असोज ६, २०८०
बुटवलका अर्जुनबहादुर थापाले रोजगार अनुमति प्रणाली (ईपीएस) लागू हुनुपूर्व नै १३ वर्षभन्दा बढी समय दक्षिण कोरियामा बिताए । उनले वि. सं २०५१ देखि ०६४ सम्म कोरियामा काम गरेका थिए । कोरियामा उनले ‘म्यानुफ्...
विराटनगर | साउन १८, २०८०
इटहरी उपमहानगरपालिकाको तरहरा चोक नजिकैको फूलबारी टोलमा जंगल छेउ लालबहादुर विश्वकर्माको घर छ । जुन टोलमा जंगली जनावरहरूले पनि दुःख दिइरहन्छन् ।
फूलबारी टोलको चोकमा एउटा कालोपत्रे बाटो छ । त्यो कालोपत्रे बाटो छाडेपछि ३ वटा बाटा परिवर्तन गरेपछि मात्रै लालबहादुरको घरमा पुगिन्छ । उनको घरमा छिर्ने बाटो भने ३ फिटको मात्रै छ । त्यहीँ बाटो भएर उनको घरमा पुगिन्छ ।
मोटरसाइकल मात्रै उनको घरमा पुग्छन् । १० धुर जग्गामा टिनको छानो भएको सामान्य घर छ । घर भएको जग्गा उनको मात्रै होइन, बुवा हर्कबहादुर विश्वकर्माले २ छोरालाई संयुक्त रूपमा अंशमा दिएका हुन् । लालबहादुर र दाजुलाई ५–५ धुर जग्गा भागमा परेको थियो ।
हिजो मात्रै झुम्का कारागारबाट जेलमुक्त भएका उनै लालबहादुर विश्वकर्मालाई भेट्न घरमा पुग्दा उनी भेटिएनन् । छिमेकमै रहेका आफन्तको घरमा श्रीमतीसहित बसेका थिए । उनलाई खोज्दै हामी आफन्तको घरमा पुगेर परिचय दिएपछि उनले एकछिन पर्खिन आग्रह गरे ।
‘घरमै गएर गफ गरौं’ भनेपछि उनी तयार भए । उनको अनुहारमा कुनै हाँसो थिएन । परिवारका सदस्यहरू हाँसीखुशी हुँदा उनी भने पीडामै थिए । घरको रेखदेख गर्ने व्यक्ति नै जेल परेपछि पीडामा परेका परिवारका सदस्य खुशी नहुने कुरै भएन तर विश्वकर्माको पीडा भने आफ्नो सीपले आफैंलाई पुनः फसाउने हो कि भन्ने थियो ।
उनी पेशाले सुनका सामग्री बनाउने कालिगड हुन् । उनले सीपसँगै ऋणको भारले पनि पोल्ने गरेको भन्दै पीडाहरू सुनाए ।
हिजो बिहानसम्म झुम्का कारागारभित्र रहेका विक अहिले आफ्नै घरमा छन् । घरमा आएपछि ऋण तिर्ने र घर व्यवहार टार्ने चिन्ताले सताएको उनले बताए । पहिला पनि आफ्नो सीपको प्रयोग गरेर पाखुरा चलाउँदा फसेको र अब त्यही सिप प्रयोगमा ल्याउँदा पुनः फसिन्छ कि भन्ने डर लाग्ने गरेको उनले सुनाए ।
‘बिहान–बेलुका हातमुख जोर्नका लागि फेरि पनि आफ्नो सीपलाई प्रयोग गर्छु,’ उनले लोकान्तरसँग भने, ‘त्यहीँ सीपले फेरि जेलमा पुर्याउँछ कि भन्ने डर छ ।’
ज्याला मजदुरीका क्रममा साहुले अह्राएको काम गरेबापत उनलाई डेढ वर्ष कैद र ७० हजार जरिवाना सुनाइएको थियो । ४ करोड ७१ लाख बिगो भुक्तानी गर्नुपर्ने दायित्व पनि उनको काँधमा आइपरेको थियो । जायजेथा बेच्दा समेत रकम तिर्ने सम्भावना नभएपछि उनले अघिल्लो मंसिरमा प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए ।
लालबहादुर वैदेशिक रोजगारीको सिलसिलामा दुबई गएर फर्किएका हुन् । दुबईबाट फर्किएपछि उनले घर बनाएका थिए । इटहरीकै तरहरामा रहेको सिंहदेवी ज्वेलर्समा काम गर्दैगर्दा उनी जेलमा परेका हुन् । त्यहाँ उनी ज्यालामा काम गर्थे । गहना बनाउने मात्रै नभई पसलको सरसफाइ समेत उनैले गर्ने गर्थे । एउटा सिक्री बनाएको उनले ८०० रुपैयाँ र १०० मिली हात लस पाउँथे । तार बनाएर तान्दा सुन झरेको धुलोलाई ‘लस’ भन्ने गरिन्छ ।
कालिगड भएकाले उनको ध्यान पनि काममा नै हुने गरेको थियो । उनले दैनिक १ हजारदेखि १ हजार ५०० रुपैयाँसम्म कमाउने गरेका थिए । उनले त्यो सुन पसलमा ३ वर्ष काम गरे ।
