बैशाख २४, २०८०
काठमाडौं । गोकर्णेश्वर नगरपालिकाको आयोजनामा सम्पन्न भएको राष्ट्रिय प्रतियोगितात्मक गजल महोत्सवमा दैलेखका दीपिन सिजापति प्रथम भएका छन् । प्रतियोगितामा लमजुङकी मुना बोहरा द्वितीय र लमजुङकै प्रज्ज्वल अधिकारी तृतीय भए...
उपन्यासकार अन्जना पौडेलद्वारा लिखित ‘चरीमाई’ उपन्यास सार्वजनिक गरिएको छ । शताब्दी साहित्य प्रतिष्ठान र इन्डिगो प्रकाशनले आयोजना गरेको कार्यक्रममा प्राडा विन्जु शर्माले उपन्यासको विमोचन गरेकी हुन् ।
चेलीबेटी बेचबिखनको सवाललाई समावेश गरिएको सो उपन्यासलाई इन्डिगो इन्क प्रालिले प्रकाशन गरेको हो । ‘चरीमाई’ का लेखिका पौडेलले आफ्नो उपन्यास बेचिएका हजारौँ दिदिबहिनीहरुको न्यायको लडाइँमा आफैंलाई आहुति दिने सम्पूर्ण चेलीहरुप्रति सम्पूर्ण गरिन् । उपन्यासकार पौडेल लेखनका साथसाथै मानवशाशीमा विद्यावारिधि गरिरहेकी एक अनुसन्धाता र प्राध्यापक हुन् ।
उनले यसअघि कथा, कविता, गीत, हाइकु र मुक्तसमेत प्रकाशन गरिसकेकी छिन् । ‘चरीमाई’ भने उनको पहिलो उपन्यास हो । उपन्यासकार पौडेलले भनिन्, “चरीमाई बेचबिखनमा परेका सीमान्तकृत चेलीहरुको सामूहिक स्वर हो ।” सोही अवसरमा प्राडा शर्माले ‘चरीमाई’ उपन्यास चेलीबेची बेचबिखनविरुद्धको सशक्त उपन्यास भएको टिप्पणी गरिन् ।
उपन्यासबारे भूमिका लेख्दै उपन्यासकार कृष्ण धरावासीले भने, “आज पनि ग्रामीण चेलीहरु देशभित्रकै सहरका होटलहरुमा ओछ्यान बन्न बाध्य छन्, भारतका यौन बजारहरुमा बेचिरहेका छन्, यस्ता बेतामा यही विषयलाई केन्द्रमा राखेर बारम्बार सम्झाइरहने काम चाहिँ लेखकहरुकै हो, यो पुस्तकले पनि त्यही काम गरेको छ ।”
काठमाडौं । गोकर्णेश्वर नगरपालिकाको आयोजनामा सम्पन्न भएको राष्ट्रिय प्रतियोगितात्मक गजल महोत्सवमा दैलेखका दीपिन सिजापति प्रथम भएका छन् । प्रतियोगितामा लमजुङकी मुना बोहरा द्वितीय र लमजुङकै प्रज्ज्वल अधिकारी तृतीय भए...
कवि देवकी अभिलाषीको कविता संग्रह ‘आदिवासी भोक’ लोकार्पण भएको छ । शुक्रवार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा प्रज्ञा प्रतिष्ठानका कूलपति भूपाल राईसहित कवि उषा शेरचन, समालोचक कुमारी लामा, प...
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नवरत्न पुरस्कार समितिको संयोजकमा तारा अधिकारी चयन भएकी छन् । अनेसासको केन्द्रीय सदस्य समेत रहेकी अधिकारी नेतृत्वको संयोजन समितिले नेपाली भाषा, साहित्य, कला र सामाजिक क्षे...
पत्रकार तथा साहित्यकार कमल रिजालको १४औं कृति सार्वजनिक भएको छ । धर्मदर्शन (प्रयोगात्मक) नामक कृति साझा प्रकाशनले प्रकाशित गरेको हो । स्वास्थ्य दर्शन, स्वभाव दर्शन र स्वधर्म दर्शन तीनखण्डमा विभाजित पुस्त...
बिहानको खाना खाएपछि १ घण्टा सुत्ने बानी परेको छ हिजोआज । वृद्धावस्थाले निमन्त्रणा दिएकाले हो कि अवकाश प्राप्त जीवन भएर हो ? आफ्नो बानी बिगारेको छु आफैंले । १ दिन यस्तै बेला घण्टी बज्यो मोबाइल म्यासेन्जरमा । ह...
वरिष्ठ समालोचक गोपी मैनालीको ‘रमेश विकल : समालोचनात्मक अन्वेषण’ र वरिष्ठ समालोचक ठाकुर शर्मा भण्डारीको ‘हास्यव्यङ्ग्य महारथी भैरव अर्याल’ कृतिहरू विमोचन गरिएको छ । १६ औँ गणतन्त्र द...
हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...