×

NMB BANK
NIC ASIA

नक्कली शरणार्थी प्रकरण

इजलासमा 'दिमागी चिप'को चर्चा : टोपबहादुरको बहसमा टेकनाथको कुरा बढी

काठमाडाैं | जेठ २६, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

नक्कली शरणार्थी प्रकरणका हाई-प्रोफाइल प्रतिवादी टोपबहादुर रायमाझीको तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ताहरूले अर्का प्रतिवादी एवं भुटानी शरणार्थी नेता टेकनाथ रिजालको 'माइन्ड कन्ट्रोल' गरिएको आरोप लगाएका छन् ।

Muktinath Bank

काठमाडौं जिल्ला अदालतमा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा जारी थुनछेक बहसका क्रममा पूर्व महान्यायाधिवक्ता रमेश बडालदेखि वरिष्ठ अधिवक्ता सुशील पन्तसम्मले रिजालको 'माइन्ड कन्ट्रोल'को विषयमा जिकिर गरेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वरिष्ठ अधिवक्ता पन्तले त रिजालको बडीमा कुनै 'चिप्स नै इन्स्टल' भएको हुनसक्ने तथा उनको बडीलाई त्यही 'चिप्स ह्यान्डल' गर्नेले नियन्त्रण गरेको हुनसक्ने आशंका समेत गरे ।


Advertisment
Nabil box
Kumari

प्रतिवादी रिजालले अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा प्रतिवादी टोपबहादुर रायमाझीको समेत नाम लिएका कारण उनका वकिलहरूले रिजालले स्वतन्त्र बयान नगरी उनको दिमागलाई अरू कसैले नियन्त्रण गरेको आरोप लगाएका थिए ।

Vianet communication
Laxmi Bank

शरणार्थी समस्या समाधानको विषयमा प्रचण्डसँग भेट गर्न जाँदा उक्त विषयमा सबै कुरा टोपबहादुरजीले गर्नुहुन्छ, त्यसपछि सबै कामहरू फटाफट हुन्छ भनेको बयान रिजालले अनुसन्धान अधिकारीसमक्ष दिएका छन् ।

त्यही बयानलाई लिएर महान्यायाधिवक्ता बडालले रिजालको दिमाग कसैले नियन्त्रण गरेको हुनसक्ने जिकिर गरेका थिए । रिजालद्वारा लिखित पुस्तक निर्वासन र 'टर्चर किलिङ सफ्टली' को केही पृष्ठ समेत बडालले पढेका थिए ।

उनलाई नेपालबाट पक्राउ गरी भुटानमा लग्दा कसरी यातना दिएको तथा उनको माइन्ड कसरी कन्ट्रोल गरेको भन्ने व्यहोरा पढ्दै उनले इजलासमा भने, 'हो, टेकनाथ रिजालजीलाई पनि अनुसन्धान अधिकारीले माइन्ड कन्ट्रोल गरी बयान गराएका हुन् ।'

रिजालले केही 'च्याप्टर'मा आफूले भन्न खोजेको कुरा नभनी अरूले भनिरहेको हो किजस्तो लाग्ने गरेको भन्ने अंश बडालले उल्लेख गरेका थिए ।

रिजालले बयान गर्नुपछाडि भूराजनीतिक कारण पनि हुन सक्ने उनले आशंका गरे । 'अहिले पनि टेकनाथजी भुटानी राजाको प्रमुख दुश्मन नै हो । उहाँलाई उनीहरूले आफ्नो देशमा फिर्ता लिन मानेका छैनन्,' उनले थपे, 'उहाँले आफ्नो पुस्तकमा नै पनि माइन्ड कन्ट्रोल भुटानी राजाले दिएको गिफ्ट हो भनेर लेख्नुभएको छ ।'

रिजालकै बयानलाई मान्ने हो भने यो मुद्दामा प्रधानमन्त्री 'प्रचण्ड'लाई पनि तान्नुपर्ने माग उनले गरे ।

'टेकनाथजीले टोपबहादुरमार्फत प्रचण्डजीलाई भेटेपछि फटाफट काम शुरू भयो भन्नुभएको छ । तर, कुन मितिदेखि काम शुरू भएको हो त्यो केही खुलेको छैन,' उनले थपे, 'यसरी हेर्ने हो भने त प्रचण्डजीलाई पनि तान्नुपर्ने हो नि ! उहाँकै निर्देशनमा फटाफट काम शुरू भएको रहेछ नि !'

