×

NTC

बुटवलका तिरास लामटांगे मगर १ दशकदेखि शिक्षण पेशामा छन् तर अहिले तिरासको जोडी कफी बिक्रीमा तल्लिन छ ।

yONNEX
Sagarmatha Cement

लामटांगेले कफी पारखीका लागि ‘द कफी हब’ सञ्चालनमा ल्याएका छन् । रूपन्देहीको तिलोत्तमा योगिकुटीस्थित उनको ‘कर्फी हब’ अहिले सबैको रोजाइमा पर्न थालेको छ ।


Advertisment
RMC TANSEN
shivam ISLAND

अग्र्यानिक र नेपालमा उत्पादित कफीको स्वाद चखाउने तिरास र शर्मिला गलामीको जोडी सफल उद्यमी बन्ने दिशामा लम्केको छ । तिरासले गरेको कफीका पारखी युवापुस्ता लक्षित कफी स्वाद दिने व्यवसाय लामो समय निरन्तर हुने देखिन्छ ।


Advertisment
Kumari
MAW JCB

बुटवल र तिलोत्तमा नगरको संगम क्षेत्र योगिकुटी साँझ–बिहान घुमफिरका लागि चर्चामा छ । फराकिलो बाटोसहित बाक्लो चहलपहल हुने योगिकुटी दिन दुईगुना रात चौगुनाका दरले व्यस्त हुँदै गइरहेको छ ।

Vianet communication
Laxmi Bank

उद्यमी बनेका बुटवलमा स्थापित शिक्षक तिरास व्यापारमा थप सम्भावना खोज्दै अगाडि बढेका छन् । ‘केही वर्ष अगाडिसम्म कफी खाने मानिस खासै थिएनन्,’ उनी भन्छन्, ‘ग्राहक पनि थोरै थिए । अहिले ग्राहकसँगै विश्वास पनि बढेको छ । युवा पुस्तामा कफी ‘क्रेज’ बढेको छ ।’ शिक्षणको मोहभंग भएपछि उनलाई अहिले कफीले खुशी दिलाएको छ । 

चिया खाने आम नेपाली संस्कृति बिस्तारै कफीतर्फ मोडिँदैछ । शहरका ठाउँठाउँमा ‘कफी शप’ खुल्नेक्रम तीव्र देखिन्छ । दूध चिया पिउने युवाले अर्मिकाने र क्यापुचिनो कफीको चुस्की लिन थालेका छन् । बजारमा कफी संस्कृति आक्रामक ढंगले विकास भइरहेको छ । कफी व्यवसायमा नयाँ–नयाँ युवा अनुहार पनि उत्तिकै आइरहेका छन् ।

‘द कफी हब’का सञ्चालक तिरास भन्छन्, ‘कफी हबमा पसेर कफी पिउँदै बिजनेश प्लान हुन थालेका छन् ।  छलफल र ‘फरदर प्लानिङ’ गर्न लामो समय कफी पिउने युथ जेनेरेसन बढिरहेको छ ।’ 

पाल्पामा जन्मिए, हुर्किए पनि उनले उच्च शिक्षा काठमाडौंबाट पूरा गरे । होटल व्यवस्थापनमा स्नातक उनी प्रयोगात्मक अभ्यास गर्न छिमेकी मुलुक चीन पुगे । त्यहाँ अभ्यास पूरा गरेर उनले त्यहीँ १ वर्ष काम गरेर होटलको अनुभव थपे । त्यसपछि फर्किएर काठमाडौंका विभिन्न ‘स्टार’ होटलमा काम गरेर उनले आफूलाई अझै निखारे । त्यहीँ अनुभव र सोचबाट बुटवलमा सानो ‘कफी हब’ जन्मिएको तिरास बताउँछन् । 

उनको योजनालाई जीवन संगीनी शर्मिलाले दह्रो साथ दिएकी छन् । कफी हबमा अमेरिकानो, क्यापुचिनो, रिस्ट्रेटो एस्प्रेसो, डबल रिस्ट्रेटो एस्प्रेसो, टोपियो,  भेनिला क्याफेलाटे लगायत दर्जनौं प्रकारका कफीका स्वाद लिन पाइन्छ । 

