×

Dabur
MG

मुख्यमन्त्रीले राजीनामा दिएर नयाँ सरकार गठनको बाटो खुला गरिदिनुपर्छ : कांग्रेस

विराटनगर | जेठ २४, २०८०

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

नेपाली कांग्रेसले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिएर नयाँ सरकार गठनका लागि बाटो खुल्ला गरिदिनुपर्ने बताएको छ । 

yONNEX
Sagarmatha Cement

अल्पमतमा परेको सरकारले अध्यादेशमार्फत बजेट ल्याउनुभन्दा नयाँ सरकारलाई मार्गप्रशस्त गरिदिनुपर्ने कांग्रेसले जनाएको छ ।


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

‘सरकारले बजेट अधिवेशन अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याउन लागेको छ,’ नेपाली कांग्रेस कोशी प्रदेशसभा संसदीय दलका नेता उद्धव थापाले भने, ‘अल्पमतमा पर्ने बित्तिकै बिजनेश अभाव भएको भन्दै सदन अनिश्चितकालका लागि स्थगन गर्न हुँदैन ।’


Advertisment
Kumari
Saurya island
Pardeshi

बुधवार बसेको कांग्रेस संसदीय दलको बैठकले अहिलेको सरकारले सदनलाई बन्धक बनाएको निष्कर्ष निकालेको उनले बताए । मुख्यमन्त्री कार्कीले राजीनामा दिएर नयाँ सरकारका लागि मार्गप्रशस्त गरिदिनुपर्ने उनले बताए ।

Vianet communication
Laxmi Bank

सरकारबाट नेकपा माओवादी केन्द्र र जसपा बाहिरिएपछि अल्पमतमा परेको सरकारले बुधवार संसद्मा नीति तथा कार्यक्रम पेश गर्ने तयारी गरेको थियो । सरकारको अंकगणितमा तलमाथि परेको भन्दै सरकारले नीति तथा कार्यक्रम संसद्मा पेश गर्न नसक्ने भएको भन्दै बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

अल्पमतमा परेपछि बिजनेश नै अभाव देखाएर प्रदेशसभा बैठक समेत अनिश्चितकालका लागि स्थगित गरिएको कांग्रेसको आरोप छ ।

सदनलाई बन्धक बनाउनुभन्दा अगाडि नै राजीनामा दिएर बाटो खुला गर्नुपर्ने कांग्रेसको भनाइ छ । अहिले नै अध्यादेशबाट बजेट ल्याउने भन्ने टुंगोमा सरकार पुगी नसकेको मुख्यमन्त्री कार्कीको बताए । आर्थिक मामिला तथा योजना मन्त्रालय समेत आफैंसँग राखेका मुख्यमन्त्री कार्कीले दलहरूसँग छलफल गरेर सहमति जुटाएर संसद्बाटै बजेट ल्याउन प्रयास गर्ने बताएका छन् । उनले सहमति नजुटे अध्यादेशमार्फत नै बजेट ल्याउने बताए ।

‘बजेट नयाँ सरकारलाई पनि चाहिन्छ,’ मुख्यमन्त्री कार्कीले भने, ‘अहिलेको सरकारले ल्याएको बजेट चित्त नबुझे परिवर्तन गर्न पनि सकिन्छ ।’
 

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज १२, २०८०

नेकपा एमाले बागमती प्रदेशको निर्वाचनमा कुल ११३१ मत खसेको छ । पार्टी कार्यालय च्यासलमा शुक्रबार राति सम्पन्न मतदानमा कुल ११३१ मत खसेको  मुख्य निर्वाचन अधिकृत डिल्ली मैनालीले जानकारी दिए । उनले मतदानमा ३२&...

असोज १२, २०८०

नेकपा एमाले कर्णाली प्रदेश अध्यक्षमा प्रेम बहादुर सिंहले उम्मेदवारी दिएका छन् । एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्रीसमेत रहिसकेका सिंहले शुक्रबार आफ्नो मनोनयन दर्ता गराएका हुन् ।  महाबै गाउँपालिका&ndash...

असोज १२, २०८०

नेकपा (एमाले) कोशी प्रदेश कमिटीको प्रथम अधिवेशनको बन्द सत्रले केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज रघुवीर महासेठको नेतृत्वमा अध्यक्षमण्डल गठन गरेको छ । महासेठको नेतृत्वमा शुक्रवार ११ सदस्यीय अध्यक्षमण्डल गठन गरिएको हो ...

असोज १२, २०८०

 नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कांग्रेस बनाउन नयाँ पुस्ताका नेताहरू परिवर्तन भएर लाग्नुपर्ने बताएका छन् । ‘अब ७८ वर्ष भएका शेरबहादुर देउवा (सभा...

असोज १२, २०८०

नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । शुक्रवार बसेको बैठकले कांग्रेसले विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।  मुख्यमन्त्री भएको मितिले २...

असोज १२, २०८०

पहिलोपटक अभ्यास गरेको प्रदेश संरचनाको नेतृत्वमा सर्वसम्मतिबाट नेतृत्व चयन गर्न अध्यक्ष केपी शर्मा ओलीले दिएको निर्देशन एकपछि अर्को प्रदेशमा तोडिएको छ ।  ओलीले कुनै पनि हालतमा सहमति गर्न दबाब दिएको लुम्बिन...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x