२६ जेठ २०८३, मंगलबार

अध्ययनको दाबी– मोबाइल फोन धेरै चलाउने बालबालिकाको मानसिक विकास अवरुद्ध

जेठ १५, २०८०
अध्ययनको दाबी– मोबाइल फोन धेरै चलाउने बालबालिकाको मानसिक विकास अवरुद्ध

बालबालिका रुँदा वा कुनै कुराको जिद्दी गर्दा आमाबुवाले फकाउनका लागि मोबाइल फोन वा कुनै ग्याजेट दिने गरेका छन् । 

त्यसले बच्चालाई शान्त त गराउँछ तर उसलाई घन्टौंसम्म स्क्रीन हेरेर बस्ने लत पनि लगाउँछ । 

तर अध्ययनहरूले सानो उमेरमै बच्चालाई फोन दिँदा उसको मानसिक विकास प्रभावित हुने कुरा देखाएका छन् । नयाँ रिपोर्टअनुसार, मोबाइल तथा तमाम ग्याजेट्स वा टीभी लामो समय हेर्दा बालबालिकालाई भर्चुअल अटिजमको सम्भावना रहन्छ । 

भर्चुअल अटिजमको लक्षण चारदेखि पाँच वर्षसम्मको बालबालिकामा देखिन्छ । उनीहरूलाई बोल्न समस्या हुने अनि अरू मानिससँग कुराकानी गर्दा अप्ठ्यारो लाग्ने हुन्छ । 

बच्चाहरूको व्यवहारमा समस्या देखिने र उनीहरूको स्पीच डिभलपमेन्ट नहुने पनि हुन्छ । उनीहरू नखरा गर्न थाल्छन् र आक्रामक समेत हुन्छन् । 

अनि राति मोबाइल चलाउँदा उनीहरूको निद्राको प्याटर्नमा पनि समस्या आउँछ । बालबालिकाको कन्टसनट्रेशन पनि बिग्रँदै जान्छ । 

चिकित्सकहरूले दुई वर्षसम्मको बालबालिकालाई मोबाइल र ग्याजेट्स पटक्कै नदिन सल्लाह दिएका छन् । 

आमाबुवा आफैंले पनि मोबाइल र ग्याजेट्सको कम उपयोग गर्न उनीहरू सुझाव दिन्छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्