बुटवल झरेर उनले शुरूमा होटल क्षेत्रमा हात हाले । बुटवलको सुख्खानगरमा एशियन भिलेज होटल सञ्चालनमा ल्याए । हतारमा सञ्चालनमा ल्याएर ६ महिनामा होटल बन्द गर्नुपर्ने नमिठो स्वाद उनले चाख्नुपर्ने भयो । त्यसपछि उनलाई बुटवलमा चक्रबहादुर श्रेष्ठले कलेज पढाउन सुझाव दिए । उनले बुटवलको एक कलेजमा होटल म्यानेजमेन्ट पढाउन शुरू गरे । अध्यापनकै सिलसिलामा अक्सफोर्ड कलेज पढाउने शर्मिलासँग उनको विवाह भयो । शर्मिला पनि कलेज नै पढाउँथिन् । 

null

‘विभिन्न आरोह–अवरोह सामना गर्दै अहिले कफी खुवाउन हामी आइपुगेका छौं । विश्वास छ, यो व्यवसायमा हामी लामो समयसम्म अघि जानेछौं । सोचेजस्तै अझै नभए पनि व्यवसायबाट सन्तुष्ट छु,’ तिरास भन्छन् । कफी पिउन र फोटो खिच्नका लागि कफीशपमा जाने संस्कृति बजारमा अहिले फेसन बनेको उनको भनाइ छ ।

‘आजकल ‘भेटौं कफी पिउँ’ प्रचलनमा रहेको छ,’ उनी भन्छन्, ‘कफीको यस्तै माग, आवश्यकता र महत्त्वलाई मध्यनजर गरी यसका पारखीलाई आनन्द दिलाउने कोसिसमा छु ।’

होटल तथा रेस्टुरेन्टमा रुचि राखेर अध्ययन, काम र अध्यापन गरेका तिरास आफैंलाई पनि कफी औंधी मन पर्छ । पछिल्लो समय कफी पिउने प्रचलन बढेको र त्यसलाई आफूले अझै विस्तार गर्ने बताए । ‘नेपालमा अहिले कफी पिउने चलन बसेको छ । यसैलाई मध्यनजर गर्दै थप विस्तार गरेर कफीलाई प्रवद्र्धन गर्ने लक्ष्य रहेको छ,’ उनले भने ।

कफी र हस्पिटालिटी उनको सोख हो । उनले छिट्टै पाल्पा, भैरहवा लगायतका शहरमा शाखा सञ्चालन गर्ने सोच बनाएका छन् । 

बिजनेशमा रिस्क हुने बताउँदै उनले हार नमान्ने बताए । उनी ‘कि जितिन्छ कि सिकिन्छ’ भन्ने भनाइलाई आत्मसाथ गर्दै अगाडि बढेका छन् । घुम्ने र खानपिन गर्ने चलन बढेको छ । आकर्षक सजावट र व्यवस्थापनसहित उनले शुरू गरेको कफीमा धेरै सेल्फी जोन छन् । कफी, बेकरी र कन्फेक्सनरीका लागि परिवार नै सहभागी हुन मिल्ने उनी बताउँछन् ।

करीब ३६ लाख रुपैयाँको लगानी रहेको शान्तिचोकस्थित तिरासको ‘द कफी हब’मा कफी, बेकरी र कन्फेक्सनरीका विभिन्न परिकारहरूलाई पनि ग्राहकले उत्तिकै रुचाएका छन् ।

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

कात्तिक ९, २०८०

व्यापार व्यवसायका लागि सटरदेखि डेरा पाउन मुस्किल हुने बुटवल बजारका घरहरू अहिले खाली हुँदै गएका छन् । पाँच वर्षअघिसम्म आर्थिक, राजनैतिक र विकासको सूचकांकमा उदाहरणका रूपमा लिइने रूपन्देहीको बुटवल क्षेत्र अहिले...

मंसिर ३, २०८०

दोलखा जिल्लाको प्रसिद्ध स्थल शैलुङ डाँडामा निर्माण हुँदै गरेको कालापानी शैलुङ मिनी ग्रेट वाल । करिब ५०० मिटर लामो उक्त वाल निर्माणमा रु. छ करोड ७९ लाख ५६ हजार ३८३ लागत अनुमान गरिएकामा रु. चार करोड ९४ लाख १...

मंसिर १०, २०८०

‘मेरो किड्नी बिकाउमा छ । कसैलाई चाहिन्छ भने सम्पर्क गर्नुहोला । मलाई व्यवहार चलाउन धेरै गाह्रो भएको हुनाले किड्नी बेच्न खोजेको हो । नेपाल सरकारसँग पनि मेरो अनुरोध छ, नरोक्नका लागि । ब्लड ग्रुप ए,’ ...

कात्तिक १९, २०८०

शुक्रवार राति गएको ६.४ म्याग्निच्यूडको भूकम्पले कर्णालीका पहाडी जिल्ला जाजरकोट र रुकुम पश्चिममा ठूलै विनाश निम्त्याएको छ । भूकम्पले भत्किएका घरमा च्यापिएर १५७ जनाको मृत्यु भइसकेको छ भने त्यसभन्दा...

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

व्यवस्थामाथि हैन, 'असफल' नेतामाथि खतरा

व्यवस्थामाथि हैन, 'असफल' नेतामाथि खतरा

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

x