असोज ११, २०८०
१९औं एसियाली खेलकुदमा मङगोलियाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरी र कुशल मल्ललाई रोयल ब्लूले सम्मान गर्ने भएको छ । उनीहरूको अविश्वसनीय उपलब्धिको कदरस्वरूप दुवै जनालाई २/२ लाख&...
काठमाडाैं | जेठ २५, २०८०
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको तेस्रो दिनमा राष्ट्रिय टिमका खेलाडी एमेच्योर सद्भाव आचार्य दुई स्ट्रोकको अग्रतासहित शीर्षस्थानमा रहेका छन् । सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत अन्तिम प्रतियोगिताको खेलमा अन्तिम १८ होलको खेल बाकी छँदा सद्भावले एकल अग्रता बनाएका हुन् ।
सद्भावले तेस्रो दिन पनि ७–अन्डर ६५ को उत्कृष्ट स्कोर निकाले । समग्रमा १६–अन्डर २०० को सानदार स्कोरमा नेपाल नम्बर एक एमेच्योर खेलाडी सुवास तामाङलाई दुई स्ट्रोकले पछि पारे । दोस्रो दिनका संयुक्त लिडर सुवास ५–अन्डर ६७ खेल्दै समग्रमा १४–अन्डर २ सय २ को स्कोरमा दोस्रो स्थानमा तल झरे। प्रोफेसनल गल्फरहरूलाई पछि पार्दै दुई एमेच्योर खेलाडीले अन्तिम १८ होलको खेल बाकी छँदा दाबेदारी प्रस्तुत गरेका छन् ।
२–अन्डर ७० को कार्ड बनाएका धरानका नीरज तामाङ समग्रमा ८–अन्डर २ सय ८ सहित तेस्रो स्थानमा छन्। डिफेन्डिङ च्याम्पियन तथा नम्बर एक प्रो शुक्र बहादुर राईले तेस्रो दिन १–अन्डर ७१ को स्कोर गरे। समग्रमा ७–अन्डर २ सय ९ सहित उनी चौथो स्थानमा रहेका छन् । शुक्र लिडर सद्भाव भन्दा नौ स्ट्रोकले पछि परिसकेका छन् ।
समग्रमा ५–अन्डर २ सय ११ को स्कोरमा दिनेश प्रजापति र भुवन नगरकोटीले संयुक्तरुपमा पाँचौ स्थान बाँडे । आज दिनेशले ४–अन्डर ६८ र भुवनले १–अन्डर ७१ मा खेल सकाए। इभन–पार ७२ को स्कोरमा समग्रमा ३–अन्डर २ सय १३ सहित जयराम श्रेष्ठ सातौं स्थानमा रहे । पूर्णप्रसाद शर्मा र शिवराम पौडेलले समग्रमा २–अन्डर २ सय १४ सहित संयुक्तरुपमा आठौं स्थान बाँडे । पुर्णले ६–अन्डर ६६ र शिवरामले १–ओभर ७३ मा तेस्रो दिनको खेल सकाए। ३–ओभर ७५ को स्कोर निकालेका तोरण बिक्रम शाही समग्रमा १–अन्डर २ सय १५ सहित १०औं स्थानमा छन् ।
एमरच्योरतर्फ भने वाङचेन ढोन्डुप तेस्रो स्थानमा रहेका छन् । आज दुई ओभर ७४ खेलेका उनले समग्रमा ३–ओभर २ सय १९ स्कोर बनाए ।
युवा गल्फर सद्भावले लगातार दोस्रो दिन ७–अन्डर ६५ को नतिजा निकाल्ने क्रममा फ्रन्ट नाइन २–अन्डर ३४ मा सकाए । सद्भावले पहिलो, तेस्रो, पाँचौं र नवौं होलमा बर्डी प्रहार गरे भने दोस्रो र छैटौं होलमा बोगी खेपे । यसपछि ब्याक नाइनमा लोभलाग्दो प्रदर्शन गर्दै ११औं, १२औं, १४औं, १५औं र १६औं होलमा पाँच बर्डी प्रहार गरे। उनले ब्याक नाइन ५–अन्डर ३१ मा सकाए ।
