×

Dabur

खानाको पर्याय कार्की होटल

कटेरोबाट थालेको कार्की होटलको खाना : ग्राहकले रुचाएको ‘ब्रान्ड’

बैशाख २३, २०८०

NTC
Premier Steels
Marvel

विराटनगरदेखि पूर्व लाग्ने र झापाको बिर्तामोडदेखि पश्चिम लाग्नेहरू खाना खानकै लागि कार्की होटलमा आउने गर्छन् । होटल मोरङको बेलबारीमा छ ।

yONNEX
Sagarmatha Cement

२०६४ सालमा चन्द्र कार्की र कुमारी कार्कीले मोरङकै बेलबारी बजारमा होटल सञ्चालन गरेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यतिबेला राजमार्गका होटलहरूमा खाना राम्रो पाइँदैन भन्ने गुनासो बढी हुने गरेको थियो । राजमार्गका होटलमा बासी खानेकुरा खुवाउँछन् भन्ने हल्ला अहिले पनि कहीँकतै सुन्ने गरिएको छ ।


Advertisment

यस्तै बेला कार्की दम्पतीले एक छाप्रोबाट होटल सञ्चालन गरेका थिए । ग्राहक देउता हुन् भन्ने ठानेर उनीहरूले ताजा खाना खुवाउने गरे । त्यो उनीहरूका लागि सफलता बन्यो । धार्मिक यात्रा गर्नेदेखि नेताहरू समेतको रोजाइमा परेको छ बेलबारीको कार्की होटेल ।

Vianet communication
Laxmi Bank

अहिले उनीहरूको होटल ब्रान्ड जस्तै बनेको छ । होटल स्थापना गर्दा उनीहरूलाई ब्रान्ड नै होला भन्ने लागेको थिएन । 

होटल खोल्नुअघि मोरङकै लेटाङमा कृषि कर्म गर्थे चन्द्र कार्की । जग्गा अधियामा लिएर उनीहरूले गाईवस्तु पालेर दूध, दही, घ्यू बेच्ने गरेका थिए । चन्द्रकी पत्नी कुमारी कार्कीलाई ज्योतिषीले हात हेराउँदा सेतो चिजको व्यापार गरे राम्रो हुने बताएका थिए । ज्योतिषीकै सुझावअनुसार कुमारीकै जोडबलमा दूध, दही तथा घ्यु बेच्ने गरेका थिए । उनीहरूलाई त्यो पेशा पनि फाप्यो । कार्की दम्पतीको लगनशीलता देखेर १ जना आफन्तले होटल सञ्चालन गर्न सुझाव दिएका थिए । कार्की दम्पतीले ज्योतिषीले भनेको कुरा ती आफन्तलाई सविस्तार वर्णन गरे । ती आफन्तले भात पनि सेतै हुन्छ, बेलबारी पूर्वपश्चिम राजमार्ग पनि, त्यहाँ होटल गर्न सुझाव दिएपछि कार्की दम्पती मन्जुर भएर होटल खोलेका हुन् ।

शुरूमा बेलबारीमा एउटा सामान्य छाप्रोमा होटल सञ्चालन गरेका थिए । ७ हजार महिनाको तिर्ने गरी सामान्य कटेज भाडामा लिएर होटल खोलेका थिए । शुरूशुरूमा सबै काममा उनीहरू आफैं खट्ने गरेका थिए । बिहानदेखि राति अबेरसम्म पनि भात खान आउनेलाई खुवाउने गरेका थिए । खाना खाने आउँदै गर्छन्, पकाउँदै दिँदै गरेकाले ताजा खाना खान पाइन्छ भनेर ग्राहकको भीड हुन थाल्यो ।

कार्की परिवार राम्रोसँग चलिरहेको थियो । उनीहरूका ३ छोराछोरी थिए, २ छोरा र १ छोरी । तीनै जनालाई होटलकै कमाइले पढाइरहेका थिए । २०७५ सालमा कार्की परिवारमा बज्रपात पर्‍यो । व्यापार–व्यवसाय राम्रोसँग ‘पिकअप’ लिएका बेला चन्द्रबहादुरको निधन भयो । 

चन्द्रको निधनपछि अब कार्की होटल बन्द हुन्छ भन्ने धेरैको अनुमान थियो । ब्रान्ड नै बनेको होटल बन्द हुन्छ भन्ने चिन्ताले धेरैलाई सतायो । छोराछोरी सानै भएका र आमाले मात्रै सञ्चालन गर्न समस्या हुन्छ भन्ने अनुमान यतिबेला गलत भएको छ ।

बुवाले सञ्चालन गरेको व्यवसाय तथा आमाको हेरचाहदेखि भाइबहिनीको पठनपाठनसम्मको जिम्मा जेठा छोरा अभिषेकको काँधमा आयो तर आम अनुमानलाई फेल गर्दै अभिषेकले बुवाको ब्रान्डलाई कायमै राखेका छन् ।

