जेठ २३, २०८०
एएफसी यू–२० महिला एसियन कप फुटबल छनोटको दोस्रो चरण खेल्न म्यान्मार पुगेका नेपाली टोलीले आज (मंगलवार) साँझ घरेलु टोली म्यान्मारसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र म्यान्मारबीचको खेल नेपाली समयअनुसा...
काठमाडौँ जिल्ला ११ स्वर्ण, ११ रजत र ८ कांस्य सहित दोस्रो बागमती प्रदेश प्रतियोगिताको पौडीतर्फ प्रथम भएको छ । दोस्रो स्थानमा रहेको ललितपुरले ७ स्वर्ण, ७ रजत र १० कांस्य प्राप्त गर्यो ।
पुरुषतर्फ ललितपुरका अनुभव सुब्बाले ३ स्वर्ण जिते भने महिलातर्फ काठमाडौँकी आर्या महर्जनले ३ स्वर्ण जितिन् ।
जिल्ला खेलकुद विकास परिषद्, बागमती प्रदेशको आयोजनामा भएको प्रतियोगिताको पुरुष ५० मिटर ब्रेष्टस्ट्रोकमा ललितपुरका सेरेन सिंहले ३३.८२ सेकेन्ड समयका साथ स्वर्ण हात पारे । काठमाडौँका जाडेन श्रेष्ठले रजत र गौरव लामाले कांस्य पदक पाए । महिलातर्फ काठमाडौँकी रोयल प्रजापतिले स्वर्ण हात पारिन् । रोयलले उक्त दुरी ३७.६७ सेकेन्डमा पुरा गरिन् ।
यसैगरी काठमाडौँकी अदिप्सा वैद्य र ललितपुरकी उपास्ती महर्जनले रजत र कांस्य पाए ।
ललितपुर अन्तर्राष्ट्रिय खेलकुद परिसरको पौडी पोखरीमा भएको प्रतियोगिताको १०० मिटर ब्याकस्ट्रोकमा पुरुषतर्फ काठमाडौँका जाडेन श्रेष्ठ र काठमाडौँकै आर्या महर्जनले स्वर्ण जिते । जाडेनले १ मिनट १०.९४ सेकेन्ड र आर्याले १ मिनट २० सेकेन्ड समयमा दुरी पुरा गरे । पुरुष तर्फ ललितपुरका अभिर प्रधान र काठमाडौँका गौरव लामाले रजत र कांस्य पाए । यस्तै महिलातर्फ काठमाडौँकी राभ्या श्रेष्ठ र ललितपुरकी आर्जु थापा मगरले रजत र कांस्य पाए ।
२०० मिटर फ्रिस्टायलमा पुरुषतर्फ काठमाडौँका सनिल कुमार थापा मगरले २ मिनट १०.१३ सेकेन्ड समयका साथ स्वर्ण जिते । यस्तै महिलातर्फ काठमाडौँकी आर्या महर्जनले २ मिनट ३१.२७ सेकेन्ड समयका साथ स्वर्ण जितिन् । पुरुष तर्फ काठमाडौँका युभान लाल श्रेष्ठ र ललितपुरका उर्गेन महर्जनले रजत र कांस्य पाए । यस्तै महिलातर्फ काठमाडौँकी अदिप्सा वैद्य र ललितपुरकी श्रेवी मजर्हनले रजत र कांस्य पाए ।
५० मिटर बटरफ्लाईमा ललितपुरले एकलौटी बाजी मार्यो । ललितपुरका अनुभव सुब्बाले स्वर्ण जिते । उनले उक्त दुरी २७.९० सेकेन्डमा पुरा गरे । ललितपुरका अल्भिन महर्जन र सेरेन सिंहले रजत र कांस्य पाए । यस्तै महिलातर्फ पनि ललितपुरले तीन वटै मेडल हात पार्यो । रोसा न्यौपानेले ३५.२० सेकेन्ड समयका साथ स्वर्ण जित्दा आर्जु थापा मगरले रजत र काभ्या श्रेष्ठले कांस्य पाए ।
५० मिटर फ्रिस्टायलमा पुरुषतर्फ ललितपुरले ३ वटै मेडल कब्जा गर्यो । अनुभव सुब्बाले २६.४४ सेकेन्ड समयका साथ स्वर्ण जित्दा सेरेन सिंहले रजत र अल्भिन महर्जनले कांस्य पाए । यस्तै महिला तर्फ काठमाडौँकी रोयल प्रजापतिले ३०.४९ सेकेन्ड समयका साथ स्वर्ण जित्दा काठमाडौँकी आर्या महर्जनले रजत र ललितपुरकी उपास्ती महर्जनले कांस्य पाए ।
१८ स्वर्ण पदकका लागि भएको प्रतियोगितामा पहिलो दिन ८ स्वर्ण र दोस्रो दिन १० स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो ।
एएफसी यू–२० महिला एसियन कप फुटबल छनोटको दोस्रो चरण खेल्न म्यान्मार पुगेका नेपाली टोलीले आज (मंगलवार) साँझ घरेलु टोली म्यान्मारसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र म्यान्मारबीचको खेल नेपाली समयअनुसा...
नेपाल पौडी सङ्घको आयोजनमा भएको ११ औँ एनएसए कप पौडी प्रतियोगिताको दोस्रो दिन थप चार कीर्तिमान कायम भएका छन् । दोस्रो दिन एलेक्सजेन्डर गादेगाद शाहले ५० मिटर र १०० मिटर फ्रिस्टायलमा दुई कीर्तिमान कायम गरेका ह...
शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदै छन् । च्यासल खेल मैदानमा ललितपुरमा एउटा तथा दशरथ रंगशालामा दुईवटा खेल हुँदै छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार च्यासल मैदानमा हुने ख...
एएफसी यू–२० महिला एसियन कप छनोट प्रतियोगिताको दोस्रो चरणको पहिलो खेलमा नेपाल पराजित बनेको छ । मंगलबार राति भएको खेलमा नेपाल म्यानमारसँग ५–० को गोल अन्तरले पराजित भएको हो । ...
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप शुरु भएको छ । २०२२–२३ अन्तर्गत अन्तिम प्रतियोगितामा सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपमा नेपालका नम्बर एक एमेच्योर गल्फर सुवास तामाङले सानदार शुरुवात गर्दै ५ स्ट्र...
यस सिजनमै डेब्यु गरेको चर्च ब्वाइजले एक चरणको खेल बाँकी छँदै शहीद स्मारक लिग ए डिभिजनको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा मंगलवार भएको खेलमा चर्च ब्वाइजले थ्रीस्टारसँग गोलरहित बराबरी ख...
हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...