असोज ८, २०८०
'नेपालमा लगानीका सम्भावना अधिक छन् । हामी यहाँहरूको लगानीलाई पूर्णतः सुरक्षा प्रदान गर्दछौँ र यहाँहरूले गर्ने लगानीको उचित वातावरण निर्माणका लागि के गर्नुपर्छ, त्यो गर्छौं । हामीसँग प्राप्त लगानीको सम्भावनाबा...
जेठ १६, २०८०
नेपाल वायुसेवा निगमले पाँच वटा जहाज ग्राउण्डेड गरेको छ ।
ऋणमा किनेका चिनियाँ जहाज सञ्चानको पाँच वर्षमा १ अर्ब ९० करोड डुबेपछि सधैँलाई ग्राउण्डेड गर्ने (नउडाउने) निर्णय गरिएको निगमले बताएको छ ।
संसदमा चिनियाँ जहाजका विषयमा प्रश्न उठेपछि निगमले ती जहाज उडाएर नाफा कमाउन नसक्ने निष्कर्षसहित २ वटा एमए ६० र ३ वटा वाई १२ नामक चिनियाँ जहाज १५ साउन २०७७ देखि नउडाउने निर्णयमा पुगेको हो ।
निगमद्वारा विभिन्न समयमा गठित अध्ययन समितिहरूको सिफारिसको आधारमा उक्त जहाजहरू सञ्चालन गर्न प्राविधिक, व्यावसायिक र आर्थिकरूपमा अनुपयुक्त भएको, बीमा खर्च तथा इन्धन खपत अत्यधिक रहेको निष्कर्ष निकालिएको थियो ।
आर्थिक वर्ष २०७१/०७२ देखि २०७५/०७६ सम्म जहाजहरू संचालनमा रहँदा पछिल्लो समय वार्षिक ७७ करोड ७४ लाख १० हजार १४३ रूपैयाँ घाटा भएको थियो ।
यो अवधिसम्ममा कुल घाटा १ अर्ब ९० करोड ६९ लाख ३३ हजार ११४ रूपैयाँ भएको निगमले जनाएको छ ।
थप समय सञ्चालन मै राखिरहँदा निगमलाई आर्थिक बोझको रूपमा दायित्व थप हुँदै गएको र विभिन्न प्राविधिक कठिनाइ समेत बढ्ने देखिएपछि जहाज नउडाउने निर्णयमा निगम पुगेको हो । निगमले सोमवार एक प्रेस विज्ञप्ति नै जारी गरेर यसबारे जानकारी दिएको छ ।
तत्कालीन मन्त्री योगेशकुमार भट्टराईको कार्यकालमा मिति २०७७ असार १६ मा निगमका तत्कालीन कार्यकारी अध्यक्ष सुशील घिमिरेको अध्यक्षतामा बसेको निगम सञ्चालक समितिको बैठकले उक्त जहाजहरू मिति २०७७ साउन १५ देखि सञ्चालनमा नल्याउने निर्णय गरेको निगमले जनाएको छ ।
तत्पश्चात् उक्त जहाजहरूलाई व्यवस्थापन गर्ने सम्बन्धमा विभिन्न विकल्पसहित तत्कालीन महाप्रवन्धक डिमप्रकाश पौडेलद्वारा गरिएको पत्राचारअनुसार नेपाल सरकार, अर्थ मन्त्रालयको मिति २०७७ चैत ४ को निर्णय बमोजिम लिजमा दिन वा बिक्री प्रक्रिया अगाडि बढाउनका लागि २०७७ चैत १२ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत निर्देशन भएको थियो ।
यसै बीचमा निगमको नेतृत्व वर्तमान व्यवस्थापनले सम्हाले पश्चात् ती जहाजलाई मर्मत गरी सञ्चालन गर्न सकिन्छ कि भनेर मिति २०७८ कात्तिक २२ गते एक उप–समिति गठन गरी अध्ययन प्रक्रिया अगाडि बढाएको छ ।
सरकारको निर्णय एवं निगमको सञ्चालक समितिको मिति २०७९ भदौ २३ को निर्णय बमोजिम उक्त जहाजहरू लिजमा दिन प्रक्रिया अगाडि बढाएको भए पनि भाडामा जान सकेको थिएन ।
निगमले २०७९ भदौ २९ गते नियम अनुसार ४५ दिनको र मिति २०७९ कात्तिक १६ मा पुनः १५ दिनको सार्वजनिक सूचना जारी गरेको थियो । दुबै पटक कुनै पनि आवेदन नपरेपछि सरकारको निर्णयअनुसार उक्त जहाजहरू बिक्री प्रक्रिया अगाडि बढाउनको लागि जहाज मूल्याङ्कनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
यी जहाजहरूको व्यवस्थापन गर्ने सन्दर्भमा निगमको सञ्चालक समितिको निर्णय एवं तालुकदार मन्त्रालयको समन्वयमा अगाडि बढाउने जानकारी पनि निगमले दिएको छ ।
'नेपालमा लगानीका सम्भावना अधिक छन् । हामी यहाँहरूको लगानीलाई पूर्णतः सुरक्षा प्रदान गर्दछौँ र यहाँहरूले गर्ने लगानीको उचित वातावरण निर्माणका लागि के गर्नुपर्छ, त्यो गर्छौं । हामीसँग प्राप्त लगानीको सम्भावनाबा...
बेइजिङ– ‘नेपालमा लगानीका सम्भावना अधिक छन् । हामी यहाँहरुको लगानीलाई पूर्णतः सुरक्षा प्रदान गर्दछौँ र यहाँहरुले गर्ने लगानीको उचित वातावरण निर्माणका लागि के गर्नुपर्छ, त्यो गर्छौं । हामीसँग प्राप्त ल...
नेपाल राष्ट्र बैंकले राष्ट्रिय जनावर गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’ सार्वजनिक गरेको छ । बैंकको टक्सार महाशाखाको कार्यालयमा आयोजित एक कार्यक्रमबीच गभर्नर महाप्रसाद अधिकारीले उक्त सिक्का स...
सामाजिक सुरक्षा कोष (एसएसफ)मा अब आईएमईमार्फत रकम जम्मा गर्न सकिने भएको छ । विदेशमा रहेका नेपालीहरूको सहजताका लागि विदेशस्थित आईएमई रेमिटेन्स पार्टनरमार्फत यो सुविधा लिन सकिने आईएमईले जनाए...
नेपाल उद्योग परिसङ्घ (सीएनआई) र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेशनल ट्रेड (सीसीपीआईटी) बीच सम्झौता भएको छ । दुई देशबीच लगानी तथा द्विपक्षीय सहकार्य प्रबर्द्धनका लागि नेपाल–चीन व्यवसाय परिषद् (न...
नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ४० पैसा र बिक्रीदर १३३ रुपैयाँ रहेको छ । यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ ०...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...