असोज १२, २०८०
एभरेष्ट बैंक लिमिटेड र निरभाना फिजियोथेरापी एण्ड वेलनेस सेन्टरबीच छुट सम्झौता भएको छ । सम्झौतासँगै बैंकका सम्पूर्ण ग्राहक तथा कर्मचारीहरूले वेलनेस सेन्टरबाट प्रदान गरिने विभिन्न सेवामा २५ प्रतिशतसम्मको आ...
वीरगञ्ज नाकाबाट हुने धानको आयात ५३ प्रतिशतले वृद्धि भएको छ । तर चामलको भने २३ प्रतिशतले घटेको छ ।
गत आर्थिक वर्षको साउनदेखि वैशाखसम्मको १० महिनामा वीरगञ्ज नाकाबाट रू छ अर्ब १० करोड बराबरको दुई लाख दुई हजार पाँच सय ३९ मेट्रिक टन धान आयात भएको थियो ।
चालु आवको सोही अवधिमा रू ११ अर्ब ३८ करोड बराबरको तीन लाख आठ हजार नौ सय ३३ मेट्रिक टन धान आयात भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । चालु आवमा गत आवको तुलनामा एक लाख छ हजार तीन सय ९४ मेट्रिक टन बढी धान आयात भएको हो ।
त्यस्तै, गत आवको साउनदेखि वैशाखसम्ममा रू दुई अर्ब ५८ करोड मूल्यको ४० हजार बराबरको दुई सय ५४ मेट्रिक टन चामल आयात भएकामा चालु आवको सोही अवधिमा रू दुई अर्ब ४५ करोड बराबरको ३१ हजार एक सय ३५ मेट्रिक टन चामल आयात भएको भन्सार कार्यालयका सूचना अधिकारी रामचन्द्र शर्मा ढकालले जानकारी दिए।
उनका अनुसार चालु आवमा नौ हजार एक सय १९ मेट्रिक टन चामल कम आयात भएको छ ।
चामलको निर्यातमा भारत सरकारले २० प्रतिशत भन्सार कर लगाएपछि चालमको आयात खुम्चिँदै गएको नेपाल चामल तेल दाल सङ्घका अध्यक्ष डा. सुबोध गुप्ताले जानकारी दिए ।
उनले सरकार र खाद्य व्यवसायीको आग्रहमा भारत सरकारले चामल निर्यातमा भन्सार कर लगाउँदै शून्य डियुटीमा धानको कोटा निर्धारित गरेको बताए ।
चामलको आयात घट्दै गएपछि त्यसको सकारात्मक प्रभाव खाद्य उद्योगमा परेको सरोकारवालाको भनाइ छ ।
स्वदेशी उत्पादनलाई बढाउन सिँचाइ सुविधाको व्यवस्था, उन्नत जातको बिउ, आवश्यक मलखादलगायत सामग्री सरकारले किसानलाई उपलब्ध गराएर खाद्यान्नमाथिको परनिर्भरतालाई कम गर्दै लैजानुपर्ने सरोकारवाला बताउँछन् ।
एभरेष्ट बैंक लिमिटेड र निरभाना फिजियोथेरापी एण्ड वेलनेस सेन्टरबीच छुट सम्झौता भएको छ । सम्झौतासँगै बैंकका सम्पूर्ण ग्राहक तथा कर्मचारीहरूले वेलनेस सेन्टरबाट प्रदान गरिने विभिन्न सेवामा २५ प्रतिशतसम्मको आ...
लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० मा जम्मा २ अर्ब ६० करोड रूपैयाँ मात्र आन्तरिक आम्दानी गर्यो । प्रदेशको आय तथा व्ययको हिसाबकिताब राख्ने प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालय लुम्बिनीको तथ्यांकअनु...
अब बैंकहरूले एक दिनमा २० किलोग्रामसम्म सुन आयात गर्न पाउने भएका छन् । विदेशी विनिमय कारोबार गर्न इजाजतपत्रप्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र २०७९ मा संशोधन गर्दै एक दिनमा २० किलो सुन आयात गर्न सकि...
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १८ दशमलव ६० अङ्कले घटेर दुई हजार चार दशमलव ३० अङ्कमा कायम भएको छ । विभिन्न कम्पनीका ७० लाख ६१ हजार चार सय चार कित्ता शेयर रु एक अर्ब ८१ करोड ४३ लाख ५९ हजार २२ मा क...
ग्लोबल आईएमई बैंक लिमिटेडले गुल्मीकोे मुसीकोटमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । नगरपालिकाको वडा नम्बर ५ इन्द्रेगौंडा बजारमा ६६औं एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ । उक्त एक्सटेन्सन का...
के तपाईँसँग डलरलगायतका विदेशी मुद्रा छ र साट्ने योजनामा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...