×

बजेटमा सुदूरपश्चिम प्रदेश- केही महत्वपूर्ण योजना समेटिए

जेठ १५, २०८०

सरकारले संसद्समक्ष आज प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यक्रममा सुदूरपश्चिम प्रदेशका केही महत्वपूर्ण योजना समेटिएका छन् । 

अर्थमन्त्री डा प्रकाशशरण महतले प्रस्तुत गरेको बजेट कार्यक्रममा निकै चासोका साथ हेरिएको कैलालीको गेटा मेडिकल कलेजलाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रारुपमा सञ्चालन गर्ने विषय समेटिएको छ ।  उक्त कलेजका भौतिक संरचना निर्माणको काम लगभग पूरा भइसकेको छ । सरकारले यो कलेजलाई एक सय शय्या सञ्चालन गर्ने गरी बजेटको व्यवस्था गरेको जनाएको छ ।


Advertisment

यस्तै लामो समयदेखि चर्चामा रहेको पश्चिम सेती जलविद्युत् आयोजनाका साथै चैनपुर–सेती जलविद्युत् आयोजनाको निर्माण सुरु गरिने विषय पनि बजेट वक्तव्यमार्फत सार्वजनिक गरिएको छ ।  


Advertisment

सुदूरपश्चिम प्रदेशका बजेटमा समेटिएका महत्वपूर्ण योजना तथा कार्यक्रमः 
–गेटा मडिकल कलेजलाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा सञ्चालन गरिने ।
–कैलालीको लम्कीमा प्राथमिक ट्रमा केयर सेन्टर स्थापना ।
–धनगढीमा एकीकृत खानेपानी तथा ढल व्यवस्थापन कार्यक्रम सञ्चालन ।
–बैतडीको दशरथचन्द नगरपालिका र धनगढीको फाप्लामा क्रिकेट रङ्गशाला निर्माण ।
– मदनभण्डारी सडकको कैलाली खण्ड निर्माण तथा स्तरोन्नति, महाकाली करिडोर सडक निर्माण, खुटिया—दिपायल हुँदै जाने फास्ट ट्र्याक सडक निर्माण, दैजी–जोगबुढा हुँदै जाने सडक निर्माण, कैलालीको मोहनादेखि अत्तरियासम्म निर्माणाधीन सडकको बाँकी काम पूरा गरिने, बैतडीको पाटनमा सहरी विकास कार्यक्रम सञ्चालन, कैलालीमा निर्माणाधीन राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको थप काम निर्माण गर्न रु दुई अर्ब ६३ करोड बजेट विनियोजन, प्राथमिकता प्राप्त कञ्चनपुरको महाकाली सिँचाइ आयोजनाका लागि रु एक अर्ब १७ करोड बजेट विनियोजन, जडीबुटीको प्रवर्द्धन गर्न आवश्यक पहल, महाकाली, कर्णाली, मोहन र खुटिया नदी तथा पहिरो नियन्त्रण कार्यक्रम, पश्चिम सेती जलविद्युत् आयोजना निर्माण, चैनपुर सेती जल विद्युत् आयोजना निर्माण आदि छन् ।

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

जेठ १, २०८१

निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको छाता संस्था नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानी गर्न पोल्याण्डलाई आग्रह गरेको छ । नेपाल र पोल्याण्डबीचको कूटनीतिक सम्बन्ध ६५ वर्ष पुगेको अवसरमा नेपाल चेम्बर अफ कमर्स र नेपा...

जेठ १५, २०८१

सरकारले आर्थिक वर्ष २०८१–८२ को बजेटका ५ विषयलाई प्राथमिकतामा राखेको छ ।  अर्थमन्त्री वर्षमान पुनले आज (मंगलवार) संघीय संसदमा बजेट आव २०८१–८२ को बजेट प्रस्तुत गर्दै ५ प्राथमिकता सार्वजनिक गर...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

दृष्टिकोण

दृष्टिकोण

साउन ५, २०८१

गीतामा कृष्णले भनेका छन्– ‘जे भएको छ राम्रै भएको छ, जे हुनेछ राम्रै हुनेछ ।’ सुन्दा आश्चर्य लाग्न सक्छ, यस्तो कसरी हुन्छ ?  हुन सक्छ, कसैको विवाह हुँदैछ राम्रै भयो । घरगृहस्थी बन्नेछ राम्...

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

साउन २, २०८१

जनमतप्राप्त पहिलो र दोस्रो दलबीचको सत्ता समीकरण सोमबारदेखि औपचारिकरूपमा अघि बढेको छ । पहिलो दलले सरकार चलाउने र दोस्रो दल प्रमुख प्रतिपक्षमा रहने सामान्य संसदीय अभ्यास हो । संसदीय इतिहासमा पहिलो र दोस्रो...

भगवान् भेटिने सूत्र

भगवान् भेटिने सूत्र

असार २९, २०८१

भगवान्‌का कुरा गर्ने धेरै छन् तर भगवान् कस्ता हुन्छन् त्यो भने कसैलाई पनि थाहा छैन । भगवान् कस्ता हुन्छन् भनेर सोध्ने हो भने शायद सबै निरुत्तर नै रहने छन् । हदैभए भगवान् भगवान्जस्तै हुन्छन् भन्नेसम्म फेला पर्ला...

x