्घीयता कार्यान्वयनमा देखिएका उल्झन र समस्यालाई तोड्दै अगाडि बढ्न प्रदेश सरकार प्रतिबद्ध रहनुपर्दछ”, प्रदेश प्रमुख परियारले भने, “वित्तीय सङ्घीयतामा विगतका बजेट विनियोजनभन्दा सन्तुलन देखिए पनि यसले अझै भौगोलिक विकटता, गरिबी र अविकाशको चक्रलाई तोड्न सकेको छैन ।”

JYOTI
Vianet communication

उनका अनुसार सार्वजनिक शिक्षा भताभुङ्ग भई गुणस्तरहीन बन्दै जाँदा देशमा दुई प्रकारको शिक्षा पद्धति र जनशक्ति विकास भई वर्गीय विभेद फराकिलो बन्दै गएको छ । उनले कर्णाली प्रदेशमा गुणस्तरीय र नमूना साधारण तथा प्राविधिक शिक्षालयको निर्माण, गुणस्तरीय विद्यालय भवन, आइसिटी र शैक्षिक सामग्री, सक्षम र उत्तरदायी शिक्षक, भर्चुअल कक्षाका साथै विपन्न र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गर्न बजेट प्रबन्ध गर्नुपर्ने आवश्यकता औंल्याए । 

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ २४, २०८०

सुदूरपश्चिम प्रदेशसभामा आज प्रदेश सरकारको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदैछ ।   आज अपराह्न ४ बजेपछि बस्ने प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख देवराज जोशीले सरकारको नीति तथा कार्यक्र...

जेठ २४, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत इलिवेथ भोन क्यापेलरले बुधवार शिष्टाचार भेटवार्ता गरेकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधवार भएको भेटमा न...

जेठ २४, २०८०

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आर्थिक वर्ष २०८०/०८१ को बजेट समाजवादविमुख भएको टिप्पणी गरेका छन् ।  बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष यादवले बजेट समाजवादविमुख भएको टिप्पणी गरेका ह...

जेठ २४, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रको जमिन बंगलादेश जाने फुलबारी नाकाको जमिनसँग सट्टापट्टा गर्ने कुरा आफूले प्रस्ताव नगरेको स्पष्ट गरेका छन् ।  बुधवार राष्ट्रि...

जेठ २४, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा रहेको औद्योगिक ग्रामलाई महिला उद्यमी विशेष औद्योगिक ग्राममा रूपान्तरण गरिने भएको छ ।  बुधवार बसेको मन्त्रिपरिषद् बैठकले पाँचखालस्थित औद्योगिक ग्रामलाई महिला उद्यमी विश...

जेठ २४, २०८०

लुम्बिनी प्रदेशसभाको बैठक यही जेठ २६ गते बस्ने भएको छ ।  प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार बैठक शुक्रबार दिउँसो साढे ११ बजेदेखि सुरु हुनेछ । दोस्रो अधिवेशनको पाँचौँ बैठकमा प्रदेश सरकारको नीति...

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

जेठ २२, २०८०

हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

जेठ १९, २०८०

यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो ।  भ...

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

जेठ १७, २०८०

बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्‍मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...

ad
x