बडालले त्यस्तो तर्क गरिरहँदा इजलासबाट 'त्यता नजाऔं' भन्ने आग्रह भयो । त्यसपछि बडालले भने, 'त्यसो हो भने त मेरो पक्ष टोपबहादुरजीबीच आउन मिल्दैन । उहाँलाई प्रतिवादी नै बनाउन मिल्दैन श्रीमान् ।'

रायमाझीकै पक्षमा वकालत गरिरहेका वरिष्ठ अधिवक्ता सुशील पन्तले त झन् रिजालको शरीरमा 'चिप्स नै इन्स्टल' भएको हुनसक्ने आशंका गरे ।

'माइन्ड आफ्नो नियन्त्रणमा छैन भन्ने कुरा त उहाँले आफ्नै पुस्तकमा लेखिसक्नुभएको छ,' उनले भने, 'प्लेनलाई चिप्समार्फत नियन्त्रण गरिन्छ, त्यसरी नै उहाँको शरीर र माइन्डलाई त्यही नियन्त्रण गर्न उहाँको जिउमा चिप्स पनि जडान भएको हुनसक्छ ।'

भुटानको प्रमुख शत्रु भएको र उनको विषयमा थाहा पाउन तथा जानकारी राख्न भुटानी राजाले चिप्स राखेको हुनसक्ने उनले आशंका गरे ।

इन्द्रजीत राई र सानु भण्डारी समेतका बीच हातहालाहाल भएको विषयमा पनि रायमाझीका कानून व्यवसायीहरूले बहसको विषय बनाएर त्यसको खण्डन गरेका थिए ।

गृह मन्त्रालयको स्वकीय सचिवको कार्यकक्षमा सुरक्षा सल्लाहकार इन्द्रजित राई, सानु भण्डारीलागायतका बीच लेनदेनकै विषयमा २०७७ पुस १६ गते हात हालाहाल भएको अभियोगपत्रमा उल्लेख छ । त्यो आरोपका विषयमा एकजना प्रहरी सहायक निरीक्षक दुर्गाबहादुर राणाको कागज प्रहरीले गराएको छ । राणा सुरक्षा सल्लाहकार राईका पीएसओ हुन् ।

उक्त आरोप तथ्यसँग मेल नखाने भन्दै बडालले त्यसका केही तर्कहरू इजलाससमक्ष पेश गरेका थिए । 'पीएसओ राणाले हात हालाहाल भएको भनेर कागज गर्नु भनेको भारतीय अभिनेता अमिताभ बच्चनले जे खाए पनि हाजमोलाले पचाउँछ भनेजस्तै पचाउन खोजेको देखियो,' इजलासमा बडालले भने, 'त्यो सब हावादारी कुरा हो ।'

२०७७ पुस १० गते टोपबहादुर रायमाझी ऊर्जा मन्त्रीमा नियुक्त भएका थिए । ऊर्जामन्त्री नियुक्त भएकै ६ दिनपछि मन्त्रीले तत्कालीन गृहमन्त्रीको स्वकीयको कक्षमा गएर छलफल गर्नुपर्ने, बस्नुपर्ने कुरा हावादारी कुरा हो ।

'२०७७ पुस ५ गते प्रतिनिधिसभा विघटन भएर नेकपा विभाजन हुने परिस्थितिमा नेकपा एमाले र नेकपा माओवादीबीच टसल रहेको अवस्थामा त्यो भेटघाट हुनै सक्दैन होला,' बडालले भने, 'मानौं, ऊर्जामन्त्री रायमाझी आफैं जानु भयो रे । गए पनि मन्त्रीकै कार्यकक्षमा बस्ने होला नि, स्वकीयको कार्यकक्षमा बस्नुहुन्न होला ।'

फेरि त्यो कागज गर्ने इन्द्रजीत राईका स्वकीय सचिव राणा घटना भएको भनिएकै दिन २०७७ पुस १६ गते नियुक्त भएको देखिएको उनले बताउ ।

प्रतिवादी सानु भण्डारीले प्रहरीसमक्ष टोपबहादुरलाई उनको सातदोबाटोस्थित घरमै पुगेर नगद १ करोड ६० लाख रुपैयाँ र उनका छोरा सन्दीप रायमाझीको खातामा ४० लाख रकम दिएको बयान गरेका छन् । त्यस विषयमा बडालले सानु भण्डारीसँग आफूअनुकूल कुरा लिनका लागि प्रहरीले चारपटक बयान लिएको बताएका थिए ।

'पहिलोपटक २०७९ चैत २१ गते, दोस्रोपटक २०८० वैशाख १९ गते, तेस्रोपटक २०८० जेठ ३ गते, चौथोपटक २०८० जेठ ७ गते बयान लिएका छन्,' उनले थपे, 'पहिलो बयानमा २ करोड बुझाएको भनेका छन्, दोस्रो बयानमा सातदोबाटोस्थित घरमै पुगेर नगदी १ करोड ६० लाख रुपैयाँ बुझाएको भनेका छन् । डायरीमा पनि पटक-पटक मितिमा २०७४ वैशाख १४ गतेदेखि २०७४ चैत ३० गतेसम्म टोपमामालाई २० पटक गरी ५९ लाख दिएको  लेखेका छन् ।'

डायरीलाई प्रमाणका रूपमा लिन नसकिने जिकिर गरेका उनले बयानसँग डायरीको कुरा बाझिएको समेत बताए ।

