×

NMB BANK
NIC ASIA
काठमाडौं, ३१ भदौ – यतिबेला नेपाली चलचित्र ‘जोनी जेन्टलम्यान’ सिनेमाघरमा चलिरहेको छ । चलचित्र ‘म यस्तो गीत गाउँछु’ को सफलतासँगै आफ्नो क्रेज फराकिलो बनाएका पल शाह र डेब्यु चलचित्र ‘नाइँ नभन्नु ल ४’ पछि चलचित्र जोनी जेन्टलम्यानमा देखिएकी आँचल शर्मा दुवैका लागि यो चलचित्रको सफलताको प्रतीक्षा छ ।

प्रेमी प्रेमिकाको भूमिकामा देखिएका पल र आँचलबीच रिल प्रेम मात्र नभएर रियल प्रेम पनि भएको हल्ला सिनेमावृत्तमा चलिरहन्छ । तर यी दुवै आपसी प्रेमबारेका हल्लालाई भने स्वीकार गर्दैनन् ।

‘हाम्रो बारेमा बाहिर विभिन्न हल्ला आइरहेका हुन्छन् । यस्ता हल्लाले फिल्मको प्रचारलाई फाइदा पुगेको छ’, आँचल भन्छिन्, ‘पहिले पहिले कफी गफ हुन्थ्यो । हल्ला चलेपछि चाहिँ बोल्न पनि डर लाग्छ ।’

फिल्म प्रचारका क्रममा एकसाथ भेटिएका पल पनि आँचलको कुरामा हो मा हो थप्दै भन्छन्, ‘फोनमा बोल्दा पनि कसैले ट्रयाक गरिरहेको छ कि भनेर बोल्न डर लाग्छ आजकल त ।’

यसो भन्दै गर्दा उनीहरूबीच हाँसोको फोहरा छुट्छ ।

त्यसो त पल र आँचलको सम्बन्ध घनिष्ठ छ ।

दुवैजना साथै हुँदा पनि आँचललाई भन्दा पललाई नै फलो गरिहेका हुन्छन् कति फ्यानले त । चलचित्रको शूटिङका क्रममा पलको फ्यान फलोइङ देख्दा अचम्मै लागेको रहेछ आँचललाई । शूटिङका क्रममा भारतका कतिपय स्थानमा पुग्दा पललाई चिन्ने दर्शक देख्दा आँचलले सोचेकी थिइन्, ‘मैले पनि राम्रो काम गरें भने यस्तै फ्यान फलोइङ कमाउँछु होला ।’

आँचलको कुरा सुनेर पल मुस्कुराउँदै थप्छन्, ‘भारतको गुवाहाटीमा मलाई सुरक्षाका लागि पाँच बडीगार्ड नै चाहियो । भारतमा पनि नेपाली कलालाई माया गर्ने दर्शक धेरै हुनुहुँदो रहेछ ।’

चलचित्र ‘जोनी जेन्टलम्यान’ भारतका विभिन्न स्थानमा पनि शूटिङ गरिएको छ । ‘त्यहाँका दर्शकले नेपाली सिनेमामा आफ्नो भू–भाग देख्दा कति रमाइलो मान्नुहुन्छ होला,’ पल थप्छन्, ‘हाम्रो सिनेमा बजारको विस्तारमा पनि राम्रै फाइदा हुन्छ जस्तो लाग्छ ।’

पल र आँचलको नाम जोडिनुको अर्को कारण यी दुईले केही म्युजिक भिडियो र फिल्ममा समेत सँगै काम गर्नु पनि हो । फिल्मी अनुभवमा त आँचलले स्क्रीन शेयर गरेको नै पलसँग मात्र हो । आँचल भन्छिन्, ‘काम गरिसकेको भएर होला, पलजीसँग काम गर्न सहज लाग्छ ।’

फिल्म जोनी जेन्टलम्यानबारे पल र आँचलको एउटै भाका छ, ‘चलचित्र प्रेमकथा नै हो । यसमा आकर्षण थप्न कमेडी र एक्सन पनि छ ।’ अर्थात्, फिल्म मसालेदार छ ।

प्रेमकथामा मात्र अभिनय गरेका पल र आँचल यसलाई दर्शकको मागका रूपमा बुझ्छन् । ‘अहिले दर्शकले मलाई प्रेमकथामा हेर्न चाहनुहुन्छ, भोलि फरक भूमिकामा पनि काम गर्छु,’ पल भन्छन् ।

सोसियल वर्कमा ब्याचलर गरिरहेकी आँचलका लागि पनि यो फिल्म विशेष छ । पढाइमा अब्बल आँचललाई परिवारको साथ त छ नै, सकभर राम्रो फिल्ममा मात्र काम गर्ने सोच छ उनको । भन्छिन्, ‘लामो समयपछि फिल्ममा आएकी छु, दर्शकले पक्कै साथ दिनुहुनेछ ।’

बेलाबेलामा मिडियाले नाम जोडिदिँदा भने पल र आँचल दुवै दिक्क लाग्ने बताउँछन् । मिडियाले गर्दा अहिले काम परेर भेट्दा पनि धेरै विचार गर्नुपरेको आँचल सुनाउँछिन् ।

‘वर्षौंदेखि यही प्रश्न सोधिरहँदा हामीलाई मात्र होइन, अहिले त दर्शकलाई पनि दिक्क लागिसक्यो,’ पल भन्छन् ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x