×

समाज छाडा भयो, बोक्न समेत नसक्ने गरी मलाई सुन लगाइदिएका छन्– केपी ओली

जेठ १७, २०८०

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सुनैसुन लगाएर भाइरल बनाइएको तस्वीरप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

बुधवार राजधानीमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आफूलाई सुनप्रति कहिल्यै मोह पनि नरहेको बताए ।


Advertisment

'केपी ओलीको फोटोमा सुनैसुनका, हातैभरी सुनैसुनका, यहाँ (काँधतर्फ संकेत गर्दै) भरी सुनैसुनका, त्यति सुन म बोक्न पनि सक्दिनँ,' उनले भने ।


Advertisment

ओलीले थपे, 'अहिले बोक्न नकस्ने गरी मलाई सुन लगाइदिएका छन् । कस्तो नियत, कस्तो घटिया कुरा होला ?'

उनले सानो हुँदा आमाको औंठी ३/४ दिन लगाएको स्मरण गर्दै त्यसयता औंठी समेत नलगाएको बताए । आफूलाई सुनप्रति कहिल्यै रुचि नभएको उनको दाबी छ ।

ओलीले नेपालमा छाडापनले हद नाघेको भन्दै यस्तो छाडापन अहिले कहीँ नरहेको बताए । समाज विकृतितर्फ भासिँदै गएको उनको तर्क छ ।

ओली प्रधानमन्त्री छँदा राखिएको पशुपतिको जलहरी प्रकरणसँग जोडेर तस्वीरमा सुन लगाई सामाजिक सञ्जालमा 'ट्रोल' गरिएको छ ।

त्यतिबेला बाँकी रहनुपर्ने करीब ११ किलो सुनका विषयमा महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा पनि प्रश्न उठाइएको छ ।

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

भगवान् भेटिने सूत्र

भगवान् भेटिने सूत्र

असार २९, २०८१

भगवान्‌का कुरा गर्ने धेरै छन् तर भगवान् कस्ता हुन्छन् त्यो भने कसैलाई पनि थाहा छैन । भगवान् कस्ता हुन्छन् भनेर सोध्ने हो भने शायद सबै निरुत्तर नै रहने छन् । हदैभए भगवान् भगवान्जस्तै हुन्छन् भन्नेसम्म फेला पर्ला...

देश पहिले, अनि मात्र सत्ता

देश पहिले, अनि मात्र सत्ता

असार २७, २०८१

बेलायतमा भर्खरै सम्पन्न संसदीय निर्वाचनमा १४ वर्षपछि लेबर पार्टीले तल्लो सदन अर्थात्  'हाउस अफ कमन्स्'मा प्रचण्ड बहुमत हासिल गर्‍यो । ६५० सदस्यीय तल्लो सदनमा लेबर पार्टीले करिब ६३ प्रतिशत अर्थात् ४१२ ...

प्रतिपक्षमा हुत्तिने भएपछि माओवादीमा देखिएको छटपटी र आत्मरति

प्रतिपक्षमा हुत्तिने भएपछि माओवादीमा देखिएको छटपटी र आत्मरति

असार २६, २०८१

प्रमुख सत्ता साझेदार नेकपा (एमाले)ले साथ छोडेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई दिनपछि (असार २८) प्रतिनिधि सभामा विश्वासको मतको सामना गर्दैछन् । ‘विश्वासको मत नपाउने जान्दाजा...

x