कात्तिक २९, २०८०
सेलरोटी बनाएर दिनकै ३० हजारमाथि व्यापार, छोरालाई बनाइन् डाक्टर काठमाडौं महानरपालिका– १६ माछापोखरीको दाहिने कुनामा मंगलबार एकजना अधबैंसे महिलालाई सेलरोटी बनाउन भ्याइनभ्याइ थियो । सा...
रूपन्देहीको सैनामैनाकी यशोदा थापाले १ दशकअघि ‘प्लस टु’ पढ्दै गर्दा सांकेतिक भाषा (दोभाषे) को तालिम लिइन् । कान सुन्न नसक्नेहरूका पीडाले थापालाई सांकेतिक भाषा सिक्न उत्प्रेरित गर्यो ।
अपाङ्ग पुनःस्थापना केन्द्रको पहलमा बुटवलमा सञ्चालित ३ महिने तालिम लिएकी यशोदाले लगत्तै विभिन्न कार्यक्रममा काम गर्ने मौका पाइहालिन् । त्यसपछि उनले रूपन्देहीसहित विभिन्न ठाउँ/क्षेत्रमा पुगेर निरन्तर दोभाषेको काम गर्दै आएकी छन् ।
सांकेतिक भाषासँगै यशोदा श्रवणदृष्टिविहीन भएका व्यक्तिहरूलाई स्पर्श सञ्चार समेत गर्दै आएकी छन् । कान पनि नसुन्ने र आँखा पनि नदेख्ने व्यक्तिहरू श्रवणदृष्टिविहीनमा पर्छन् ।
कानको श्रवण क्षमतामा समस्या भएकाहरूका निम्ति सांकेतिक भाषा अनिवार्य रहेको यशोदा बताउँछिन् । अहिले बहिरा बालबालिकाको मन र मस्तिष्क जोड्ने माध्यम जस्तै बनेकी छन् यशोदा ।
‘संकेत’ भन्नाले हात, आँखा, ओठ आदि अंग–उपांगका माध्यमले वा अन्य कुनै उपायद्वारा मनोभाव व्यक्त गरिने चेष्टा वा इशारा हो । बहिरा भन्नाले कान सुन्न नसक्ने व्यक्ति, हातको इशाराले कुरा गर्ने व्यक्ति भनेर बुझिन्छ । दोभाषेकै रूपमा दशक बिताएकी ३१ वर्षीया यशोदालाई आफू दोभाषे बन्नकै लागि जन्मिएको जस्तो लाग्न थालेको छ । आफूले गर्दै आएको कामप्रति उनलाई गर्व लाग्छ ।
फरक क्षमता भएका व्यक्तिहरूको जीवनस्तर र व्यक्तित्व विकास गर्नतिर लाग्नु सबैको दायित्व रहेको उनको बुझाइ छ ।
दोभाषेको काम गर्न यशोदालाई दैनिकजसो भ्याइँनभ्याइँ हुन्छ । उनको ‘ट्रान्स्लेट’ सबैको नजरमा लोकप्रिय छ तर यो काम अन्यभन्दा कठिन र चुनौतीपूर्ण भने छ । सरकारी निकाय र मातहतका कार्यालयमा मात्र होइन, बजेट प्रस्तुत गर्न संसद् भवनमा हुने छलफल लगायत महत्त्वपूर्ण कार्यक्रमको प्रत्यक्ष प्रसारण हुँदा पनि दोभाषेको व्यवस्था हुनुपर्ने कानूनी व्यवस्था छ ।
पर्याप्त दोभाषे नहुँदा अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४ अनुसार बहिराहरू अन्य नागरिकसरह सूचना लिनबाट भाषाको समस्याकै कारण वञ्चित हुनुपरिरहेको छ ।
दोभाषेले बोलीचाली भाषालाई हात, ओठ, स्पर्स, शारीरिक हाउभाउ तथा अभिव्यक्तिद्वारा संकेतमा उल्था गर्नुपर्छ । सांकेतिक भाषाका संकेतलाई हेरेर बोल्नुपर्छ । यसमा प्राकृतिक र आधुनिक संकेत हुने यशोदा बताउँछिन् । सांकेतिक भाषाको शब्दकोषमा ४ हजार ७०० शब्द, संकेतहरू हुन्छन् । यसले सबै नेपाली शब्दहरूलाई समेट्न सक्दैन ।
‘मलाई त यो भाषा सिक्दा कत्ति पनि दुःख भएन, सिक्ने बेलामा सजिलो अनि रमाइलोसँगै सिकें,’ यशोदा भन्छिन्, ‘मसँगै अरू पनि हुनुहुन्थ्यो सिक्ने त्यो बेलामा, कति जनाको त क, ख, ग बनाउँदा हातको औंलाहरूको आकार नै बन्दैनथ्यो तर मेरो १–२ पटकमै प्रस्ट संकेत बन्थ्यो ।’
उनलाई सिक्न, सिकेको कुरा सम्झिन पनि त्यति गाह्रो भएन । उनले सिक्ने बेलामा प्रत्येक अक्षर र शब्दको अर्थ लगाएर मानसपटलमा चित्र बनाइसक्थिन् ।
‘अन्य मान्छे बोलेको सुनेर अथवा बुझेर मस्तिष्कमा अनुवाद गरेर अर्कालाई संकेत गर्नुपर्छ । सबै नेपाली शब्दकोशको संकेत छैन, सीमिततामा रहेर बुझाउनुपर्ने हुन्छ,’ यशोदाले भनिन् । संविधानमा प्रत्येक व्यक्ति र समुदायलाई आफ्नो भाषा प्रयोग गर्ने हकको प्रत्याभूति गरेको छ । जसअनुसार मातृभाषा, ब्रेललिपी र सांकेतिक भाषा प्रयोग गर्न सक्छन् । सबै सरकारी कार्यालयमा दोभाषे र सांकेतिक भाषा प्रयोग गर्न सक्ने व्यक्तिको व्यवस्था हुनुपर्ने उल्लेख छ ।
