असोज ८, २०७९
समाजमा विभिन्न किसिमका मानिसहरू भेटिन्छन्, सबैले आफ्नै कुरालाई ध्यान दिइरहेका हुन्छन् । जहाँकहीँ होस्, चाहे पार्टी, पिकनिक, समारोह, गोष्ठी, भेटघाट सबैतिर आफ्नै बखान गर्छन् आफ्नै नाम, काम, धाम, पेशा र व्यवसायको । ...
‘जिरा मरिच मलाई पर्नु पिर कसलाई पिरस्’ यो भनाई आम नेपालीमा छ, जसलाई नि आफ्नो पिर–व्यथा संसारमा ठूलो लाग्छ कि अरुको पिर आफ्नो जस्तो छैन ।
पिर के हो त ? पिर कहाँबाट आउँछ । पिरको स्रोत के हो ? लाग्छ हरेक पिरको स्रोत आफैं हो ।
समय, काल, चक्र, पिरस्थिति मुताविक पिर फरक–फरक हुन्छ, जस्तो कि हामी विद्यार्थी हुँदा पढ्न नपरे हुँदो हो, घरमा पाहुना आए हुन्थ्यो, घरका ठूला मानिस अभिभावक मस्त कुरा गरेर दंग परेर बस्ने आफू चाहिँ खाली किताब हेर्नुपर्ने, बुवाआमाले खाली पढपढ भन्ने कति पिर !
पिर कति प्रकारका छन् ? के पिर पनि समय बदलिएसँगै बदलिन्छ । पहिला–पहिला हाम्रा पालाको पिर, हैरानी, झन्झट, दिक्दारी अचम्मको थियो । अहिले हामीले कुरा गर्यौं भने आफैंलाई विगत सम्झेर हाँसो उठ्छ । केटाकेटीमा पुल बनाउने ठाउँमा भोग दिन मान्छेहरू बच्चा खोज्न गाउँतिर आउँछ भन्ने डरले थरथर ! घरबाट निस्कनै डर लाग्ने, अर्को भूतको डर, भूतले लैजान्छ, निदिनी आउँछ दुध चुसाएर मार्छ, एक्लै घाम अस्ताउने बेला बाहिर हिँड्न हुन्न ।
यस्ता पिरको बारेमा बाल मस्तिष्कमा तनाव सिर्जना गरेर पिरैपिर बोकेर केटाकेटीमा बाँचिन्थ्यो । त्यो सत्य हो या झुटो अझै थाहा छैन । न त कसैले भूतलाई देखेको, भेटेको छ, न त भूतले कसैलाई आजसम्म लगेको छ तर हुँदै नहुने पिर, डर, त्रास, भयले हाम्रो बालपन डरैडरमा बित्यो । त्यति मात्रै नभएर, पुलिस आयो पुलिसलाई बोलाऊँ ? अर्को तनाव !
कहाँ पाउनु बालापन ? क्रिडा, निष्फिक्री जीवन र विन्दास हाँसो, हरेक दिन नयाँ–नयाँ कुराबीच डर सुन्नुपर्ने अभिभावकहरूले दिएको यो त्रास, पिर र डरको कथाले हाम्रो सुन्दर भविष्य बनाउने कुरामा पनि दख्खल दिएको छ ।
राजमार्गतिर न जाउँ नि फेरि मोटरले हान्छ । खोलामा पौडी खेल्न जाने होइन नि फेरि डुबेर मर्लास् ! फलानाको छोरो बगाएर मर्यो खोलामा डुबेर । हरेक पिरले बाल्यकाल त्रासमै बित्यो । कथित डरको पछाडि व्यस्त बुवाआमाको सोच अल्पबुद्धि भनौं या लाड–प्यार, हामी यावतलाई काम नलाग्ने बनाएको पक्कै छ ।
सानो बच्चालाई स्वीमिङ पुलमा लैजाने दुधे बालकलाई आइसक्रिम खुवाउने जस्ता काम विदेशीले गर्छन् रे ! त्यसैले त उनीहरू ज्यान्द्रा हुन्छन्, साहसी हुन्छन्, एक्लै पूरा विश्व घुम्छन् । हामी भने वल्लो गाउँबाट पल्लो गाउँ जान डराउँथ्यौं ।
पिरका विषयमा कवि रचयिता गायकले धेरै बोलेका छन्, विभिन्न भाखा निकालेका छन् । जसमा धर्मराज थापा, लोकबहादुर क्षेत्री, झलकबहादुर गन्धर्ब, प्रकाश सपुत, डेजी बराइली आदिका गीतहरू अनन्तकालसम्म बजिरहेका छन्, स–सानामा हामीहरूले सुन्ने गरेको गीत ‘दूधमाथि तर, तरमाथि बिरालो मलाई कति पिरलो’ अझै याद छ ।
पिरका बारेमा हामी सबै जानकार छौं तर पिर कति प्रकारका छन् ? पिर कसरी हटाउनु सकिन्छ ? पिर ३ प्रकारका छन्, जसमा साँच्चिकै भएको पिर, डर, त्रास र कायरताले आउने पिर र अरुको झमेलाबाट आइलागेको पिर हुन् ।
