मंसिर ३, २०८०
फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...
पछिल्लो १८/१९ वर्षयता विश्व फुटबलमा तहल्का मच्चाउँदै आएका अर्जेन्टिनाका लियोनेल मेसी फुटबल करिअरको अन्त्यतिर आइपुगेका छन् । अर्जेन्टिनाको राष्ट्रिय टिम र बार्सिलोनाबाट लामो समय फुटबल खेलेका मेसीले जित्न बाँकी उपाधि लगभग केही छैन ।
२००५ मा राष्ट्रिय टिममा डेब्यु गर्दा र १८ वर्षपछि यही टिमबाट खेल्दा पनि मेसीको लय उस्तै शानदार छ । देब्रे खुट्टाको अद्भूत खेलाडी मेसीले क्लबका लागि ८८३ खेलमा ७१४ गोल गरेका छन् । राष्ट्रिय टिमबाट १९७ खेलमा ११८ गोल गरेका छन् ।
कलात्मक खेल कौशलसहित बेजोड रफ्तारमा शानदार गोल गर्ने मेसी गोलका लागि राम्रा अवसर सिर्जना गर्नमा पनि माहिर छन् ।
यिनै मेसीको शानदार लयको मद्दतमा अर्जेन्टिनाले कतारमा सम्पन्न विश्वकप २०२२ को उपाधि उचालेको थियो । यसअघि कोपा, दर्जनौं ठूला लिग र च्याम्पियन्स लिगको उपाधि जितिसकेका मेसीले विश्वकप पनि हात पारेपछि उनी सर्वाधिक महान फुटबलरमा दरिएका छन् ।
विश्व फुटबलले पेले र म्याराडोनाको नाम गौरवले पुकार्नेमा अब मेसीको नाम पनि थपिएको छ । यो विश्व फुटबलले नै स्वीकार्दै गएको विषय हो ।
प्रत्येक साता विश्व फुटबलको ध्यान खिच्नेगरी मेसी आज पनि उस्तै लयमा बेजोड खेल पस्कन्छन् । तर उमेरले ३५ कटेका मेसी अब विस्तारै उत्कृष्ट करियरबाट बिदा हुने बाटोमा छन् ।
यस्तोमा फुटबल संस्कृतिको उच्चतम अभ्यास भएको अर्जेन्टिना फुटबलमा कस्ता खेलाडी आउलान् भन्नेमा पनि उत्तिकै चासोसाथ हेरिने गरिन्छ ।
२०२२ मा विश्वकप जित्दा मेसीले युवा खेलाडीको साथ लिएका थिए । किनकी विश्व फुटबलमा अर्जेन्टिनाका प्रशस्तै समर्थक छन् । ८० को दशकमा म्याराडोना र पछिल्लो २० वर्षयता मेसीले विश्वभर अर्जेन्टिनाका थुप्रै समर्थक र शुभेच्छुक थपेका छन् ।
विश्व फुटबलमा नपत्याइए पनि मेसीको टोली पहिलो खेलमा साउदी अरेबियासँग हारका बाबजुद अन्ततः विश्वकप उचाल्न सफल भएको थियो ।
अब मेसीको पुस्तापछि अर्जेन्टिनाको फुटबलमा आकर्षण बढाउन को आउला भन्ने भइरहेको बेला उनकै लयमा खेल्ने एक खेलाडी देखिएका छन् ।
आफ्नै देशमा भइरहेको फिफा यु–२० विश्वकपमा १८ वर्षीय लुका रोमेरो मेसीकै शैलीमा प्रस्तुत भइरहेका छन् ।
शनिबार बिहान मात्रै भएको न्युजिल्याण्डविरुद्धको खेलमा रोमेरोले मध्यभागबाट छलाउँदै अगाडि बढाएको बलमा ३५औं मिनेटमा गरेको गोल मेसीकै जस्तो देखिन्छ । यस अघि ग्वाटेमालाविरुद्ध रोमेरोले गरेको गोल पनि मेसीकै शैलीसँग मिल्दो थियो ।
डिफेन्डरलाई चक्मा दिएको, बलमा अविश्वसनीय पकड, छलाएको, मुभ बनाएको र अप्ठ्यारो कोणबाट देब्रे खुट्टाले रोमेरोले गरेको गोल र सेलिब्रेसन पनि ठ्याक्कै मेसीसँग मिल्दोजुल्दो देखिन्छ । मेसीले आफ्नो करियरमा थुप्रै यस्ता दर्शनीय गोल गरेका छन् । लय जस्तै रोमेरोको गोल सेलिब्रेसन पनि मेसीसँग ठ्याक्कै मिल्छ ।
शुन्य चालमा पनि उफ्रिन सक्ने, बलको दिशा मोड्न सक्ने र सटिक पास निकाल्न सक्ने मेसीको जस्तै खुबी रोमेरोको पनि देख्न सकिन्छ ।
रोमेरो अट्याकिङ मिडफिल्डर, विंगरको पोजिसनमा खेल्छन् । उनको डी एरिया बाहिरबाट गोल गर्ने शैली पनि मेसीसँग मिल्दोजुल्दो नै देखिन्छ ।
रोमेरोले सन् २०१५ देखि २०२० सम्म स्पेनको मालोर्कामा बिताए । २०२० र २०२१ को सिजन मालोर्काको बी टिमबाट १६ खेल खेल्दा २ गोल गरे । २०२१ यता रोमेरो इटालियन क्लब लाजियोमा आवद्ध छन् ।
१४ खेल खेल्दा उनले एक गोल गरेका छन् । उनले अर्जेन्टिनाको यु १५, यु १७ को उमेर समूहको खेल पनि खेलिसकेका छन् । १५ वर्षकै उमेरमा फुटबल खेल्दा उनको स्किललाई मेसीसँग तुलना गर्ने गरिन्थ्यो । थप तीन वर्षमा रोमेरोको खेल शैली मेसीसँग झन् बढी मिलेको छ ।
अर्जेन्टिनी बाबु आमाको सन्तानको रूपमा रोमेरोको जन्म मेक्सिकोको डुराङगो सिटीमा भएको थियो । उनी तीन वर्षको हुँदा बाबुआमा स्पेन पुगेका थिए । मेसीकी लयमा खेल्ने उनले २०११ मा बार्सिलोनामा ट्रायल दिएका थिए । तर अन्डर एजका कारण क्लबले उनलाई साइन गरेन । १० वर्षको उमेरमा २०१५ मा उनले स्पेनकै मालोर्कासँग ८ वर्षको सम्झौता गरे । उनका बाबु डिएगो पनि व्यवसायिक फुटबलर हुन् ।
आफ्नो लयलाई कायम राख्न सके रोमेरोले राष्ट्रिय टिममा डेब्यु गर्ने सम्भावना पनि उत्तिकै छ । राष्ट्रिय टिममा डेब्यु गरे उनी नयाँ मेसीको रूपमा विश्वभर छाउने पक्का जस्तै छ । एजेन्सीको सहयोगमा
What’s more impressive - The way he evaded the pressure, or the strike?
— The Next Wave (@_TheNextWave_) May 27, 2023
Luka Romero very may well have scored goal of the tournament here
pic.twitter.com/AyYvp8W6d8
फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...
यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो । सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...
नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...
राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...
आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ । अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...
चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...