×

NMB BANK
NIC ASIA

मार्क्यु : नेपालकै पहिलो अन्तर्राष्ट्रिय बाइक राइड

काठमाडाैं | जेठ २३, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

नेपालमा सर्वाधिक बिक्री हुने बाइकहरूको अग्रपङ्क्तिमा रहेको टीभीएसले बाइकिङ संस्कृतिलाई पनि बढावा दिँदै आएको छ।

Muktinath Bank

बाइकिङबाट सामाजिक कार्यमा सहयोग पुर्‍याउने र युवाहरूलाई एक अर्कासँग जोड्ने एक प्रभावकारी समूहका रुपमा टीभीएसले अपाचे अनर्स ग्रुप (एओजी)लाई अघि बढाइरहेको छ।​


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सामुहिक प्रयास भए के सफल हुँदैन र भन्‍ने भावनालाई युवाहरूको मनमा स्थापित गर्न शुरु भएको एओजी, बाइकिङ कल्चर प्रवर्द्धनकै निम्ति नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले गठन गरेको एक ग्रुप हो। स्थापना काल देखिनै यस ग्रुपले विभिन्न आकर्षक र मनोरञ्जनात्मक कार्यक्रमहरू मार्फत युवाहरूको बाइकिङ प्रतिको लगावलाई प्रोत्साहन दिँदै आएको कम्पनीको दाबी छ।


Advertisment
Nabil box
Kumari

परोपकार, मनोरञ्जन र शैक्षिक कार्यक्रमहरूमा सक्रिय रहने एओजी ग्रुपले यस पटक भने पहिलो अन्तर्राष्ट्रिय मार्क्यु राइडको आयोजना गर्दै आफ्नो उपस्थितिलाई नयाँ उचाइमा पुर्‍याउन सफल बन्यो।

Vianet communication
Laxmi Bank

null

‘राइड टु ओरिजिन’ उद्देश्य लिएर भारतको माइसोरमा रहेको टीभीएसको फ्याक्ट्रीसम्म पुग्‍ने लक्ष्य राखेको मार्क्यु राइडमा १० जना नेपाली राइडरहरूको सहभागिता रहेको थियो। राइडमा सहभागी हुने राइडरहरू बाइकिङ संस्कृतिलाई अघि बढाउनका निम्ति भ्लग र अन्य माध्यमबाट सक्रिय युवाहरू थिए भने राइडका लागि टीभीएस अपाचे सिरिजका १६०, २०० र ३१० सीसीका मोटरसाइकलको प्रयोग गरिएको थियो।  

फागुन ११ गते २०७९ बाट शुरु भएको उक्त अपाचे ओनर्स ग्रुप (एओजी) को मार्क्यु राइडमा नेपाल लगायत, भारत र बंगलादेशका थुप्रै राइडरहरू सहभागिता जनाएका थिए। 

फागुन ११ गते काठमाडौंबाट रक्सौल हुँदै भारत प्रवेश गरेर शुरु भएको २२ दिने लामो त्यस यात्राका राइडरले भारतको प्रख्यात मोटो सोल नामक कार्यक्रममा सहभागिता जनाउने र भारतमै रहेको टीभीएसको फ्याक्ट्रीको पनि भ्रमण गर्ने पनि मौका पाए।

टीभीएस मोटर कम्पनी इन्डियाका बिजनेस हेड विमल सुम्ब्लीले बहुप्रतिक्षित टीभीएस मोटोसोल इन्डियाका बारेमा बोल्दै भने, ‘हामी संसारभर छरिएका बाइकिङ प्रेमीहरूका लागि टीभीएस मोटोसोल २०२३ आयोजना गर्न पाएकामा निक्कै हर्षित छौँ। टीभीएस मोटोसोल, समान विचारधारा भएका मोटरसाइकल राइडर समुदायलाई एक ठाउँमा ल्याउने, मोटरसाइकल प्रतिको प्रेमको उत्सव मनाउने, रेसिङ र बाइकिङका दिग्गजहरूसँग अन्तरक्रिया गर्ने र एक आपसमा भाइचाराको भावना विकास गर्दै त्यलाई घरघरमा पुर्याउने एउटा मञ्च हो।’

null

यस कार्यक्रमका लागि काठमाडौंदेखि गोवासम्म अपाचे राइडरहरूसँग टीभीएस नेपाल जगदम्बा मोटर्स प्रालि टोली सहभागी भएकामा म उत्साहित छु। यो पहिलो अपाचे ओनर्स ग्रुप अन्तर्राष्ट्रिय राइड हुनेछ, जहाँ राइडर्सले २० दिनमा ७००० किलोमिटर भन्दा बढी दुरीको यात्रा तय गर्नेछन्। यसले हाम्रो सबैभन्दा सफल प्रिमियम बाइक टीभीएस अपाचे प्रतिको राइडरहरूको प्रेम र विश्वासलाई साथै उनीहरू भित्र रहेको हिम्मतलाई प्रस्ट पार्दछ।