'फेरि २०७४ सालमै पटक-पटक रकम दिएको भनी लेखिएको छ तर भुटानी शरणार्थी विषयमा २०७६ सालमा मात्र मन्त्रिपरिषदबाट नीतिगत निर्णय भएको हो,' उनले थपे, '२ वर्षपछि निर्णय भएको अवस्थामा २ वर्षअघिदेखि नै कसरी उनले शरणार्थीलाई अमेरिका पठाउनका लागि रकम दिए ? त्यो सम्भव नै हुँदैन ।'

२०७६ साउन २७ गते मन्त्रिपरिषद बैठकले नेपालमा रहेको भुटानी शरणार्थी सम्बन्धमा तीनवटा विकल्पबारे निर्णय गरेको कुरा उनले बताए । पहिलो भुटानमै फिर्ता गर्न पहल गर्ने, दोस्रो-तेस्रो मुलुकमा सेटलमेन्ट गर्ने, तेस्रो मुलुकमा सेटलमेन्ट नभए भुटानी शरणार्थीलाई नेपालमै बस्न, खान दिने, व्यवसाय समेत गर्न दिने निर्णय गरिएको उनले इजलासलाई टिपाएका थिए ।

अभियोजनकर्ताले बदनियतपूर्वक राजनीतिक पूर्वाग्रह राखेर फसाउनका लागि मात्र अभियोग लगाएको उनको कथन थियो ।

'मेरो पक्षसँग न कुनै प्रतिवादीबीच ह्वाट्स एप, मोबाइल, भाइबरमा अन्य प्रतिवादीजस्तो कुनै संवाद भएको छ,' उनले थपे, 'मेरो पक्षको दुई-दुईपटक घर खानतलासी गर्दा समेत प्रहरीले केही भेटाएको छैन । न त खातामा कहीँ कतैबाट रकम आएको छ, फोनमै पनि केही भेटिएको छैन ।'

प्रेमराज पन्थीको जाहेरीमा मात्र आफ्नो पक्षको नाम रहेको भए पनि उक्त जाहेरी प्रहरी आफैंले तयार पारेको उनले आरोप लगाए ।

'जाहेरी त फर्स्ट इन्फरमेसन रिपोर्ट हो । तर अनुसन्धानका क्रममा कहीँ बाहिर नआएका कुराहरू समेत राखी अभियोगपत्र जस्तै ९ पेजको जाहेरी हुन्छ त श्रीमान ?,' उनले थपे, '३ करोड ४५ लाख रुपैयाँ उठाउने प्रेमराज पन्थीलाई प्रतिवादी बनाउनुको साटो जाहेरवाला बनाइएको छ ।'

पन्थीलाई पनि प्रतिवादी बनाउने त्रास देखाएर 'माइन्ड कन्ट्रोल' गरिएको उनको आरोप छ ।

बेइमानीमा पनि इमान्दारिता हुन्छ, तर अभियोजनकर्ताले त्यति पनि मेन्टेन नगरेको उनको आरोप थियो । प्रतिवादी रायमाझीलाई साधारण तारेखमा रिहा गर्नुपर्ने उनको दलिल थियो ।

त्यसैगरी अर्का वरिष्ठ अधिवक्ता पन्तले प्रेमराज पन्थीको जाहेरी रायमाझी पक्राउ परिसकेपछि तयार पारिएको बताए ।

'२०८० वैशाख २० मा नै मेरो पक्षविरुद्ध पक्राउ पुर्जी जारी गर्‍यो । वैशाख ३१ गते उनी पक्राउ परे । तर, २०८० जेठ १ गते केही पन्थीको जाहेरी आयो, पन्थले थपे, 'मेरो पक्षमा केही नभेटिए पनि पक्राउ गरिहालियो, अब के गर्ने भनेर जाहेरी ल्याइयो ।'

उक्त विषयमा उनले अन्तर्राष्ट्रिय अपराधी चार्ल्स शोभराजको प्रसंग सुनाएका थिए । 'शोभराज भारतको तिहाड जेलबाट भागेर नेपाल आएको अवस्थामा नेपाल प्रहरीले काठमाडौंको एक होटलबाट पक्राउ गरेको थियो,' उनले थपे, 'तर, उनलाई के कानूनमा थुन्ने भन्ने केही आधार नभएपछि अध्यागमन कानून नै नआइसकेको अवस्थामा अध्यागमन कसूरमा पक्राउ गरी थप मुद्दा खोजी गरेर लगाइएको थियो ।' त्यसैगरी आफ्नो पक्ष रायमाझीको विषयमा कुनै प्रमाण नै नभए पनि मुद्दा लगाइएको उनको कथन थियो । पब्लिसिटी स्टन्टका लागि मात्र मुद्दा लगाइएको आरोप उनले लगाए ।

अधिवक्ता परशुराम कोइरालाले पनि हाउगुजी जसरी ठूलै गरेर मुद्दा लगाइएको तर्क उनले पेश गरेका थिए । उनले सम्भव भए साधारण तारेखमा नभए न्यूनतम् धरौटीमा रिहा गर्नुपर्ने माग गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x