सुवासले फ्रन्ट नाइन ४–अन्डर ३२ मा सकाउने क्रममा पहिलो, तेस्रो, चौथाें, सातौं र नवौं होलमा एक–एक सट बचाए । छैटौं होलमा बोगी प्रहार गरे । ब्याक नाइन भने १–अन्डर ३५ मा पूरा गरे । १२औं, १६औ र १८औं होलमा बर्डी प्रहार गरेपनि १०औं र १४औं होलमा एक–एक सट खेर फाले ।
नीरजले फ्रन्ट नाइनमा आज पनि उत्कृष्ट प्रदर्शन गरे । पहिलो, तेस्रो, चौथो, सातौं र नवौं होलमा बर्डीको सफलता प्राप्त गर्दै फ्रन्ट नाइन ५–अन्डर ३१ मा सकाए। ब्याक नाइनमा उनले लय गुमाए । ११औं र १२ औं होलमा एक–एक सट बचाए। तर १४औं र १६औं होलमा बोगी खेप्दा १५औं होलमा ट्रीपल बोगी प्रहार गरे ।
शुक्रले फ्रन्ट नाइन १–अन्डर ३५ र ब्याक नाइन इभन–पार ३६ मा सकाए। उनले पहिलो, चौथों, नवौं, १५औं र १७औं होलमा एक–एक सट बचाए। सातौ, आठौं, ११औं र १३औं होलमा बोगी खेपे ।
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको अन्तिम १८ होलको खेल भोलि हुनेछ ।
प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालद्वारा आयोजित तथा सूर्य नेपाल प्रालिद्वारा प्रयोजित प्रतियोगितामा ४१ प्रोफेसनल र नौ एमेच्योर गरी कुल ५० खेलाडीको सहभागिता रहेको छ । कुल १५ लाख २० हजार नगद पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले २ लाख ७० हजार प्राप्त गर्नेछ ।
१९औं एसियाली खेलकुदमा मङगोलियाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरी र कुशल मल्ललाई रोयल ब्लूले सम्मान गर्ने भएको छ । उनीहरूको अविश्वसनीय उपलब्धिको कदरस्वरूप दुवै जनालाई २/२ लाख&...
एकदिवसीय (ओडीआई) विश्वकप खेल्न बाबर आजमको कप्तानीमा आएको पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीलाई भारतमा ‘न्यानो’ स्वागत गरिएको छ । बुधवार साँझ गुजरातस्थित हैदराबाद पुगेको पाकिस्तानी टोलीलाई त्यहाँ ...
गोरखा– लिगलिगकोट राजा छनोट गर्न लागि हरेक वर्ष आयोजना गर्ने गरिएको लिगलिगे दौड प्रतियोगितामा सहभागी हुन चाहाने खेलाडीका लागि यस वर्ष अनलाइनमार्फत फारम भर्न खुला गरिएको छ । लिगलिग विकास अभिय...
१९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत टेबल टेनिसतर्फ आज भएको खेलमा नेपालका सिक्का सुवाल श्रेष्ठ र नविता श्रेष्ठ पराजित भएका छन् । गोन्सु क्यानल स्पोर्टस् सेन्टरमा महिला एकलतर्फ नेपालकी सिक्का जापानी खेलाडी मि...
प्रिन्स दाहाल सम्मिलित नेपालको पुरुष ब्याडमिन्टन टोली हानझाओमा जारी १९औं एशियाली खेलकुदको पुरुष टिम प्रतिष्पर्धाबाट बाहिरिएको छ । बिनजियाम जिम्नाजियममा शुक्रवार भएको क्वार्टरफाइनलमा नेपाली टोली भारतसँग २&nd...
चीनको हान्झाउमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत इस्पोर्ट्सको पिस एलिस एसियन गेम्स भर्सन(पब्जी) मोबाइलमा नेपाली टोली सेमिफाइनल प्रवेश गरेको छ । चाइना हाङझाउ इस्पोर्ट्स सेन्टरमा आज भएको क्वाटरफाइनल ख...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...