सांकेतिक भाषा पढेकाहरूले मात्र उनले ‘ट्रान्स्लेट’ गरेको भाषा बुझ्ने थापा बताउँछिन् । स्पर्श सञ्चार बुझाउन झनै कठिन छ ।
श्रवण दृष्टिविहीन व्यक्तिहरूले अरुसँग सञ्चार गर्न र सिक्नका लागि अन्य इन्द्रियजस्तै हात, पाखुरा, ढाड, आदि शरीरका विभिन्न भागमा स्पर्श गरेर गन्ध लिएर वा साथसाथै आफूसँग बचेको दृष्टि वा सुनाइलाई प्रयोग गर्न सक्छन् । ‘श्रवण दृष्टिविहीनता संवेदनशील अपाङ्गता हो,’ उनी भन्छिन्, ‘पहिलेभन्दा सांकेतिक भाषा सुधारिएको छ तर अझै पर्याप्त पुगेको छैन ।’
ठूला सभा, समारोहमा यशोदाजस्ता सांकेतिक भाषा जानेका व्यक्तिहरू भाषा अनुवाद गरिरहेको अझै पनि देखिँदैनन् तर अहिले सरकारी समाचार माध्यममा सांकेतिक भाषा पनि देख्न सकिन्छ । जुन कुरा बहिरा व्यक्तिहरूको लागि राम्रो पक्ष बनेको छ ।
‘हरेक स्थानीय तह, सरकारी बैंक र हस्पिटलहरूमा अनिवार्य दोभाषेको व्यवस्था हुनुपर्ने भन्ने छ तर अहिलेसम्म राखेको देखिँदैन,’ यशोदा भन्छिन् । सांकेतिक भाषा दोभाषे गरिरहँदा दिमागसँगै शरीर पनि निकै थकान हुन्छ । त्यसैले सांकेतिक भाषा दोभाषे गर्ने व्यक्ति १५–३० मिनेटमा पालोपालो गर्नुपर्ने उनको भनाइ छ । लुम्बिनी प्रदेशमा यशोदाजस्ता दोभाषे जम्मा २० जना मात्र छन् ।
दोभाषेको तालिम लिएर दक्ष भए पनि उनीसँग प्रमाणपत्रबाहेक दोभाषेको परिचयपत्र छैन । कसैले मागिहाले काम प्रमाणित हुने कागजपत्र देखाउन यशोदा सक्दिनन् । विश्वका अन्य मुलुकहरूमा दोभाषे प्रमाणित हुन २ वर्ष अध्ययन गरेपछि १ वर्षको अनुभव हुनुपर्ने व्यवस्था छ । नेपालमा यस्तै प्रकारको संस्था गठन गरेर दोभाषे लगायत अन्य जनशक्तिलाई राज्यले प्रमाणित गर्नुपर्ने यशोदा बताउँछिन् ।
बहिरा महासंघले सांकेतिक भाषाको विकास, संकलन, शब्दकोश प्रकाशन, सांकेतिक भाषाको प्रशिक्षण तालिम जस्ता कार्यक्रम गरिरहेको यशोदाको भनाइ छ ।
सेलरोटी बनाएर दिनकै ३० हजारमाथि व्यापार, छोरालाई बनाइन् डाक्टर काठमाडौं महानरपालिका– १६ माछापोखरीको दाहिने कुनामा मंगलबार एकजना अधबैंसे महिलालाई सेलरोटी बनाउन भ्याइनभ्याइ थियो । सा...
सिधै ‘अफिसर’ (अधिकृत)बाट निजामती सेवामा प्रवेश गरेकी राधिका अर्याल लुम्बिनी प्रदेश सरकारको बहालवाला प्रमुख सचिव हुन् । निजामती सेवामा प्रवेश गरेको १९ वर्षमै प्रशासनतर्फबाट नेपाल सरकारको विशिष्ट श्र...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
सानैदेखि खानाका परिकार बनाउन शौखिन थिइन् रूपन्देहीको बुटवलकी शोभा पोखरेल । घरमा रहेका बेला फुर्सदको समयमा उनले बन्दा, मटर लगायतका तरकारीबाट अचार बनाउँथिन् । केही घरमा खाने र बाँकी इस्टमित्रदेखि छिमेकीलाई ...
‘मेरो किड्नी बिकाउमा छ । कसैलाई चाहिन्छ भने सम्पर्क गर्नुहोला । मलाई व्यवहार चलाउन धेरै गाह्रो भएको हुनाले किड्नी बेच्न खोजेको हो । नेपाल सरकारसँग पनि मेरो अनुरोध छ, नरोक्नका लागि । ब्लड ग्रुप ए,’ ...
शुक्रवार राति गएको ६.४ म्याग्निच्यूडको भूकम्पले कर्णालीका पहाडी जिल्ला जाजरकोट र रुकुम पश्चिममा ठूलै विनाश निम्त्याएको छ । भूकम्पले भत्किएका घरमा च्यापिएर १५७ जनाको मृत्यु भइसकेको छ भने त्यसभन्दा...
जलवायु परिर्वतनसम्बन्धी सम्मेलन सन् १९९५ मा जर्मनीको बर्लिनबाट शुरू भई २८ औं कोप सम्मेलन दुबईमा भइरहेको छ । शुरू–शुरूका सम्मेलनमा मानव जीवन र प्रकृतिका बीच सन्तुलन कायम गरी दिगो विकास गर्न जोड दिएको पाइन्...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...