×

NMB BANK
NIC ASIA

सरसर्ती २४ घण्टा

सत्ता गठबन्धनलाई अप्ठ्यारोमा पार्ने एमालेको नीति, कोशी प्रदेशमा ढल्दै सरकार

काठमाडाैं | जेठ २४, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका रेशम चौधरी विरुद्धको रिटमा सर्वोच्च अदालतले अग्राधिकारसहित कारण देखाऊ आदेश दिएको छ ।

Muktinath Bank

सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले विपक्षीहरूको नाममा कारण देखाऊ आदेश जारी गर्दै मुद्दालाई अग्राधिकार दिने आदेश दिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

टीकापुर घटनामा मारिएका सशस्त्र प्रहरीका इन्सपेक्टर केशव बोहोराकी पत्नी शारदा कडायतले दायर गरेको रिटमा सर्वोच्चबाट आदेश भएको छ ।
००००
केन्द्रदेखि प्रदेशका सत्ताबाट हात धुनुपरेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अहिले विपक्षी मोर्चालाई थप बलियो बनाउन खोजेको सन्देश दिएको छ । तर, उसको शैली व्यावहारिक र रचनात्मकभन्दा आक्रामक खालको बढी छ जसले संसद्लाई विधि, प्रक्रिया, मर्यादामा चलाउन दिएको छैन ।
अझ सभामुख देवराज घिमिरे आफ्नै पार्टीबाट भएको फाइदा उठाउँदै एमालेले सत्तारुढ गठबन्धनलाई थप दबाब र अप्ठ्यारोमा पार्ने नीति लिएको देखिन्छ । प्रतिनिधिसभाका पछिल्ला बैठकमा एमालेका प्रस्तुति र अग्रसरताले यी विषयलाई प्रष्टै देखाएका छन् ।


Advertisment
Nabil box
Kumari

अघिल्लो दिनको बैठकमा प्रधानमन्त्रीको भारत भ्रमण र नागरिकता विधेयकलाई लिएर हंगामा गरेको एमालेले मंगलबार फेरि बजेटमा करको दायरा हेरफेर भएको भनिएको विषयमा लफडा निकाल्यो । 

Vianet communication
Laxmi Bank

तर, अर्थमन्त्री डा प्रकाशशरण महतले बजेट बनाउने क्रममा इमान्दारिताभन्दा बाहिर गएर करका दर हेरफेर नगरेको प्रष्टीकरण दिएपछि एमाले शान्त भयो । 

अर्थमन्त्री भएर अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि आफूले इमान्दार भएर काम गरेको महतको प्रष्टीकरण थियो ।  उनले आगामी आर्थिक वर्षको बजेट बनाउन आफूले कुनै पनि प्रभावबाट मुक्त भएर पारदर्शी ढंगबाट काम गरेको दाबी गरे । उनले अर्थ मन्त्रालयका कर्मचारीकै रूपमा रामकृष्ण श्रेष्ठलाई करका दर टाइप गर्न दिएको बताए ।
००००
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक आगामी वर्षको बजेट सच्याउन सरकारसँग आग्रह गरेका छन् । बजेट सच्याए सरकार असफल भयो भनेर आफूहरूले नभन्ने अध्यक्ष ओलीको भनाइ छ ।

मंगलवार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले सत्तारूढ दलहरूले बजेटमा कमा र पूर्णबिराम पनि सच्याउन नचाहे परिणामले अहंकारलाई झारिदिने चेतावनी दिए ।
००००
नक्कली शरणार्थी प्रकरणमा जारी थुनछेक बहसका क्रममा मंगलवार नयाँ विषयले प्रवेश पायो ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा जारी बहसमा एक वकिलले सोही अदालतको पुरानो नजिर पेश गर्दै यसमा मुछिएका अन्य पात्रलाई पक्राउ गर्नुपर्ने माग गरे ।

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकार डा अजय क्रान्ति शाक्य, उनका स्वकीय सचिव राजेश बज्राचार्य, नेपाली कांग्रेसकी सांसद आरजु देउवा, मञ्जु खाँण, तत्कालीन गृहसचिव महेश्वर न्यौपाने, बिचौलिया बेचन झासहितलाई पक्राउ गरी छानबिन गर्न थुनछेक बहसकै क्रममा आदेश गर्न सकिने उनको तर्क थियो ।
००००
नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।  मंगलवार बिहान बसेको माओवादी प्रदेश कमिटिका पदाधिकारी र संसदीय दलका नेता इन्द्र आङवोसहितको बैठकले सरकालाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको हो ।
समर्थन फिर्ता लिँदै मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको कोशी प्रदेशका सह इन्चार्ज सावित्रिकुमार काफ्लेले जानकारी दिए ।
००००
कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएपछि हिक्मतकुमार कार्की सरकारले अध्यादेशबाट बजेट ल्याउने तयारीमा थालेको छ । 
माओवादी सरकारबाट फिर्ता भएसँगै अल्पमतमा परेको सरकारले बुधवार संसद्मा नीति तथा कार्यक्रम पेस गर्ने  तयारी गरेको थियो ।
००००
यस सिजनमै डेब्यु गरेको चर्च ब्वाइजले एक चरणको खेल बाँकी छँदै शहीद स्मारक लिग ए डिभिजनको उपाधि जितेको छ । 
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा मंगलवार भएको खेलमा चर्च ब्वाइजले थ्रीस्टारसँग गोलरहित बराबरी खेल्दै शहीद स्मारक लिग ए डिभिजनको उपाधि जितेको हो ।
००००
मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएको छ ।  प्रदेशसभा बैठकमा प्रदेश प्रमुख हरिशंकर मिश्रले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
००००
काठमाडौं महानगरपालिकाले नियमानुसार छात्रवृत्ति उपलब्ध गराउन अटेर गर्ने विद्यालयको सूची सार्वजनिक गरेको छ । महानगरले सोमवार नियमानुसार छात्रवृत्ति उपलब्ध नगराउने ३४२ वटा विद्यालयको सूची प्रकाशित गरेको हो ।
००००
नेप्से परिसूचक २५ दशमलव ६६ अङ्कले बढेको छ ।
आजको कारोबारमा नेप्से परिसूचक एक दशमलव ३५ प्रतिशतले बढेर एक हजार नौ सय २७ दशमलव ६५ अङ्कमा पुगेको छ ।


 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x