कतिपय अवस्थामा मानिस स्वयं दुःखपीडामा पर्छ, जुन वास्तविक छ । जुन पिरको सिर्जना आफ्नै अकर्मण्यता, आलस्य, अल्छीपना र अज्ञानताले आउँछ, यो पहिलो किसिमको पिर हो ।
दोस्रो किसिमको पिर भनेको हुँदै नहुने कुरामा डराएर शंका–उपशंका गरेर हामी पिर बोकिरहेका छौं, जस्तो कि हामी घरबाट बाहिर निस्किँदा गाडीले किच्छ कि पकेटमारले पाकेट मार्छ कि आदि अदृश्य पिरले सताउँछ तर कतिपय अवस्थामा त्यो घटना वास्तवमा हाम्रो जीवनमा घट्दैन ।
तेस्रो प्रकारको पिर नदुखेको टाउको डोरी लगाएर दुखाउने अवधारणाबाट हुन्छ । हामी कहिलेकाहीँ अरुको कल्याण गर्दा आफ्नै अकल्याणमा पर्छौं । अरुलाई सहयोग, हित गर्न खोज्दा अनाहकमा स्वयं फस्छौं, डुब्छौं, झमेलामा पर्छाैं । जस्तो कि बैंकबाट ऋण लिँदा धन जमानी बस्ने, कसैको साक्षी बस्ने, पैसा सापटी दिने आदिबाट पिर उत्पन्न हुने पर्छ ।
लेखक विकी ह्यारिसनको भनाइमा पिर महासागर जस्तै हो । छालहरू आउँछन्, जान्छन् उतारचढावहरु हुन्छन्, हामीले डुबुल्की मार्नैपर्छ । यथार्थमा यो भनाइमा सत्यता छ ।
दुःख, चिन्ता, हैरानी, पीडाको बारेमा अनेक तर्क विचारहरू छन् । भगवान् बुद्धले संसारमा दुःख छ, दुःखका कारण छन्, दुःख हटाउन सकिन्छ, भन्नुभएको छ । दुःखको परिभाषा एकल तथा ठोस छैन, यो हरेक व्यक्तिमा फरक–फरक हुन्छ, सुखको विपरितार्थी शब्द दुःख यावत प्राणीमा रहने अवस्था हो । कुनै–कुनै पिर–दुःख तत्काल सुन्दा केही दुःख लाग्छ तर उप्रान्त त्यसको परिणाम भोग्ने क्रममा बिस्तारै चिरकालसम्म पीडादायी हुन्छ ।
पिरको व्याख्या धेरै हुन्छ, केही वर्षअघि १ जना शेयर खेल्ने मानिस नदीमा हेलिएर मरे, किनकि उनलाई शेयरमा घाटा भयो रे ! एक स्कूले नानीले प्रेममा असफल भएर आत्महत्या गरिन्, उता पे्रम प्रसादले देश सुधार्ने लामो पर्चा लेखेर आत्मदाह गरे ।
आफू मरे जोसुकै राजा होस् भन्ने पनि कहावत छ, सबै कुरा आफ्नो जीवन हुँदा चाहिने हो, त्यसका लागि पिर बोकेर हिँड्नुपर्छ, पिर त चितामा पुगेपछि सकिन्छ । चिन्ता र चिताको अटुट सम्बन्ध छ ।
चिन्ताले चितासम्म पुर्याउँछ भन्छन् बुढापाकाहरू, तसर्थ घाँटी हेरी हाड निल्नु, थाम्न सक्ने व्यवहार गर्नु, बढुवा नहुनु, ठूलो कुरा नगर्नु औकातमा बस्नु, धर्ती नबिर्सनु, धान्न सक्ने व्यवहार गर्नु, थाप्लो हेरेर नाम्लो लगाउनु, दौरा न सौराका खल्ती पनि भन्ने गरिन्छ । यी सब कुराले मानिसलाई चिन्ताबाट बचाउँछ ।
अहिले सबैतिर मुटु रोगी भेटिन्छन्, किनभने तपाईंसँग १ लाख छ भने तपाईं १० लाखको काम सोच्नुहुन्छ । तसर्थ काम भए त राम्रै हो, नत्र पिरको भारी हुन्छ ।
स्वामी विवेकानन्दको भनाइमा तिमी जन आफैंलाई विश्वास गर्दैनौं भने भगवानलाई कसरी विश्वास गर्छाै ? हृदय र दिमागको द्वन्द्व हुन हृदयको कुरा सुन । अरुका लागि बाँच्नेहरू एक्लै जिउँछन्, तसर्थ आशक्ति नराख र इन्कार पनि नगर जे आइपर्छ । अगाडि बढ यो मार्गबाट लागेमा दुःख कम गर्न सकिन्छ पक्का पनि ।
‘सन्तोषम परम सुखम, निराशाम परम दुःखम’ भनिन्छ । यदि हामी जन्मेको पल सम्झियो भने नाङ्गै आएको नाङ्गै जाने ! आखिर के छ त चिन्ता लिने विषय ?
