जेठ २४, २०८०
शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव ६८ अङ्कले बढेर एक हजार नौ सय ३२ दशमलव ३३ विन्दुमा पुगेको छ । यस्तै, ठूला कम्पनीक...
चार वर्षदेखि रोकिएको प्रसारण लाइन निर्माणको काम अघि बढ्ने भएको छ । पर्वतको जलजला गाउँपालिका–४ मोहनचोकदेखि म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गा जोड्ने २२ किलोमिटर दूरीको प्रसारण लाइनको पोल गाड्ने र तार तान्ने क्रममा जग्गाधनीको अवरोधले रोकिएको थियो ।
आयोजना प्रमुख बोधराज ढकालले जिल्ला समन्वय समितिमा भएको जनप्रतिनिधि र सरोकारवालाहरुको बैठकको निर्णयपछि प्रसारण लाइनको पोल गाड्ने र तार तान्ने काम सञ्चालन भएको बताए । बैठकले स्थानीयवासीहरुले उठाएको विद्युत् आपूर्तिसम्बन्धी मागको सुनुवाइ गर्ने र आयोजना निर्माणलाई गति दिने निर्णय गरेको थियो ।
जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाको अध्यक्षतामा बुधबार बेनीमा आयोजना र नेपाल विद्युत् प्राधिकरणका अधिकारी, प्रभावित वडा र पालिकाका जनप्रतिनिधि, प्रजिअ तुलसीराम पौडेललगायत सुरक्षा अधिकारीहरुको बुधबार बेनीमा रोकिएको प्रसारण लाइन निर्माण गर्ने विषयमा छलफल गर्न बैठक बसेको थियो ।
नेपाल विद्युत् प्राधिकरणमार्फत ए टू जेड इञ्जिनियरिङले रु आठ करोडमा सन् २०१६ मा ठेक्का लिएको सबस्टेसन र प्रसारण लाइन सन् २०१८ को डिसेम्बरमा सक्ने लक्ष्य थियो । सुरुआती चरणमा जग्गा अधिग्रहणमा भएको ढिलाइका कारण प्रभावित बनेको थियो ।
सबस्टेसनभित्र संरचना बनाउने र उपकरण जडान गर्ने काम अन्तिम चरणमा पुगेको छ । कूल पाँच सयवटा पुल गाड्नुपर्नेमा बेनी नगरपालिका–६ डम्मरामा २५ र मङ्गला गाउँपालिका–२ सिमलचौरमा ४२ वटासहित ८० वटा पोल गाड्न र तार तान्न बाँकी छ । बाँकी पोल गाड्ने र तार तान्ने काम बिहीबारदेखि सुरु भएको ए टू जेड निर्माण कम्पनीका प्रतिनिधि पद्मसागर लुइँटेलले बताए ।
शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव ६८ अङ्कले बढेर एक हजार नौ सय ३२ दशमलव ३३ विन्दुमा पुगेको छ । यस्तै, ठूला कम्पनीक...
डिप्रोक्स लघुवित्तले आदर्श लघुवित्तलाई प्राप्ति (एक्विजिशन) गर्ने भएको छ । यो प्राप्तिसँगै आगामी असार १ गते शुक्रवारबाट ‘डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड’को नामबाट एकीकृत कारोबार हुने नेपाल ...
मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति कार्यक्रममा कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ । प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । विगत व...
लुम्बिनी केबलकारको औपचारिक उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने भएका छन् । आइएमई समूहको लगानीमा बनेको केबलकार व्यावसायिक रुपमा सञ्चालन हुने गरी औपचारिक उद्घाटन गरिने भएको हो । ...
सन् २०२३ मा विश्वअर्थतन्त्र २.७ प्रतिशत र सन् २०२४ मा २.९ प्रतिशतले वृद्धि हुने प्रक्षेपण बुधबार आर्थिक सहयोग तथा विकास सङ्गठन (ओईसीडी) ले गरेको छ । “ऊर्जाको कम मूल्यले घरायसी बजेटमा तनाव कम गरिरहेको छ, ...
आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रिमियममा आइपीओ निष्कासन गर्ने भएको छ । बीमा क्षेत्रमा पहिलोपटक कम्पनीले प्रिमियममा आइपीओ निष्कासन गर्न लागेको हो । नेपाल धितो पत्र बोर्डले स्वीकृति दिएसँगै प्रति कित्ता ...
हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...