बुवा चन्द्रको निधन हुँदा अभिषेक भर्खर १८ वर्षका मात्रै थिए । १२ कक्षामा पढ्दै थिए । १२ कक्षा सकेर उच्च शिक्षा जापानमा गएर पढ्ने उनको सपना थियो तर बुवाको मृत्यु कारण उनको जापान सपनामा ब्रेक लाग्यो ।

भाइबहिनीलाई उनले पढाइरहेका छन् । भाइ अनुप कार्की सीए पढ्दै छन् भने उनले बीबीएस प्रथम वर्षको परीक्षा पनि लेखेका छन् । बहिनी अनुसा बीबीए पढ्दैछिन् । अभिषेक भर्खर २३ वर्षका मात्रै भए । अनुप २१ वर्षका भए भने बहिनी अनुसा २० वर्षकी भइन् । 

null

कार्की होटलमा चिया पिउँदै विद्यार्थी राजनीति गरेका नेताहरू सांसद, मन्त्री र पार्टीको नेतृत्व तहमा पुगेका छन् तर यसले आफ्नो ब्रान्डलाई घट्न दिएको छैन । जग्गा–जमिन खरिद गर्नुभन्दा पनि भाइबहिनीकै शिक्षालाई अभिषेकले प्राथमिकता दिएका छन् ।

‘बुवाको निधनपछि मैले पढ्न सकिनँ,’ उनले भने, ‘तर भाइबहिनीलाई पढाउनका लागि कुनै पनि कसर बाँकी राख्दिनँ ।’

nullभारतको वेस्ट बंगाल, चीन तथा पश्चिम नेपालका आन्तरिक र बाह्य पर्यटक र यात्रुहरू कार्की होटलमा आउने गरेका छन् । सहकारी, विभिन्न साहित्यिक कार्यक्रम र शैक्षिक भ्रमणमा आउनेहरू भात खान कार्की होटलमा आउने गरेका छन् । पूर्वका पर्यटकीयस्थल घुम्न आउनेदेखि धार्मिकस्थल हुँदै सहकारीको अवलोकन गर्न आउनेहरूको खाना खाने स्टेसन बनेको छ कार्की होटल ।

कटेरोबाट थालेको व्यवसायले घर बनाउने अवसर पनि दिएको छ । घर बनाउने मुख्य आम्दानीको स्रोत नै त्यही कार्की होटल हो । 

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
कात्तिक २९, २०८०

सेलरोटी बनाएर दिनकै ३० हजारमाथि व्यापार, छोरालाई बनाइन् डाक्टर काठमाडौं महानरपालिका– १६ माछापोखरीको दाहिने कुनामा मंगलबार एकजना अधबैंसे महिलालाई सेलरोटी बनाउन भ्याइनभ्याइ थियो ।  सा...

मंसिर १६, २०८०

सिधै ‘अफिसर’ (अधिकृत)बाट निजामती सेवामा प्रवेश गरेकी राधिका अर्याल लुम्बिनी प्रदेश सरकारको बहालवाला प्रमुख सचिव हुन् । निजामती सेवामा प्रवेश गरेको १९ वर्षमै प्रशासनतर्फबाट नेपाल सरकारको विशिष्ट श्र...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

मंसिर ९, २०८०

सानैदेखि खानाका परिकार बनाउन शौखिन थिइन् रूपन्देहीको बुटवलकी शोभा पोखरेल । घरमा रहेका बेला फुर्सदको समयमा उनले बन्दा, मटर लगायतका तरकारीबाट अचार बनाउँथिन् । केही घरमा खाने र बाँकी इस्टमित्रदेखि छिमेकीलाई ...

कात्तिक २१, २०८०

नागरिक उड्डयन प्राधिकरणमा जागिर खानुअघि प्रदीप अधिकारी काठमाडौंका इन्जिनियरिङ कलेजहरूमा अध्यापन गराउँथे । अध्यापन गराइरहेका अधिकारीलाई एकैपटक दुइटा अवसर आए– एउटा सरकारी जागिर र अर्को विदेशमा पीएचडीक...

कात्तिक ११, २०८०

काठमाडौं महानगरपालिका–१५ पुरानो बानेश्वरका उद्योगी शत्रुधनप्रसाद ढकाल बजारमा ‘एसपी ढकाल’का नामले परिचित छन् । दुई दशकको ‘ट्रेडिङ बिजनेस’को अनुभवपछि ढकालले पश्चिम नवलपरासीमा ड...

'क्लाइमेट चेन्ज' : नेपालजस्ता गरिब राष्ट्रको न्यायका लागि जलवायु कूटनीति सक्रिय बनाऔं

'क्लाइमेट चेन्ज' : नेपालजस्ता गरिब राष्ट्रको न्यायका लागि जलवायु कूटनीति सक्रिय बनाऔं

मंसिर २०, २०८०

जलवायु परिर्वतनसम्बन्धी सम्मेलन सन् १९९५ मा जर्मनीको बर्लिनबाट शुरू भई २८ औं कोप सम्मेलन दुबईमा भइरहेको छ । शुरू–शुरूका सम्मेलनमा मानव जीवन र प्रकृतिका बीच सन्तुलन कायम गरी दिगो विकास गर्न जोड दिएको पाइन्...

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

x