कोही मानिसहरू दुःखबाट मुक्त हुन तलकालाई हेर्नुस् भन्छन् । सत्य हो ? तर हाम्र्रो समाजमा तपाईं माथि अगाडि बढ्नुभएन भने तपाईं बीचमा अड्केर बस्नुहुन्न, तल झर्नुहुन्छ । त्यसकारण माथि जाने सोच बनाउनुपर्छ ।
भगवान् श्रीकृष्णको भगवत गीतामा तिमी जे छौ, त्यो भगवान्कै कृपा हो, जे भइरहेको छ राम्रै छ, राम्रैका लागि भइरहेको छ र जे हुन्छ राम्र्रैका लागि हुन्छ, त्यसैले चिन्ता लिनु हुँदैन भनिएको छ तर मन मान्दैन ।
पिरको बारेमा महात्म्य नै लेख्न सकिन्छ तर पिर युग, काल, समयअनुसार हुने रहेछ । अहिले युवायुवतीमा फेसबूकमा राखेको फोटो लाइक र कमेन्ट नहुँदा पनि पिर हुँदो रहेछ । पसलेलाई बिक्री भएन भन्ने पिर, ऋणीलाई व्याज बढेको पिर, किसानलाई बाली लागेन भन्ने पिर, नेतालाई ताली र सलाम आएन भन्ने पिर, भरियालाई आज भारी बोक्न पाइएन भने भरे के खाने भन्ने पिर, मोटालाई दुब्लाउन सकिएन भन्ने पिर, दुब्लालाई ज्यान लागेन भन्ने पिर, निःसन्तानलाई सन्तान भएन भन्ने पिर, सोचौ त एकपटक पिर नभएको को छ ? यसैले पिर छाडौ, कर्म गरौ, फल आउँछ कदाचित आएन भने पुनः कर्म गर्दा आइहाल्छ । कर्मण्डे बाधिकारस्ते माफलेसु कदाचन यो भनाइलाई आत्मसात गरे पिरबाट उन्मुक्ति भई सदा खुशी बन्न सकिन्छ ।
समाजमा विभिन्न किसिमका मानिसहरू भेटिन्छन्, सबैले आफ्नै कुरालाई ध्यान दिइरहेका हुन्छन् । जहाँकहीँ होस्, चाहे पार्टी, पिकनिक, समारोह, गोष्ठी, भेटघाट सबैतिर आफ्नै बखान गर्छन् आफ्नै नाम, काम, धाम, पेशा र व्यवसायको । ...
काम, काम, काम ! परिवारलाई त समय नै छैन !! श्रीमतीजीको सदासर्वदा सिकायत छ तर ‘नो मनी नो टाइम’ कसरी हुन्छ यस्तो ! कि त खाली बस्नुपर्यो, कि त त पैसा आउनुपर्यो । हेर्दा सधै...
राज कुमार गजुरेल विदेशको सुखसयल र सुख सुविधा छोडेर बेलायती लाहुरे चामबहादुर पुन गाउँ फर्किए । सपरिवार बेलायतमा रहे पनि चामबहादुर नेपालमै भेटिन्छन् । गाउँको सेवा गर्न समुन्द्रपारि (...
कम्यूनिस्टहरूको चौघेराभित्र बाल्यकाल बिताएको भएर होला, सानै उमेरदेखि मैले कांग्रेस कार्यकर्तालाई कांग्रेसी भनेको सुनेको थिएँ । अलि होच्याएर, अलि नमीठो गरेर यी कांग्रेसीहरू भनेर सम्बोधन गर्ने गरेको.... । उमे...
नेपालमा गुद खाने चलन धेरै कम छ । कारण – यसको स्वास्थ्य सम्बन्धी गुण नबुझेर हुनसक्छ । हामीले गुद खाने भनेको मात्र गुदपाक हो र जुन निकै प्रसिद्ध मिठाइको रूपमा पनि चिनिएको छ । कसैलाई कोशेली लानुपर्&zwj...
सातु नेपालीहरूको धेरै पुरानो र मौलिक परिकार हो । सातु बिहानको खाजा मानिने भए तापनि पछिल्लो समय यसलाई बिहान, दिउँसो, साँझ कुनै पनि समय खान थालिएको छ । कुनै समय सातु भनेर हेप्ने यो परिकार अति स्वास्थ्य...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...