७००० किलोमिटरको लामो मार्क्यु यात्राका बारेमा राडडर सागर थापा आफ्ना अनुभव यसरी सुनाउँछन्, ‘७००० किलोमिटर लामो यात्रा गर्न सहज थिएन। यात्रा शारीरिक र मानसिक दुवै हिसाबले चुनौतीपूर्ण थियो। बाइस दिने यो यात्रा मलाई जीवनभर याद रहनेछ। नेपाल र भारतको फरक भुगोल, कला संस्कृति र खानपानको अनुभव गर्न पाइयो। यसै यात्रा मार्फत नेपाल भारत र बङ्गलादेशका राइडरसँग चिनजान पनि बढ्यो। टीभीएसले मलाई नयाँ सम्बन्धहरू गाँस्‍न सघाएको छ। यस यात्रा भन्दा पहिले म सोच्थेँ कि २०० सिसिको बाइकमा यति लामो यात्रा असम्भव छ तर त्यो असम्भवलाई यस यात्रा र मेरो टीभीएस २०० ले सम्भव बनाइदियो।’

उनले थपे, ‘यात्राकै क्रममा भारतको गोवामा भएको टीभीएस मोटो सोल जस्तो भव्य कार्यक्रम पनि हेर्न मौका पाएँ। जहाँ बाइक स्टन्ट लगायत अन्य अरु बाइकिङका कार्यक्रम पनि भएका थिए। माइसोरमा रहेको टीभीएस फ्याक्ट्रीको भ्रमण झनै यादगार थियो। आफूले चढ्ने बाइक कसरी र के प्रविधिको प्रयोगबाट बन्छ भनेर हेर्न पाउँदा अनि सन् १९८२ देखिको इतिहास बोकेको टीभीएसलाई नजिकबाट हेर्न पाउँदा मलाई निकै खुसी लागेको छ। म टीभीएस नेपाल टीभीएस भारत र टीभीएस बङ्लादेशलाई यो अवसर जुराइदिएकोमा विशेष धन्यवाद दिन चाहन्छु।’

null

विज्ञापन र पीएसए मार्फत कार्यक्रमलाई सहयोग गरेर नेपाल पर्यटन बोर्डले पनि यस अभियानलाई प्रभावकारी बनाउन ठूलो योगदान पुर्याएको थियो। नेपालका विभिन्न पर्यटकीय गन्तव्यहरूलाई भारतमा प्रचार गर्न र भारतीय राइडरहरूलाई नेपाल भ्रमणका निम्ति प्रोत्साहन गर्न भारत यात्रामा निस्किएको एओजी टिमलाई नेपाल पर्यटन बोर्डको यो कदमले निकै प्रोत्साहन गरेको थियो ।

टीभीएस एपाचे सिरिजका १६०, २०० र ३१० सिसिका बाइक लिएर ७००० किलोमिटर लामो यात्रामा निस्किएको एओजी टिमका सम्पूर्ण राइडरहरूले आफुले चलाएको बाइकको खुलेर प्रशंसा पनि गरे। आरामदायी बाइक पाएकाले यात्रामा शारीरिक समस्या कम भएको र बाइको उत्कृष्ट ब्रेकिङ, पिकअप पावर, ह्यान्डलिङ अनि माइलेजले गर्दा ठूला ठूला राजमार्गमा यात्रा गर्न सहज भएको राइडरहरूको भनाइ थियो। नेपालबाट यात्रा शुरु गरेको एओजी टिमले भारतको रक्सौलमा भारतीय राइडर र बिहारमा बंगलादेशका राइडरहरूलाई भेटेर यात्रालाई अघि बढाएका थिए।

null

राइडकै क्रममा एओजी टिमका सदस्यले फागुन १९ र २० गते गोवामा आयोजना भएको मोटोसोल अल्टिमेट बाइकिङ फेस्टिभलमा पनि सहभागिता जनाए। भारतकै ठूलो मानिने उक्त फेस्टिभलमा विभिन्न बाइकिङ गतिविधिहरूका साथै टीभीएसका उत्कृष्ट बाइक, बाइकिङ पोशाक, र प्रविधिहरूको प्रदर्शनी गरिएको थियो। यस्ता राइड मार्फत टीभीएसले नेपाली राइडरलाई यात्राको अवसर दिने मात्र नभएर बाइकिङ क्षेत्रमा भइरहेका नयाँ परिवर्तनका बारेमा पनि जानकार बनाउन सहयोग गरेको छ। राइट टु ‌ओरिजिन नारा लिएर टीभीएस बाइकको निर्माण हुने ठाउँ माइसोर सम्म पुगेर बाइकको निर्माण प्रकियालाई हेर्ने मौका पाएका राइडरहरू यस्तो मौका दिलाइदिएकोमा टीभीएस नेपाल प्रति आभारी रहेको बताउँछन्।

फागुन ११ गते काठमाडौं बाट शुरु भएको २२ दिने मार्क्यु राइड भारतको रक्सौल, गया, राउरकेला, छत्तिसगढ, गोंदिया, अमरावती, औरंगाबाद, सातारा, गोवा, उडुपी, माईशुरु, बंगलौर, तिरुपति, विजयवाड़ा, विशाखपटनम, ब्रह्मपुर, भद्रक, कोलकाता, भागलपुर, बाट रक्सौल हुँदै काठमाडौंमै आएर समाप्त भएको थियो।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x