×

क्यानडामा गुञ्जिँदै प्रकाश, ‘सकम्बरी साँझ’ हुने

काठमाडाैं | जेठ २३, २०८०

लोकप्रिय गायक प्रकाश सपूतले क्यानडामा प्रस्तुति दिने भएका छन् । आफ्नो लोकप्रिय गीत ‘बोल माया’को दोस्रो भाग ल्याउने तयारीमा रहेका यी गायकले आउँदो जुलाई १६ मा ‘सकम्बरी साँझ विथ प्रकाश सपूत’मा आफ्नो प्रस्तुति दिने भएका हुन् । 

आगन इभेन्ट्स एण्ड झुमर इन्टरटेनमेन्ट कर्पोरेशनको आयोजनामा गायक प्रकाश पहिलो पटक क्यानडामा प्रस्तुत हुँदैछन् । उनले क्यानडाको प्रस्तुतिलाई लिएर उत्साहित रहेको बताए । 


Advertisment

कार्यक्रममा प्रकाशसँगै स्थानीय कलाकर्मीले समेत आफ्नो प्रस्तुति दिनेछन् । दुई निकै चर्चित गीतहरू ‘बोलमाया’ र ‘गलबन्दी’बाट स्थापित भएका प्रकाशको प्रस्तुति हेर्न क्यानडामा रहेका नेपाली प्रतिक्षारत रहेको आयोजक ज्ञान भण्डारीले जानकारी दिए । ‘प्रकाशजीलाई प्रत्यक्ष सुन्न र हेर्न हामी प्रतीक्षा गरिरहेका छौँ । उहाँको गीतहरू नेपाल झैँ क्यानडामा पनि लोकप्रिय छन्’, ज्ञानले भने । उनि नेपाली गतिविधिमा सक्रिय रहेर नेपाली कला र संस्कृतिलाई क्यानडामा प्रवर्द्धन गर्न तत्पर युवा व्यवसायी हुन् । 


Advertisment

उनले यो कार्यक्रम गर्नुको उद्देश्य नै संस्कृति र कलाको प्रवर्द्धन रहेको बताए । ‘कार्यक्रमबाट आर्जन भएको मुनाफा धार्मिक कार्यमा हस्तान्तरण गर्ने छौ’, उनले भने । 

मिलक्रिक रोड, मिसीसागामा रहेको स्वागत ब्याङ्कवेट हलमा हुने कार्यक्रममा प्रवेश वापतको शुल्क क्यानेडियन ३० (तीस) डलर राखिएको छ ।

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

दृष्टिकोण

दृष्टिकोण

साउन ५, २०८१

गीतामा कृष्णले भनेका छन्– ‘जे भएको छ राम्रै भएको छ, जे हुनेछ राम्रै हुनेछ ।’ सुन्दा आश्चर्य लाग्न सक्छ, यस्तो कसरी हुन्छ ?  हुन सक्छ, कसैको विवाह हुँदैछ राम्रै भयो । घरगृहस्थी बन्नेछ राम्...

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

साउन २, २०८१

जनमतप्राप्त पहिलो र दोस्रो दलबीचको सत्ता समीकरण सोमबारदेखि औपचारिकरूपमा अघि बढेको छ । पहिलो दलले सरकार चलाउने र दोस्रो दल प्रमुख प्रतिपक्षमा रहने सामान्य संसदीय अभ्यास हो । संसदीय इतिहासमा पहिलो र दोस्रो...

भगवान् भेटिने सूत्र

भगवान् भेटिने सूत्र

असार २९, २०८१

भगवान्‌का कुरा गर्ने धेरै छन् तर भगवान् कस्ता हुन्छन् त्यो भने कसैलाई पनि थाहा छैन । भगवान् कस्ता हुन्छन् भनेर सोध्ने हो भने शायद सबै निरुत्तर नै रहने छन् । हदैभए भगवान् भगवान्जस्तै हुन्छन् भन्नेसम्म फेला पर्ला...

x