×

Dabur
MG

सीमाको छड्के निरीक्षणमा सशस्त्रका एआईजी

जेठ ४, २०८०

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

सशस्त्र प्रहरी बल (एपीएफ) नेपालका अतिरिक्त महानिरीक्षकहरू (एआईजी)ले सीमा क्षेत्रमा छड्के निरीक्षणलाई तीव्रता दिएका छन् ।

yONNEX
Sagarmatha Cement

सीमा नाकामा अनुगमनका क्रममा कहीँकतै कमिकमजोरी भेटिए टोली परिवर्तन गर्नेदेखि कमाण्डबाट हटाउनेसम्मको जिम्मेवारी उनीहरूले पाएका छन् ।


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

निरीक्षण तथा अनुगमनकै क्रममा मानवश्रोत विभाग प्रमुख एआईजी नारायणदत्त पौडेलले लुम्बिनि प्रदेश अन्तर्गत बाँकेस्थित बीओपी बढैया, जयसपुर, गंगापुर जमुनाह तथा कपिलवस्तुस्थित चाकडचौडा, मर्यादपुर, हथिहवा, हर्दौना, भिल्मीलगायतका सीमा नाका अनुगमन र निरीक्षण गर्नेछन् । साथै उनले बर्दिया, रुपन्देही र नवलपरासीका सीमा नाकाको समेत अनुगमन गर्नेछन् ।


Advertisment
Kumari
Saurya island
Pardeshi

बाँके र कपिलवस्तुस्थित सीमानामा रहेका युनिट अनुगमन तथा निरीक्षणका क्रममा उनले सीमामा हुनसक्ने चोरीपैठारी नियन्त्रणमा निर्मम रुपमा प्रस्तुत हुन र कुनै पनि प्रकारको सम्झौता नगर्न निर्देशन दिएका छन् ।

Vianet communication
Laxmi Bank

अवैध क्रियाकलाप रोक्नका साथसाथै सीमामा सरोकारवाला निकायसँगको समन्वयमा सीमास्तम्भको अनुगमन, रेखदेख तथा वर्षातको समयमा विशेष गरी सानाखालका सीमा स्तम्भ बगाउने तथा पुरिनसक्ने भएकोले त्यसलाई विशेष प्राथमिकतामा राख्न उनले निर्देशन दिएका छन् ।

यसअघि, कार्य विभाग प्रमुख एआईजी चन्द्रप्रकाश गौतमले गत चैत र वैशाखमा कोशी प्रदेश तथा सुदूरपश्चिम प्रदेश अन्तर्गतका जिल्लाका सीमा नाका अनुगमन गरेका थिए ।

कोशी प्रदेश अन्तर्गत इलाम, झापा, मोरङ, सुनसरी जिल्लाका सीमा क्षेत्रमा रहेका गण तथा बीओपी अनुगमनका क्रममा उनले विशेष गरी भन्सार इलाकामा कडाईकासाथ कर्तव्यपालना गर्न र राजश्व संकलनमा गम्भीर भएर लाग्न निर्देशन दिएका थिए । सुदूरपश्चिम प्रदेशका सीमा नाकासमेत उनले अनुगमन गरेका थिए ।

सीमा नाकामा आवतजावत गर्ने नागरिकलाई सहज र सजिलो वातावरण बनाउनका साथै विभिन्न आवरणमा हुनसक्ने चोरीपैठारी नियन्त्रणका साथसाथै लागूपदार्थ ओसारपसारमासमेत उच्च निगरानी गर्न उनले निर्देशन दिएका छन् ।

यसैगरी, सीमा सुरक्षा विभाग प्रमुख एआईजी वंशीराज दाहालले वैशाख अन्तिम हप्ता बागमती प्रदेश अन्तर्गत रसुवा, सिन्धुपाल्चोक तथा दोलखाको सीमा युनिटहरूको आकस्मिक निरीक्षण तथा अनुगमन गरेका थिए । अनुगमनका क्रममा उनले चोरीपैठारी नियन्त्रण र वन्यजन्तुका अंगहरूको हुनसक्ने तस्करी नियन्त्रणमा परिणाम देखिने गरी कार्य गर्न निर्देशन दिएका थिए ।

केही महिना यता एपीएफ नेपालले एआईजीहरूको नेतृत्वमा सीमा अनुगमनलाई तीव्रता दिँदै आएको छ ।

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज १२, २०८०

वीरगन्जस्थित बाल सुधार गृहबाट शुक्रवार दुई कैदी बन्दी फरार भएका छन् । कर्तव्य ज्यान मुद्दाका सर्लाही निवासी अमरकान्त ठाकुर र जबर्जस्ती करणी मुद्दाका सप्तरी निवासी पाण्डव यादव बाल सुधार गृहको छतबाट हामफालेर फरार...

असोज १२, २०८०

सुन तस्करीमा संलग्न भएको आरोपमा जिल्ला प्रहरी कार्यालय दोलखाले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिगु गाउँपालिका-३ की सीता तामाङ, पेम्बा तामाङ, माधव मगर, बिगु- १ का नुर्बु शेर्पा र सुनमला तामाङ छन्। ...

असोज १०, २०८०

दाङमा ९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १४ भेटनरी बस्ने ४० वर्षीय टेकबहादुर विक रहेका छन् । उनलाई मंगलवार दिउँसो पक्राउ गरिएको प्रहरील...

असोज ११, २०८०

विवाहेत्तर सम्बन्ध र प्रेमबाट धोका पाएको निहुँमा २ जनाको वीभत्स हत्या भएको छ । सल्यानका २८ वर्षीय कर्णबहादुर बस्नेतले सामाजिक सञ्जालमा चिनजान भएर प्रेम बसेकी प्रेमिकाले अर्कैसँग विवाह गरेपछि २ जनाको...

असोज १२, २०८०

तनहुँको भिमाद नगरपालिका–९ सखेपस्थित भानुमति साना किसान कृषि सहकारी संस्था लिमिटेडका प्रबन्धकलाई प्रहरीले पक्राउ गरेको छ ।  सोही वडा निवासी ५२ वर्षीय प्रबन्धक चुत्रबहादुर थापालाई प्रहरीले पक्राउ ग...

असोज १२, २०८०

अभिनेता अनमोल केसी पक्राउ परेका छन् ।​​​​ रावायण नामक चलचित्रमा भएको विवादलाई लिएर निर्माता समूहले उनीविरुद्ध किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको हो । ठगी गरेको आरोपमा उनलाई पक्राउ गर...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x