जेठ १८, २०८०
काठमाडौं महानगरले ३२ वटै वडाका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिने भएको छ । काठमाडौं महानगरपालिका र छेत्रपाटी निःशुल्क चिकित्सालयबीच भएको सम्झौताअनुसार महानगरभित्रका ७० वर्ष उमेर कटेका ज्येष्ठ नागर...
पछिल्लो २ वर्षयता गलकोटमा ‘होमडेलिभरी’ हुनेको संख्या शून्य छ ।
नगरपालिकाले वडा–वडामा बर्थिङ सेन्टर स्थापना र स्वास्थ्य सेवाको पहुँच सहज पुर्याएपछि ‘होमडेलिभरी’ हुनेको संख्या शून्यमा झरेको हो ।
नगरपालिकालाई ‘शून्य होमडेलीभरी’ गराउनका लागि महिलालाई सचेत बनाउने र समय–समयमा स्वास्थ्य सचेतनासम्बन्धी कार्यक्रम गर्न थालेपछि घरमा सुत्केरी हुने महिलाको संख्यामा कमी आएको गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले बताए ।
सबैभन्दा विकट मानिने वडा नम्बर १० को रमुवामा पनि बर्थिङ सेन्टर स्थापनापछि ‘शून्य होमडेलिभरी’ हुन थालेको उनको भनाइ छ । पछिल्लो समय ग्रामीण क्षेत्रका महिला पनि सचेत र शिक्षित बन्दै गएपछि घरमा सुत्केरी हुने महिलाको संख्या घटेको उनी बताउँछन् ।
उनी भन्छन्, ‘विगतमा धेरै महिला दिदीबहिनीले स्वास्थ्य सेवाको अभावमा अकालमा ज्यान गमाउनुपर्यो, दुर्गम बस्तीका महिलालाई सुत्केरी बिमार लाग्छ, घरमा सुत्केरी नभएपछि परिवारले ढिला अस्पताल लैजान्छन्, ढिला अस्पताल लैजाँदै गर्दा बाटोमै सुत्केरी हुने, त्यसरी बाटोमा सुत्केरी हुँदा कहिले बच्चाको मृत्यु हुने कहिले आमाको मृत्यु हुने अवस्था थियो, अहिले यहाँ त्यस्तो समस्या छैन, हरेक बस्तीको पायक पर्ने ठाउँमा स्वास्थ्यचौकी, बर्थिङ सेन्टर छन्, त्यहाँबाट सेवा प्रदान गर्न थालेपछि आमा र बच्चाको मृत्यु कम भएको पाएको छु भने घरमा सुत्केरी हुने परम्परा पनि हटेको छ ।’
उनले स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई नगरपालिकाले ४ हजार ५०० रुपैयाँ प्रोत्साहन भत्ता दिने व्यवस्था गरेको बताए । ‘नगर प्रमुख मातृ तथा पोषण कार्यक्रम’ अन्तर्गत नेपाल सरकारले बनाएको मापदण्डअनुसार ८ पटक स्वास्थ्य संस्थामा आएर गर्भ परीक्षण गराएपछि नगरपालिकाले यो सुविधा दिने गरेको प्रवक्ता भण्डारीको भनाइ छ ।
गलकोटका कुनै पनि स्वास्थ्य संस्थामा गर्भवती हुन नसके बागलुङ वा अन्य कुनै अस्पतालमा पठाउनु परे नगरपालिकाले यातायात खर्चसमेत दिने व्यवस्था गरेको उनले बताए ।
काठमाडौं महानगरले ३२ वटै वडाका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिने भएको छ । काठमाडौं महानगरपालिका र छेत्रपाटी निःशुल्क चिकित्सालयबीच भएको सम्झौताअनुसार महानगरभित्रका ७० वर्ष उमेर कटेका ज्येष्ठ नागर...
सिरहाको नवराजपुर गाउँपालिकामा सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम प्रभावकारी बन्दै गएको छ । जनप्रतिनिधिले पोषिलो खानेकुरा, बच्चाका लागि कपडा र ३ हजार ५०० रुपैयाँ लिएर पुग्दा स्थानीय महिला खुशी भएका हुन् । सु...
काठमाडौं महानगरपालिकाका नगर प्रमुख (मेयर) बालेन्द्र शाहले गरीब र विपन्नलाई छुट सुविधा दिएको विवरण उपलब्ध नगराउने ६८ स्वास्थ्य संस्थालाई कारवाही गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आग्रह गरेका छन् । स्वास्थ्यमन्त्...
जाडोमा गाजर खान खुबै मज्जा हुन्छ । दिनदिनै काँचो गाँजर खाँदा वा त्यसको जुस पिउँदा स्वास्थ्यसम्बन्धी अनेकौं समस्या समाधान हुन्छ । औषधीय गुणहरूले भरिएको गाजरले जाडोमा फाइदा पनि गर्छ । दिनदिनै गाजर खानुक...
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ स्थित मेथिनकोट अस्पतालमा पर्याप्त भौतिक संरचना, दक्ष जनशक्ति र आर्थिक अभावका कारण सेवा विस्तार गर्न समस्या भएको छ । बीपी राजमार्गको छेउमा रहेको जिल्लाको ग्रामीण भेगका...
सरकारले काठमाडौंको गोठाटारमा वृद्धाश्रमसँगै १४५ शय्या क्षमताको ज्येष्ठ नागरिक अस्पताल बनाउने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै ज्येष्ठ नागरिका लागि नयाँ अ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...
आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...
सामान्यतया रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...