असोज १२, २०८०
क्रिकेट खेल विकास र खेलाडीहरूबीच भाइचारा विकास गर्ने उद्देश्यले कास्की र तनहुँबीचको दुई शृङ्खलाको क्रिकेट प्रतियोगितामा कास्की विजयी भएको छ । कास्की जिल्ला क्रिकेट सङ्घको आयोजनामा पोखरा रङ्गशालास्थित क्रि...
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उपकरणमा आधारित अवतरण प्रणाली ‘इन्स्ट्र्युमेन्ट ल्यान्डिङ सिस्टम’ (आईएलएस) सञ्चालनको बाटो खुलेको छ ।
भारतको ४ दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीको कार्यालय हैदराबाद हाउसमा भएको भेटपछि आयोजित पत्रकार सम्मेलनमा आईएलएस प्रणाली सञ्चालनको बाटो खुलेको जानकारी दिए ।
‘भारत सरकारले नेपाल–भारत सीमा नजिक रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘इन्स्ट्र्युमेन्ट ल्यान्डिङ सिस्टम’बाट उडानसम्बन्धी स्वीकृति दिएकोमा प्रशंसा गर्दछु । यसबाट सुरक्षित र पूर्ण क्षमतामा हवाई उडान हुनेछ,’ प्रधानमन्त्री प्रचण्डले भने । उनले नवनिर्मित भैरहवा र पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका विभिन्न शहरमा उडानको अपेक्षा गरेको बताए ।
प्रधानमन्त्री प्रचण्डले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट २ देशबीचको उडानको सम्भावना भएको र भारतबाट अतिरिक्त हवाई प्रवेश विन्दु दिन सकारात्मक रहेको जानकारी गराए । उनले भने, ‘भैरहवा विमानस्थलबाट एटीआर एयरक्रयाफ्टको उडान सम्भव भइसकेको छ । अब महेन्द्रनगरबाट हवाई प्रवेश विन्दुको अनुमतिका लागि हामीले भारत सरकारसमक्ष अनुरोध गरेका छौं ।’
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आईएलएस प्रणाली जडान भए पनि लामो समयदेखि सञ्चालनमा आउन सकेको थिएन । यो प्रणाली सञ्चालनमा आउने वित्तिकै जुनसुकै मौसममा पनि जहाजले उपकरणमा आधारित प्रणालीमा रहेर जहाज अवतरण गराउन सक्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका हंशराज पाण्डेले बताए । यसअघि यो प्रणाली जडान भए पनि नेपाल भारत सीमाका कारण भारतबाट सञ्चालनको अनुमति नआउँदा जाडोयाममा हुस्सु लाग्दा जहाजले उडान नै रद्द गर्नुपरेको थियो ।
हाल विमानस्थलमा सामान्य अवस्थामा विमान अवतरणका लागि १ हजार ५०० मिटर भिजिविलिटी आवश्यक पर्छ तर आईएलएस कार्यान्वयन हुँदा कम्तीमा ८०० मिटरको भिजिविलिटीमा पनि विमान अवतरण गराउन सकिन्छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल विक्रम संवत् २०७९ जेठ २ देखि व्यावसायिक रूपमा सञ्चालनमा आएको हो ।
क्रिकेट खेल विकास र खेलाडीहरूबीच भाइचारा विकास गर्ने उद्देश्यले कास्की र तनहुँबीचको दुई शृङ्खलाको क्रिकेट प्रतियोगितामा कास्की विजयी भएको छ । कास्की जिल्ला क्रिकेट सङ्घको आयोजनामा पोखरा रङ्गशालास्थित क्रि...
अभिनेता अनमोल केसी पक्राउ परेका छन् । रावायण नामक चलचित्रमा भएको विवादलाई लिएर निर्माता समूहले उनीविरुद्ध किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको हो । ठगी गरेको आरोपमा उनलाई पक्राउ गर...
नेकपा एमालेको बागमती प्रदेश अध्यक्षमा कैलाश ढुंगेल जित नजिक पुगेका छन् । कुल ११३५ मतमध्ये ८५० मत गणना हुँदा उनले फराकिलो अग्रता बनाएका हुन् । पछिल्लो मतपरिणामअनुसार अध्यक्षका उम्मेदवार ढुङ्गेल...
उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिका–३२ स्थित जडीबुटीमा रहेको पूर्वअरनिको यातायात प्रालिले निर्माण गरेको बसपार्क नभत्काउन अल्पकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश गोकर्ण डाँगीको इजलासले आज...
शरदयाममा म्याग्दीमा रहेको धवलागिरि हिमाल आरोहणका लागि २३ जनाले अनुमति लिएका छन् । संसारको सातौँ (आठ हजार एक सय १६७ मिटर) अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्छ । विभि...
काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री डा बेदुराम भुसालले पशुपन्छी विकासअन्तर्गतका केन्द्रीय कार्यालयको छड्के अनुगमन गरेका छन् । उनले त्रिपुरेश्वरस्थित केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, राष्ट्रिय खोप ...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...