×

Nic Asia
Dabur
Prabhu Bank

सुनचाँदीका गहना चोरेर होटलमा बसेका ३ जना पक्राउ

जेठ ११, २०८०

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

विराटनगरबाट २० तोला सुन र ३६ किलो चाँदीका गरगहना चोर्ने ३ जना पक्राउ परेका छन् ।

yONNEX
Frooti
Appy

विराटनगर–१२ का २१ वर्षीय राजकुमार कामत, १९ वर्षीय विवेक कामत र २२ वर्षीय श्रीकान्त दासलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

आरोपीहरू गरगहना चारेपछि विराटनगर–७ हाटखोलास्थित  दिव्य रत्ना होटलमा बास बसेका थिए । 


Advertisment
Lokantar App
Saurya island

पक्राउ परेकाहरू पेशेवर चोरीमा संलग्न रहेको प्रहरीले जनाएको छ । उनीहरूले जेठ ३ गते राति ९ः४५ बजे विराटनगर–३ पिपलचोकस्थित जय किशोर चौधरीको घरबाट २० तोला सुन, ३६ किलो चाँदी चोरी गरेको प्रहरीले जनाएको छ । 

JYOTI
Vianet communication

चोरी गरेको १ हप्तापछि चाँदी बिक्री गर्न भारत लैजाने क्रममा प्रहरीले उनीहरूलाई विराटनगर–१२ कोशी प्रोजेक्टबाट पक्राउ गरेको मोरङ प्रहरीका प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए । प्रहरीले उनीहरूको साथबाट ३६ किलो चाँदी, ८ ग्राम सुन, २ हजार ५०० भारु, १ हजार ७३० नेपाली रुपैयाँ बरामद गरेको छ ।

चोरी गरेको २० तोला सुन भारतको जोगवनीमा बिक्री गरेको पक्राउ परेका प्रतिवादीहरूले बयानको क्रममा प्रहरीलाई बताएका छन् । उनीहरूले भारतको जोगवनीमा ७ लाखमा सुन बेचेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी पोखरेलले बताए । 

बरामद गरेको चाँदी, सुन र पक्राउ परेका आरोपीहरूलाई प्रहरीले बिहीवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । गरगहना चोरेपछि उनीहरू होटलमा ३ दिन बसेका प्रहरीले जनाएको छ । उनीहरू पटक–पटक चोरीका घटनामा संलग्न भएको समेत प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरू चोरी कार्यमा यसअघि पनि सजाय भुक्तान गरी जेलबाट छुटेका थिए । विवेक २०७९  साउन २२ गतेदेखि ९ महिना कैद भुक्तान गरेपछि वैशाख २८ गते छुटेका थिए । श्रीकान्त दास डाँकाचोरी मुद्दामा २०७७  पुस २९ गतेदेखि २० महिनाको सजाय भुक्तान गरेर २०७९ असोज ३ गते छुटेका थिए ।

कैद भुक्तान गरेर कारागारबाट छुटेपछि उनीहरू पुरानै धन्दामा लागेको पाइएको छ । 

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ २३, २०८०

सरकारले पछिल्लो समय भन्सार राजस्व चुहावट कम गर्नका लागि भन्दै सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) २२ स्थानमा थपेको छ । झापाको डाँगाबारी र आल्तामारी, सुनसरीको हर्बोनी, मोरङगको तारिगामा र मधुमल्ला, सप्तरीक...

जेठ २४, २०८०

वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा सोलुखुम्बुको लिखुपिके गाउँपालिका–१ का ४६ वर्षीय शेरबहादुर तामाङ र झापाको दमक नगरपालिका–१० क...

जेठ २३, २०८०

कल बाइपास गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कल बाइपास गर्दै गरेको अवस्थामा चिनियाँ नागरिकसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २२ वर्षीय गणेश श्रेष्ठ र ४० वर्ष...

जेठ २४, २०८०

काठमाडौंको ठमेलमा एक महिलाको हत्या भएको छ । काठमाडौं महानगरपालिका २६ ठमेल भगवतीवहाल डेरा गरी बस्ने चितवनको राप्ती नगरपालिका ७ की २६ वर्षीया जेनिशा तामाङको हत्या भएको प्रहरीले जनाएको छ । हत्या आरोपमा...

जेठ २४, २०८०

आफ्नै १४ दिने छोराको हत्या गरी फरार रहेका अभियुक्त बाराको देवताल गाउँपालिका–४ तिप्राडी टोल बस्ने २५ वर्षीय नुर आलम अंसारीलाई प्रहरीले पक्राउ गरेको छ ।  जेठ १४ गते छोराको हत्या गरी फरार रहेका अ...

जेठ २४, २०८०

सफ्टवयरको दुरुपयोग गरेर साढे २ करोड रुपैयाँ ठगी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी परिसर ललितपुरले नेपाल मेडिसिटी अस्पतालको बिलिङ सेक्सनमा काम गर्ने दोलखा भिमेश्वर नगर पालिका ४ का ३४ व...

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

जेठ २२, २०८०

हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

जेठ १९, २०८०

यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो ।  भ...

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

जेठ १७, २०८०

बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्‍मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...

ad
x