×

NMB BANK
NIC ASIA

राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुुला ब्याडमिन्टनको उपाधि एपीएफका प्रिन्स दाहाललाई

काठमाडाैं | जेठ २५, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

‘१६औं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुुल्ला ब्याडमिन्टन प्रतियोगिता २०८०’को पुरुष एकलतर्फको उपाधि नेपाल एपीएफ क्लबका प्रिन्स दाहालले जितेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

बिहीवार भएको फाइनल खेलमा प्रिन्स दाहालले त्रिभुवन आर्मी क्लबका रुकेश महर्जनलाई २१–११ र  २१–११ ले पराजित गरी उपाधि जितेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा आयोजित प्रतियोगिताको समापन समारोहमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विजयी खेलाडीहरूलाई शिल्ड, पदक, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरे ।


Advertisment
Nabil box
Kumari

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले प्रतियोगिता सञ्चालनमा सहयोग पुर्‍याउने विभिन्न संघ संस्था, रेफ्री तथा अफिसियलहरूलाई समेत प्रशंसा पत्र तथा मायाको चिनो प्रदान गरे । 

Vianet communication
Laxmi Bank

बिहीवार भएको महिला एकलतर्फको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबकी रसिला महर्जनले नेपाल एपीएफ क्लबकी जेसिका गुरुङलाई २१–१९, १५–२१ र २१–१७ ले पराजित गरी उपाधि हात पारेकी छन् ।

१९ वर्षमुनि अन्तर्गत नेपाल एपीएफ क्लबका क्षितिज खनालले एपीएफ क्लबकै रोशन साउँदलाई १३–२१, २१–१७, २१–१८ ले पराजित गरी उपाधि जितेका छन् । अन्डर टुभेल ब्वाइज अन्तर्गतको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबका रीजन मगरले त्रिभुवन आर्मी क्लबकै सुदेश राजकोटीलाई २४–२२, २१–१८ ले पराजित गरी उपाधि जितेका छन् ।

यसैगरी मेन्स डबलतर्फ नेपाल एपीएफ क्लबका प्रिन्स दाहाल र विजीत थापा मगरले नेपाल पुलिस क्लबका जीवन आचार्य र बिष्णु कटुवाललाई २१–१८, २१–१३ ले पराजित गरी उपाधि जित्न सफल भएका छन् । वुमेन्स डबलतर्फको खेलमा त्रिभुवन आर्मी क्लबका रशीला महर्जन र अनुमाया राईले नेपाल एपीएफ क्लबका जेशीका गुरुङ र सुनैना मुखियालाई २१–१६, २१–१२ ले पराजित गरी उपाधि जित्न सफल भएका छन् भने मिक्स डबलतर्फ नेपाल एपीएफ क्लबका प्रिन्स दाहाल र जेसिका गुरुङले नेपाल एपीएफ क्लबकै विजीत थापा मगर र शोभा गौचनलाई २३–२१, २२–२० ले पराजित गरी फाइनल खेल जित्न सफल भएका छन् ।

५५ वर्षमाथिका भेट्रान्सतर्फ चितवनका बुद्धी चौधरी र धादिङका विष्णुलाल श्रेष्ठले बैतडीका पूर्ण चन्द्र जोशी र कीर्तिपुरका राजु महर्जनलाई २३–२१, २२–२० ले पराजित गरी उपाधि जितेका छन् भने ४५ वर्षमाथिका भेट्रान्सतर्फका खेलमा नेपाल एपीएफ क्लबका सञ्जय कपाली र अनिल थाम्सुङ्ले कास्की पोखराका विशाल हिराचन र शम्भुकुमार श्रेष्ठलाई २१–१३, २२–२० ले पराजित गरी उपाधि जितेका छन् ।

ईन्टर गभरमेन्ट सर्भिस (सिनियर अधिकृत) तर्फको खेलमा नेपाल टेलिकमका सोभाखर भण्डारी र हरिकृष्ण शर्माले नेपाल एपीएफ क्लबका धिरेन्द्र चन्द र सुधिर सुवेदीलाई २२–२०, २१–१२ ले पराजित गरी उपाधि जितेका हुन् ।

नेपाल एपीएफ क्लबको आयोजनामा प्रतियोगिता सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकस्थित नेपाल एपीएफ क्लबको कभर्ड हलमा जेठ २१ गतेदेखि सञ्चालन भएको छ । 

कूल पुरस्कार राशी ८ लाख ६५ हजार रुपैयाँ रहेको छ । प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष युगल, महिला युगल, १२ वर्षमुनिका केटा, १९ वर्षमुनिका केटा, भेट्रान्स युगल ४५/५५ वर्ष, मिक्स डबल्स र ईन्टर गभरमेन्ट सर्भिस (सिनियर अधिकृत) लगायत गरी १० वटा इभेन्ट्सहरू समावेश गरिएको थियो ।  
    
कार्यक्रममा उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले ब्याडमिन्टन प्रतियोगिताले संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्व. कृष्णमोहन श्रेष्ठको स्मरण गर्नुका साथै खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा खेल्ने महत्त्वपूर्ण अवसर समेत प्रदान गर्ने विश्वास व्यक्त गरे ।

उनले खेलकुदले आफ्नो शारिरीक तन्दुरुस्ती, स्वस्थता, अनुशासन कायम गर्न मात्र नभई यस क्षेत्रमार्फत राष्ट्रिय गौरव र पहिचान स्थापित गर्न समेत सहयोग पुग्ने बताए ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले धन्यवाद ज्ञापनको क्रममा प्रतियोगिता सफल रूपमा सम्पन्न गर्न सहयोग पुर्‍याउने संघसंस्था, प्रशिक्षक, अफिसियलहरूप्रति हार्दिक आभार प्रकट गर्दै प्रतियोगिताबाट क्षमतावान खेलाडीको पहिचान हुनुका साथै आगामी दिनमा खेल क्षेत्रमा नवप्रतिभाहरूको आगमन हुने विश्वास व्यक्त गरे ।

समारोहमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष, अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरू, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष, पूर्व सशस्त्र प्रहरी संघका अध्यक्ष, नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू, सशस्त्र प्रहरी बल नेपालका कर्मचारीहरू लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि तथा खेलाडीको उपस्थिति थियो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x