×

NMB BANK
NIC ASIA

सरकार दिशाहीन स्थितिमा छ : प्रमुख सचेतक गिरी

जेठ ४, २०८०

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसदहरूको प्रश्नको जवाफ गम्भीरताका साथ नदिएको बताएका छन् ।

Muktinath Bank

बिहीवारको प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रमुख सचेतक गिरीले प्रधानमन्त्री प्रचण्डबाट गम्भीरता र महत्त्वका साथ प्रश्नको जवाफ नआएको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रश्नोत्तर केवल औपचारिकतामा मात्रै सीमित भएको उनले बताए । मुलुकमा आर्थिक संकट भए पनि समस्याको समाधान गर्ने ठोस योजना सहितको जवाफ प्रधानमन्त्रीले दिन नसकेको उनको भनाइ छ । सरकार कुहिरोको कागजस्तो दिशाहीन अवस्थामा रहेको उनले बताए ।


Advertisment
Nabil box
Kumari

प्रमुख सचेतक गिरीले आगामी बजेट रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्ने गरी आउनुपर्ने बताए ।

Vianet communication
Laxmi Bank

उनले भने, ‘सरकार कुहिरोको काग जस्तो छ । अहिले पनि दिशाहीन स्थितिमा छ । अहिले पनि धेरै इस्युहरूमा प्रस्ट हुन सकिराखेको छैन र भोलिको बाटो कुन हो भन्ने कुरामा सरकारले गन्तव्य सही ढंगले पहिल्याउन सकेको छैन । रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्नुपर्‍यो । अनुत्पादक क्षेत्रमा पैसा अनावश्यक खर्च गर्नुभएन । आयातलाई प्रतिस्थापन गर्ने खालका क्षेत्रहरूमा लगानी बढाउनुपर्‍यो । क्षेत्र निर्धारण गरेर लगानी गर्ने ढंगले बजेट आउनुपर्छ भन्ने ठान्छु ।’

एमाले सांसद योगेशकुमार भट्टराईले संसदमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर जीवन्त नभएको टिप्पणी गरे । प्रश्न पहिले नै सोध्ने र तयारी साथ उत्तर ल्याएर प्रश्नोत्तर गर्दा जीवन्त नहुने उनको भनाइ छ । प्रश्नोत्तर केवल कर्ममाण्डी मात्रै भएको उनले बताए । भट्टराईले नक्कली भुटानी शरणार्थी प्रकरणको घटनालाई सामसुम पारिने हो कि भन्ने आशंका आफूलाई उब्जिएको बताए ।

‘हाम्रो आशंका के छ भने राजनीतिक दबाबले, बाह्य दबाबले र विभिन्न खालको दबाबले निर्मला हत्या प्रकरणलाई जसरी अनुसन्धानलाई अन्यत्र मोडियो, त्यसैगरी यो अनुसन्धान अन्यत्र मोडिन्छ कि अथवा यस्तै सामसुम हुन्छ कि भन्ने कुराको आशंका आम हिसाबले उठेको छ । त्यसकारणले त्यसलाई चित्तबुझ्दो प्रधानमन्त्रीको आजको जवाफले दिएन ।’

उनले धेरै प्रश्नहरूमा प्रधानमन्त्रीले स्पष्ट जवाफ नदिएको बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x