मंसिर १५, २०८०
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले बनिसकेको सरकार फुत्किनुमा एमाले अध्यक्ष केपी ओलीको व्यक्तिवादको रोग कारण रहेको आरोप लगाएका छन् । सोमवार बसेको प्रतिनिधि सभा बैठकमा सरकारका नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै नेता नेपालले व्यक्तिवादको रोगबाट मुक्त हुन नसक्दा राजनीतिले सही दिशा लिन नसकेको बताएका हुन् ।
आफूलाई सर्वज्ञानी ठान्ने प्रवृत्ति अहिले राजनीतिको समस्या भएको उनको भनाइ थियो ।
आइतवार सरकारका नीति तथा कार्यक्रम माथिको छलफलमा एमाले अध्यक्ष ओलीले आफ्नो सरकार हटेपछि देश समस्यामा फसेको बताएका थिए ।
‘सरकारमा बस्न किन सकिएन ? बनिसकेको सरकार किन फुत्कियो ? अहिले सत्तो सराप गरेर हुँदैन । आफू भित्रको कमी कमजोरी पहिचान गरेर सुधार गरौं । हामीकहाँ सबभन्दा ठूलो समस्या व्यक्तिवादको रोग हो, आफूलाई सर्वज्ञानी ठान्ने प्रवृत्ति र अरुलाई अवमूल्यन गर्ने प्रवृत्ति’ नेपालले भने ।
व्यक्तिवादको रोगबाट मुक्त हुन सकिएन भने सरकारमा बसेर पनि केही काम गर्न नसकिने बताए । ‘सरकारमा बस्दा हावादारी कुरा गरेर हुँदैन । पानीजहाज र विद्युतीय रेलको टिकट काट्न भनिएको थियो खोइ त ? घर घरमा ग्यास पाइपलाइन भनिएको थियो, खोई ग्यास ?’ नेपालले प्रश्न गरे । पूर्वप्रधानमन्त्री नेपालले सरकारका नीति तथा कार्यक्रम देशका समस्या समाधान गर्न सक्षम रहेको दाबी गरे ।
पुस १० गते माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वमा एमालेसहितको गठबन्धन सरकार बनेको थियो । तर, एमालेसहितको गठबन्धनमा खटपट हुँदा अहिले कांग्रेसहितको गठबनधन सरकार बनेको छ । गठबन्धन फेरिए पनि सरकारको नेतृत्व भने फेरिएको छैन ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...