असोज १२, २०८०
लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० मा जम्मा २ अर्ब ६० करोड रूपैयाँ मात्र आन्तरिक आम्दानी गर्यो । प्रदेशको आय तथा व्ययको हिसाबकिताब राख्ने प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालय लुम्बिनीको तथ्यांकअनु...
जेठ १५, २०८०
विराटनगरका उद्योगी–व्यापारीले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटले आर्थिक क्षेत्र चलायमान हुने बताएका छन् ।
सरकारले ल्याएको बजेटपछि संक्षिप्त प्रतिक्रिया दिँदै उद्योगी–व्यापारीले सरकारले ल्याएको बजेट कार्यान्वनमा आउन सके आर्थिक गतिविधि चलायमान हुने बताएका छन् ।
पूर्वपश्चिम राजमार्ग ४ लेनको बनाउनु, सन् २०२३–३३ लाई पर्यटन दशक घोषणा गर्नु, आगामी आर्थिक वर्षलाई युवा उद्यमशीलता वर्षको रूपमा मनाउनु, स्टार्टअप व्यवसायको प्रवद्र्धन गर्ने, विराटनगर विमानस्थललाई क्षेत्रीय रूपमा स्तरोन्नति गर्ने, विदेशी लगानी भित्र्याउन लगानी सम्मेलन गर्ने, नयाँ कम्पनी दर्तामा कुनै शुल्क नलिने, विराटनगर भन्सारमा पार्किङ र गोदाम घर निर्माण आदिमा बजेट विनियोजन हुनु सकारात्मक भएको नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतको प्रतिक्रिया छ । ढुंगा, गिट्टी निर्यात गर्न दिने नीति सकारात्मक नदेखिएको उनको भनाइ छ ।
स्वदेशी उद्योगका उत्पादनको प्रवद्र्धन गर्न विराटनगरमा प्रदर्शनीस्थल स्थापनाबारे उद्योगी व्यवसायीले माग गर्दै आए पनि बजेटमा नसमेटिनु दुःखद भएको उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरनाले प्रतिक्रिया दिए ।
बजेटको अर्को राम्रो पक्ष भनेको हाइड्रोपावर रहेको उनले बताए । करको दायराको विषयमा अहिले केही भन्न सक्ने अवस्था नरहेको सुरानाले बताए ।
मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले सरकारले लिएका केही नीतिका कारण अर्थतन्त्र चलायमान बनाउन सकारात्मक भूमिका निर्वाह गर्ने बताए । ‘बजेटको कार्यान्वयन प्रमुख विषय भएकाले कार्यान्वनको समयमा सरकारले कस्तो भूमिका खेल्छ ?’ उनले भने, ‘अहिले आएको बजेटमा आयात खुलाको नीति राम्रो छ । जग्गाको कित्ताकाट खोल्नुले पनि अर्थतन्त्र चलायमान हुन्छ ।’
उद्योगी महेश जाजूले कर्णप्रिय बजेट आए पनि आफूहरूको चासो कार्यान्वयनतर्फ नै रहेको प्रतिक्रिया दिए । आर्थिक मन्दीको कुरालाई सम्बोधन गर्ने बजेट आएकाले देशको अर्थतन्त्रलाई अगाडि बढाउन मद्दत पुग्ने उनले बताए ।
उद्योगी अनिल शारडाले सरकारले धेरै खर्च नगर्ने प्रतिबद्धता जनाएकाले सरकारको पुँजीगत खर्च गर्ने क्षमता झन् कमजोर हुनसक्ने बताए ।
लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० मा जम्मा २ अर्ब ६० करोड रूपैयाँ मात्र आन्तरिक आम्दानी गर्यो । प्रदेशको आय तथा व्ययको हिसाबकिताब राख्ने प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालय लुम्बिनीको तथ्यांकअनु...
अब बैंकहरूले एक दिनमा २० किलोग्रामसम्म सुन आयात गर्न पाउने भएका छन् । विदेशी विनिमय कारोबार गर्न इजाजतपत्रप्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र २०७९ मा संशोधन गर्दै एक दिनमा २० किलो सुन आयात गर्न सकि...
के तपाईँसँग डलरलगायतका विदेशी मुद्रा छ र साट्ने योजनामा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर...
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राका विनिमयदर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ४८ पैसा रहेको छ । यसैगरी युरो एकको खरि...
एभरेष्ट बैंक लिमिटेड र निरभाना फिजियोथेरापी एण्ड वेलनेस सेन्टरबीच छुट सम्झौता भएको छ । सम्झौतासँगै बैंकका सम्पूर्ण ग्राहक तथा कर्मचारीहरूले वेलनेस सेन्टरबाट प्रदान गरिने विभिन्न सेवामा २५ प्रतिशतसम्मको आ...
विराटनगर महानगरपालिकाले व्यापारिक कम्प्लेक्स बनाउने भनेर ३ वर्षअगाडि नै पुरानो गुद्री (तरकारी तथा फलफूल बजार)को जग्गा खाली गराए पनि हालसम्म निर्माण प्रक्रिया थालिएको छैन । महानगर गौरवको आयोजना मानिएको कम्प्ल...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...