×

Dabur
MG

कार्यदल संयोजक पन्थीको बयान : दस्तखत दुरुपयोग गरेर प्रतिवेदनमा हेरफेर भएको रहेछ

जेठ १०, २०८०

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

भुटानी शरणार्थी कार्यदलका संयोजक बालकृष्ण पन्थीले शरणार्थी प्रतिवेदनमा हेरफेर भएको प्रहरी समक्ष कागज गरेका छन् ।

yONNEX
Sagarmatha Cement

मूल प्रतिवेदन र संशोधित प्रतिवेदनमा व्यापक हेरफेर गरिएको तथा प्रविधिको प्रयोग गरी आफ्नो दस्तखतको दुरुपयोग गरिएको उनले खुलाएका छन् ।


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

२०७६ कात्तिक १ गते पेश गरेको भुटानी शरणार्थी समस्याको स्थायी र दीर्घकालिन समाधान पहिल्याउने उपायहरू सम्बन्धी प्रतिवेदनको केही खण्ड र भागहरूमा परिवर्तन देखिएको उनले बयानमा भनेका छन् ।


Advertisment
Kumari
Saurya island
Pardeshi

‘प्रतिवेदनको बुँदा नम्बर २.६ (आ)को व्यहोरा पूर्णरूपमा फरक देखिएको छ’ प्रहरीलाई दिएको बयानमा उनले भनेका छन् । ‘विभिन्न कारणले छुट भएका भनी ५८१ परिवारले दिएको दरखास्तहरू वास्तविक रूपमा दर्ता हुन छुट भएका शरणार्थीहरू हुन् भन्ने आधार प्रमाण केही पनि देखिन आएन भन्दै ती दरखास्तवालाहरूको लगतमा नाम नराख्नुको कारणको बारेमा थप वाक्यहरूको खण्डमा फेरबदल भएको रहेछ,’ उनले गराएको बयान कागजमा उल्लेख छ ।

Vianet communication
Laxmi Bank

‘प्रतिवेदनको पृष्ठ १७ मा उल्लेखित ३.७ नम्बरको बुँदालाई भाषा र व्यहोरा परिवर्तन गर्दै बुँदा नम्बर ३.२ लेखिएको छ र उपबुँदा (१)को व्यहोरालाई परिवर्तन गरिएको छ,’ पन्थीले प्रहरी समक्ष गरिदिएको कागजमा उल्लेख छ ।

‘प्रतिवेदनमा हाम्रो दस्तखत आधुनिक प्रविधिको दुरुपयोग गरी राखिएको महसुस भयो, हामीले सही हरी मन्त्रालयमा बुझाएको सक्कल प्रतिवेदन जुन २०७६ मंसिर १७ मा मन्त्रिपरिषद् सचिवालयमा प्रस्तावसहित पठाइएको हुनुपर्छ । प्रतिवेदनको पृष्ठ १८ निष्कर्ष खण्डको दोस्रो अनुच्छेदमा फेरबदल भएको छ,’ पन्थीले गरेको बयान कागजमा उल्लेख छ ।

‘प्रतिवेदनमा राखेको अनुसूचीहरूको फर्म्याट र फन्ट जुन र जस्तो प्रकारको छ, देखाइएको प्रतिवेदनमा निकै फरक फर्म्याट र फन्टमा छ,’ पन्थीले गरेको कागजमा थप लेखिएको छ,’ मन्त्रालयमा बुझाएको प्रतिवेदनमा जम्मा ९ वटा अनुसूची छन्, तर देखाइएको प्रतिवेदनमा १० वटा अनुसूची रहेका छन् ।’

त्यस बाहेक प्रतिवेदनको लेखाइको स्पेस म्यानेजमेन्ट र फन्ट पनि फरक पारेको भन्दै उनले प्रहरी समक्ष बयान दिएका छन् ।

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज १२, २०८०

नेकपा एमाले बागमती प्रदेश सचिव पदमा नवराज सिलवाल विजयी भएका छन् । शुक्रबार पार्टी कार्यालय च्यासलमा सम्पन्न निर्वाचनमा उनी मात्र एक मतले विजयी भएका हुन् ।  सिलवालले ५६८ मत पाउँदा हस्त पण्डितले ५६७ मत पाए ।

असोज १२, २०८०

नेकपा एमालेको बागमती प्रदेश कमिटी अध्यक्षमा कैलाश ढुंगेल निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी कृष्ण दहाललाई पराजित गर्दै ढुंगेल प्रदेश कमिटी अध्यक्षमा विजयी भएका हुन् ।    सहमतिमा नेतृत्व चयन गर्...

असोज १२, २०८०

नेकपा (एमाले) कर्णाली प्रदेशको अध्यक्षमा ५ जनाको उम्मेदवारी परेको छ । शुक्रवार साँझ प्रेमबहादुर सिंहले आफूलाई उम्मेदवार घोषणा गरेसँगै ५ जनाको उम्मेदवारी परेको हो ।   उनीसँगै गुलाबजंग शाह, मीनबहादुर ...

असोज १२, २०८०

नेकपा (एमाले) बागमती प्रदेशको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको नतिजा एक–दुई घण्टापछि आउने प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीले बताएका छन् । निर्वाचन सकिएपछि उनले यस्तो जानकारी दिएका हुन् । &l...

असोज १२, २०८०

पूर्व अरनिको यातायात प्रा.लि.ले जडिबुटीमा बनाएको बसपार्क नभत्काउन उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको छ । महानगरलाई विपक्षी बनाएर पूर्व अरनिको यातायात  प्रा.ल...

असोज १२, २०८०

सरकार र आन्दोलनरत राहत शिक्षकबीच पाँच बुँदे सहमति भएको छ । आज शिक्षा मन्त्रालयमा भएको सहमतिमा शिक्षा मन्त्री अशोक राई र संर्घष समितिको तर्फबाट खेम अधिकारी लगायतले हस्ताक्षर गरेका छन् ।​ आन्दोलनरत शिक्षकको म...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x