‘साहुको कारोबारबारे कामदारलाई जानकारी हुँदैन । साहु डुब्दै गएका रहेछन् । साहु बाहिरबाहिरै डुल्ने गर्थे । म भने काममा व्यस्त हुन्थे । साहुका बुवा कृष्ण सुन पसलमा बस्थे । सुन पसलमा बस्दा २ जना दिदीहरूले १५–१५ लाख रुपैयाँ ल्याउनुभएको रहेछ, बुवा कृष्णबहादुरले एकैपटक १ लाख गन्न सक्नुहुँदैन्थ्यो । उहाँले ५०–५० हजार गरेर गनेर थन्क्याइसकेपछि मलाई फोन गरेर बोलाउनुभयो । पैसा दिएको कुरा लेखिदे भन्नुभयो । मलाई पनि ज्ञान भएन । मिति, नाम र पैसा लेखिदिए । मलाई फसाउने उहाँहरूको नियत के थियो, थाहा भएन । पछि साहु दीपक आएर मेरो हस्ताक्षर मेटेर आफ्नै हस्ताक्षर गर्नुभएको रहेछ । काम गर्दागर्दै मुद्दा पर्यो । मैले ५–६ वर्ष मुद्दा धाएँ । २ लाख धरौटी तिरे । २ हजार, ४ हजार खोजेर धरौटी तिरेको थिएँ । अझै ऋण तिर्न सकेको छैन । ९० हजार तिर्न बाँकी छ । जिल्ला अदालतको फैसलाले आकाश नै खसे जस्तो भयो । धेरै कुरा सोचें, सुसाइट नै गरौं जस्तो लाग्यो । श्रीमान्–श्रीमतीबीच सल्लाह हुन्थ्यो । श्रीमतीले तपाईंले फट्याइ गर्नुभएको छैन भनेर हौसला दिइन्,’ उनले भने ।
‘मैले न्याय पाइनँ’ भनेर सामाजिक सञ्जालमा भिडियो हालेपछि सबैले सहयोग गरेका कारण आफू जेलमुक्त भएको उनले बताए । हाम्रो देशमा न्याय निर्मूल भएको छ कि जस्तो लागेको भए पनि उच्च अदालतको फैसलापछि न्याय मरेको रहेनछ भन्ने लागेको उनले बताए ।
उनले आफ्ना कुरा भन्दै गर्दा बिर्सिने गरेका थिए । उनलाई श्रीमतीले सम्झाउने गरेकी थिइन् ।
हिजोका दिनमा दुःख पाए पनि पुनर्जीवन पाए जस्तो भएको श्रीमती दिलकुमारीले बताइन् । उनले अहिले पनि श्रीमान्को सोझोपनको फाइदा उठाउने हुन् कि भन्ने चिन्ता रहेको बताइन् । निर्दाेष व्यक्तिले ९ महिनासम्म जेलमा बस्नुपरेकाले राज्यले क्षतिपूर्ति दिनुपर्ने उनको भनाइ रहेको छ । क्षतिपूर्तिका लागि वकिलहरूसँग छलफलमा रहेको उनले सुनाइन् ।
२ वटा पासबूकमा हस्ताक्षर गरिदिएको अभियोगमा लालबहादुर दोषी ठहर भएका थिए । दीपकले १८ प्रतिशत ब्याज दिने प्रलोभन देखाएर २७५ जनाबाट १८ करोड ८४ लाख ६६ हजार ८८९ रुपैयाँ संकलन गरेको अभियोग पुष्टि भएको थियो ।
बुटवलका अर्जुनबहादुर थापाले रोजगार अनुमति प्रणाली (ईपीएस) लागू हुनुपूर्व नै १३ वर्षभन्दा बढी समय दक्षिण कोरियामा बिताए । उनले वि. सं २०५१ देखि ०६४ सम्म कोरियामा काम गरेका थिए । कोरियामा उनले ‘म्यानुफ्...
राजनीतिलाई नीतिहरूको पनि सर्वाेत्कृष्ट नीति मानिन्छ । यो देश, समाज र जनताको सेवाको रुपमा समेत चित्रृत छ । तर पछिल्लो समय राजनीति कमाउने भाँडो भयो भन्ने जनगुनासो बढ्न थालेको छ । हुन पनि अहिले उपप्रधानमन्त्रीदे...
भदौ १६ गते शनिवार काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नम्बर २ मा आयोजित पार्टी सभालाई सम्बोधन गरिरहेको समयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फोनमा कसैलाई निर्देशन दिँदै गरेको भिडियो सामाज...
औल लाग्छ भन्ने डरले धरानमा रात बिताउने कमै हुन्थे । बरु माथि विजयपुर डाँडामा केही बस्ती थियो । धरानको बस्ती पातलो भएकाले कसको छोरा/नाति भनेर सबैबीच सजिलै चिनजान हुन्थ्यो । विजयपुर, बाँझोधारा, रेल्वे लाइन, ...
विराटनगरका ५३ वर्षीय अनुज सापकोटाको जीवन २० वर्षअघि अर्कै थियो । उनी शुरूमा लागुऔषधका सामान्य प्रयागकर्तामात्रै थिए । विस्तारै उनी पछि लागुऔषध दुर्व्यसनीसम्म बन्न पुगे । आफू बुझ्ने भएदेखि नै चुरोट खान...
काठमाडौंको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बससेवा सञ्चालनका लागि भनेर सडक 'मार्किङ'को काम धमाधम भइरहेको छ । सर्भिस लेनको आधाजसो भागमा रातो पोतेर छुट्टै लेन तयार पार्ने काम भइ...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...