असोज ३०, २०८०
चाइना मोबाइल कम्युनिकेसन्स कर्पोरेशन लिमिटेड (चाइना मोबाइल) र ह्वावेले सगरमाथा (तिब्बती नामः माउन्ट कोमोलाङ्मा) मा हालै पर्यटक आधार शिविर र होटलको लागि एफटीटीआर–बी नेटवर्क सफलतापूर्वक स्थापना गरेका...
काठमाडाैं | जेठ २४, २०८०
नेपाल टेलिकम तीव्र गतिको मोबाइल इन्टरनेट फाइभजी प्रविधिमा प्रवेश गरिसकेको छ । फाइभजीको आन्तरिक परीक्षण गरेर व्यावसायिक प्रयोग गर्न उपयुक्त समयको पर्खाइमा टेलिकम छ । तर टेलिकमका ५८ लाख ७० हजार प्रयोगकर्ता भने अझै थ्रजी प्रविधिमै छन् ।
टेलिकमको सेवा प्रयोग गरेर मोबाइल इन्टरनेट (डेटा) प्रयोग गर्नेको संख्या १ करोड ८२ लाख भन्दा बढी छ । यसमध्ये अहिलेसम्म १ करोड २३ लाख भन्दा बढीले फोरजी डेटा प्रयोग गरिरहेका छन् भने अझै ५८ लाख प्रयोगकर्ता थ्रीजी मै रहेका नेपाल दूरसञ्चार प्राधिकरणले वैशाखमा सार्वजनिक गरेको फागुनसम्मको तथ्यांकले देखाएको छ ।
टेलिकमको थ्रीजी नेटवर्कमा चल्ने इभीडीओका प्रयोगकर्ता पनि १ लाख ३६ हजार छन् । टेलिकमका प्रवक्ता शोभन अधिकारीका अनुसार पुरानो प्रविधि भए पनि ग्राहकले अझै प्रयोग गरिरहेकाले टेलिकमले इभीडीओको सेवा दिँदै आएको हो । यो प्रविधि टेलिकमले विस्थापन गर्दै गरेको सीडीएमए प्रविधिको सीमकार्डबाट चल्छ । ग्राहकले रुचाएर चलाइरहेको र सन्तुष्ट ग्राहकलाई सेवा दिइरहनुपर्ने दायित्व भएर इभीडीओ पनि सञ्चालनमा रहेको टेलिकमले जानकारी दिएको छ ।
पछिल्लो समय सबैतिर फोरजी चल्छ । फोरजीबाट इन्टरनेट चलाउँदा पनि प्याकेज लिन सकिने, थ्रीजीको तुलनामा गति तीव्र हुने र तुलनात्मक रूपमा महंगो पनि नभएकाले ५८ लाख टेलिकमका ग्राहक थ्रीजीमै सीमित छन् ।
टेलिकमका सहप्रवक्ता परमात्मा भट्टराईका अनुसार पुराना ग्राहकले आफूलाई अपडेट नगराएको, पुरानो सीमकार्ड हुनेले परिवर्तित नयाँ सीम नलिएको र थ्रीजीमै केही ग्राहक सन्तुष्ट रहेकाले फोरजीमा अपडेट नहुँनेको संख्या ५८ लाख कायम भएको हो ।
पछिल्लो समय वितरण हुने सबै सीम फोरजीकै हुने गरेको भए पनि ग्राहकले प्रयोग गर्ने सेटका कारण थ्रीजीका प्रयोगकर्ताको संख्या ठूलो देखिएको उनका बुझाई छ ।
उनका अनुसार विस्तारै ग्राहकले आवश्यकताका आधारमा अफूलाई अपडेट गर्दै जाँदा फोरजी प्रयोगकर्ताको सख्या बढ्दै जाने र थ्रीजीको घट्दै जानेछ ।
टेलिकमका २ करोड ८ लाख प्रयोगकर्ता पुगेका छन् । ब्रोडब्याण्ड प्रयोगकर्तासमेत गरेर इन्टरनेट प्रयोग गर्नेको संख्या भने १ करोड ९६ लाख पुगेको छ । यसमध्ये तारको माध्यमबाट विस्तार भएको एडीएसएलका प्रयोगकर्ता २ लाख ८१ हजार र एफटीटीएचका प्रयोगकर्ता ९ लाख ७३ हजार रहेका टेलिकमले जनाएको छ ।
चाइना मोबाइल कम्युनिकेसन्स कर्पोरेशन लिमिटेड (चाइना मोबाइल) र ह्वावेले सगरमाथा (तिब्बती नामः माउन्ट कोमोलाङ्मा) मा हालै पर्यटक आधार शिविर र होटलको लागि एफटीटीआर–बी नेटवर्क सफलतापूर्वक स्थापना गरेका...
नेपाल टेलिकमले चाडपर्व अफर उपलब्ध गराउने भएको छ । नेपालीहरूको महान चाड दशैं, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरूको अवसरमा नेपाल अफर उपलब्ध गराउने टेलिकमले जनाएको छ । यस अन्तर्गत कम्पनीका ग्राहक...
ओटीटी (ओभर द टप) प्रति कोभिड–१९ नियन्त्रणका लागि गरिएको लकडाउनका समयमा निकै आकर्षण बढ्यो । घरमै रहन बाध्य दर्शकले मनोरञ्जनको विकल्पका रूपमा ‘डिजिटल प्लेटफर्म’ रोजे । अन्तर्राष्ट्रियरूपम...
हाम्रो पात्रो मोबाइल एपभित्र रहेको डिजिटल वालेट ‘हाम्रो पे’बाट भुक्तानी गर्दा अब ‘कोइली’ कराउने भएको छ । बिज क्राफ्ट कम्पनीले तयार पारेको ‘कोइली’ नामक अडियो उपक...
नेपाल टेलिकमले अटम अफर सार्वजनिक गरेको छ । असोज २५ गते बहिीवारदेखि लागू हुनेगरी टेलिकमले अटम अफर सार्वजनिक गरेको हो । यस अफर अन्तर्गत कम्पनीले विभिन्न भ्वाइस तथा डाटा प्याक अझ आकर्षक बनाइएको कम्पनीले ज...
काठमाडौंको द ब्रिटिस कलेज (टीबीसी) र प्रिक्सा टेक्नोलोजीबीच साझेदारी (एमओयूम) मा हस्ताक्षर भएको छ । आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा मेसिन लर्निङलाई शिक्षासँग जोड्न ब्रिटिस कलेज र प्रिक्सा टेक्नोलोजीबीच रणनी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...