असोज ११, २०८०
एकदिवसीय (ओडीआई) विश्वकप खेल्न बाबर आजमको कप्तानीमा आएको पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीलाई भारतमा ‘न्यानो’ स्वागत गरिएको छ । बुधवार साँझ गुजरातस्थित हैदराबाद पुगेको पाकिस्तानी टोलीलाई त्यहाँ ...
साविक विजेता मच्छिन्द्र फूटबल क्लबले शहीद स्मारक ए डिभिजन लिगमा बुधवार हिमालयन शेर्पामाथि ३–१ को जीत निकालेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रले हिमालयन शेर्पा क्लबमाथि ३–१ को जीत निकाल्दै चर्च ब्वाईजसँगको अग्रता छोट्याएको हो ।
जीत हात पार्ने क्रममा मच्छिन्द्रले पहिलो हाफमा १ गोलको अग्रता लिएको थियो भने दोस्रो हाफमा थप २ गोल गर्दै १ गोल खान पुगेको थियो । मच्छिन्द्रका लागि विमल घर्ती मगरले १ तथा आफिज ओलावालेले २ गोल गरे । हिमालयनका पिस्टोन मुटुम्बाले १ गोल सान्तोवना गोल फर्काएका थिए ।
हिमालयन शेर्पामाथि शुरूआतबाट नै हाबी हुँदै खेलेको मच्छिन्द्रले २६औं मिनेटमा विमलको गोलबाट अग्रता लिएको थियो । पुजन उपरकोटीको क्रसमा विमलले हेडरमार्फत उत्कृष्ट गोल गरेका थिए ।
खेलको ६८औं मिनेटमा ओलावालेले गोल गर्दै मच्छिन्द्रको अग्रता २–० को बनाउँदा ७७औं मिनेटमा ओलावालेले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता ३–० मा पुर्याएका थिए । ओलावालेकोे जारी लिगमा २०औं गोल पनि पूरा भएको छ । हिमालयनका ओबयोमी फान्कुले पेनाल्टी क्षेत्रमा ओलावालेलाई फउल गर्दै लडाएपछि मच्छिन्द्रले पेनाल्टी पाएको थियो ।
खेलको अन्तिम १० मिनेट दुवै टोली १० खेलाडीमा समेटिएका थिए । खेलको ८२औं मिनेटमा मच्छिन्द्रका गोलकिपर विशाल श्रेष्ठले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए । ८५औं मिनेटमा निशान लिम्बूले रातो कार्ड पाएपछि हिमालयन पनि १० खेलाडीमा समेटिएको थियो । विपक्षी खेलाडीसँग झगडा गरेपछि उनलाई रातो कार्ड दिएर मैदान बाहिर पठाइएको थियो ।
त्यसपछि खेलको ९०औं मिनेटमा हिमालयनका पिस्टोनले फ्रिकिकमार्फत गोल गरेपनि मच्छिन्द्र ३–१ ले विजयी भयो । मच्छिन्द्रको यो ११औं जीत हो । जीतसँगै मच्छिन्द्रले २५ खेलमा ४२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । हिमालयनले २५ खेलमा ३१ अंक जोडेको छ ।
लिगअन्तर्गत बुधवार नै भएको अर्को खेलमा न्युरोड टीम (एनआरटी)ले मनाङलाई १–० ले स्तब्ध बनायो । स्पष्ट जीत निकाल्ने क्रममा एनआरटीका दिपेश आले मगरले १७औं मिनेटमा गरेको गोल निर्णायक बनेको थियो । यससँगै एनआरटीले जारी सिजनमा आठौं जीत निकाल्न सफल भएको छ । एनआरटीले २५ खेलमा ३३ अंक जोडेको छ । पराजित मनाङले २५ खेलमा ३२ अंक जोडेको छ ।
एकदिवसीय (ओडीआई) विश्वकप खेल्न बाबर आजमको कप्तानीमा आएको पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीलाई भारतमा ‘न्यानो’ स्वागत गरिएको छ । बुधवार साँझ गुजरातस्थित हैदराबाद पुगेको पाकिस्तानी टोलीलाई त्यहाँ ...
चीनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत ब्याडमिन्टनतर्फ नेपालको पुरुष टिम विजयी भएको छ । नेपाली टोलीले मंगोलियालाई हराएको हो । हान्झाउमा बिहीवार भएको खेलमा नेपालले मंगोलियालाई अन्तिम १६ को खेलमा ३&ndash...
प्रिन्स दाहाल सम्मिलित नेपालको पुरुष ब्याडमिन्टन टोली हानझाओमा जारी १९औं एशियाली खेलकुदको पुरुष टिम प्रतिष्पर्धाबाट बाहिरिएको छ । बिनजियाम जिम्नाजियममा शुक्रवार भएको क्वार्टरफाइनलमा नेपाली टोली भारतसँग २&nd...
१९औं एसियाली खेलकुदमा मङगोलियाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरी र कुशल मल्ललाई रोयल ब्लूले सम्मान गर्ने भएको छ । उनीहरूको अविश्वसनीय उपलब्धिको कदरस्वरूप दुवै जनालाई २/२ लाख&...
१९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत टेबल टेनिसतर्फ आज भएको खेलमा नेपालका सिक्का सुवाल श्रेष्ठ र नविता श्रेष्ठ पराजित भएका छन् । गोन्सु क्यानल स्पोर्टस् सेन्टरमा महिला एकलतर्फ नेपालकी सिक्का जापानी खेलाडी मि...
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एसियाली खेलकुदअन्तर्गत मंगोलियाविरुद्धमा विभिन्न कीर्तिमान बनाउँदै भारतीय क्रिकेटरका समेत ‘रेकर्ड’ तोडेका नेपाली खेलाडीहरूलाई बधाई दिएका छन् । उनले बिहीवार...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...