असोज १२, २०८०
नेकपा (एमाले) कोशी प्रदेश कमिटीको प्रथम अधिवेशनको बन्द सत्रले केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज रघुवीर महासेठको नेतृत्वमा अध्यक्षमण्डल गठन गरेको छ । महासेठको नेतृत्वमा शुक्रवार ११ सदस्यीय अध्यक्षमण्डल गठन गरिएको हो ...
बैशाख २७, २०८०
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरण 'टाई टाई फिस' नहुने बताएका छन् । बुधवार बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता कोइरालाले शरणार्थी प्रकरणमा दुई/तीन जना नेता बसेर मिलाउने सम्भावना नरहेको बताएका हुन् ।
प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको भेटप्रति लक्षित गर्दै नेता कोइरालाले शरणार्थी प्रकणलाई अन्तर्राष्ट्रिय स्तरबाट समेत हेरिएको भन्दै दुई/तीन नेता बसेर कुनै छलफल नहुने बताएका हुन् ।
मंगलवार प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता भएको थियो । ‘यो प्रकरण यहाँबाट मिलाउँछौं भन्ने सम्भावना छैन,’ कोइरालाले भने ‘अन्तर्राष्ट्रिय जगतले पनि नियालेको हुँदा टाई टाई फिस हुन्छ भन्ने कसैले नसोच्दा हुन्छ । प्रहरीले छानबिन गरिरहेको छ ।’
तपाईँको नाम पनि जोडिएको छ नि भन्ने प्रश्नमा नेता कोइरालाले फोटो खिचेकै भरमा कसैलाई आरोप लगाउन नहुने तर्क गरे । ‘मेरो केशव दुलालसँग चिनाजान हो । मेरो घरमा पनि आउँथे । फोटो पनि खिचेका होलान् । तपाइहरूसँग पनि फोटो खिचेका होलान् । फोटो खिचेकै भरमा कसैलाई दोष लाउनु हुँदैन । मेरो कहीँ कतै संलग्नता छैन’ उनले भने ।
प्रहरीले अनुसन्धान गरिरहेको हुनाले थप कुरा आउने समेत उनले बताए । नेता कोइरालाले शरणार्थी प्रकरणमा जोडिएका जो सुकैलाई पनि कारबाही हुनुपर्ने बताए ।
नेकपा (एमाले) कोशी प्रदेश कमिटीको प्रथम अधिवेशनको बन्द सत्रले केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज रघुवीर महासेठको नेतृत्वमा अध्यक्षमण्डल गठन गरेको छ । महासेठको नेतृत्वमा शुक्रवार ११ सदस्यीय अध्यक्षमण्डल गठन गरिएको हो ...
नेकपा एमाले बागमती प्रदेशको सबै पदको नतिजा शुक्रबार नै आउने भएको छ । शुक्रबार साँझ मतदान सकिएसँगै सबै नतिजा एकसाथ प्रकाशित गर्न लागिएको प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीले जानकारी दिए । ‘...
नेकपा एमाले बागमती प्रदेश अध्यक्षमा कैलाश ढुंगेलले अग्रता बनाएका छन् । निर्वाचन समितिले सार्वजनिक गरेको मतपरिणामअनुसार ढुंगेलले १७२ मतका साथ अग्रता बनाएका हुन् । अध्यक्षका अर्का उम्मेदवार कृष्ण दहालले १३२ मत पाए...
नेकपा एमाले कर्णाली प्रदेश अध्यक्षमा प्रेम बहादुर सिंहले उम्मेदवारी दिएका छन् । एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्रीसमेत रहिसकेका सिंहले शुक्रबार आफ्नो मनोनयन दर्ता गराएका हुन् । महाबै गाउँपालिका&ndash...
नेकपा एमाले बागमती प्रदेशको निर्वाचनमा कुल ११३१ मत खसेको छ । पार्टी कार्यालय च्यासलमा शुक्रबार राति सम्पन्न मतदानमा कुल ११३१ मत खसेको मुख्य निर्वाचन अधिकृत डिल्ली मैनालीले जानकारी दिए । उनले मतदानमा ३२&...
नेकपा (एमाले)काे बागमती प्रदेशमा नयाँ नेतृत्वका लागि भएको निर्वाचन सकिएको छ । शुक्रवार करिब ८ः४५ बजे निर्वाचन सकिएको हो । एक हजार १६७ मतमध्ये एक हजार १३५ मत खसेको प्रमुख निर्वाचन अधिकृत डिल्ली मै...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...